Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु

\"mashroom\"काठमाडाै‌ । जङ्गली च्याउ खाँदा पाँचथरमा ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् । मृत्यु हुने एकै परिवारका तीन जना रहेका छन् ।

पाँचथर आङना गाविस–१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस–६ स्थित धनबहादुर मावोको छोरी ११ वर्षीया एलिजा मावोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार विहान ११ बजेतिर जङ्गलबाट ल्याएको च्याउ खाएर विरामी परेकी थर्पु गाविसकी ११ वर्षीया एलिजा मावोको जिल्ला अस्पतालमा उपचारको क्रममा अपरान्ह पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आङ्ना–१ कि पदममाया मालाङ्कले जङ्गलबाट ल्याएको च्याउ सोमबार बेलुकी पकाएर खाँदा परिवारै विरामी परेका थिए ।

अज्ञात च्याउ खाएर विरामी परेका उनीसहित एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा बुधबार ५ वर्षीया सोनिकाको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ वर्षीया कविता माङलाक र उनकी आमा पदममाया माङ्लाकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए । पदममायाको छोरा १६ वर्षीया छोरा रामप्रसाद माङलाक र ८ वर्षीया मनुषा माङलाकको दमकमा उपचार भइरहेको छ ।

च्याउ खाएर धनबहादुर मावोकी छोरी  पुष्पलत्ता मावो, सृजना मावो, छोरा प्रशान्त मावो विरामी छन् । जिल्ला अस्पतालमा उपचाररत उनीहरुमध्ये प्रशान्तको अवस्था गम्भीर भएकोले उपचारका लागि अन्यत्र लैजान सिफारिश गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: