Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु

\"mashroom\"काठमाडाै‌ । जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् । मृत्यु हुने एकै परिवारका तीन जना रहेका छन् ।

पाँचथर आङना गाविस–१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस–६ स्थित धनबहादुर मावोको छोरी ११ वर्षीया एलिजा मावोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार विहान ११ बजेतिर जङ्गलबाट ल्याएको च्याउ खाएर विरामी परेकी थर्पु गाविसकी ११ वर्षीया एलिजा मावोको जिल्ला अस्पतालमा उपचारको क्रममा अपरान्ह पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आङ्ना–१ कि पदममाया मालाङ्कले जङ्गलबाट ल्याएको च्याउ सोमबार बेलुकी पकाएर खाँदा परिवारै विरामी परेका थिए ।

अज्ञात च्याउ खाएर विरामी परेका उनीसहित एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा बुधबार ५ वर्षीया सोनिकाको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ वर्षीया कविता माङलाक र उनकी आमा पदममाया माङ्लाकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए । पदममायाको छोरा १६ वर्षीया छोरा रामप्रसाद माङलाक र ८ वर्षीया मनुषा माङलाकको दमकमा उपचार भइरहेको छ ।

च्याउ खाएर धनबहादुर मावोकी छोरी  पुष्पलत्ता मावो, सृजना मावो, छोरा प्रशान्त मावो विरामी छन् । जिल्ला अस्पतालमा उपचाररत उनीहरुमध्ये प्रशान्तको अवस्था गम्भीर भएकोले उपचारका लागि अन्यत्र लैजान सिफारिश गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies