Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

विप्लव माअाेवादीका विश्वकर्माले गरे पार्टी परित्याग

\"Padam-BK\"काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका नेता तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पदम विश्वकर्माले पार्टी परित्याग गरेको घोषणा छन् ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि ब्यक्त गर्दै नेता विश्वकर्माले शुक्रबार पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुझाएको राजीनामा पत्रमा विप्लव माओवादी चरम संकिर्णतावाद, गुटवाद, अर्थवाद, छद्म अवसरवाद र अलगाववादी चिन्तन प्रवृत्ति हावी भएको आरोप लगाएका छन् ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले पार्टीमा वाक स्वतन्त्रतामाथी लगाम लगाइएको भन्दै आफूजस्ता कार्यकर्ताले बोल्ने र आफ्नो कुरा राख्न निषेध गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘तमाम उत्पीडित वर्ग र समुदायको मुद्दा र महत्वलाई उपेक्षा गर्ने पार्टी क्रान्तिकारी पार्टी हुन सक्दैन भन्ने निश्कर्षका साथ यो राजीनामा पेश गरेको छु ।’

साथै तमाम उत्पीडित वर्गको सत्ता निर्माण गर्ने काम एक-दुई जना पात्रबाट सम्भव नभएको निश्कर्ष निकाल्दै नेता विश्वकर्माले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनताका आधारभूत मुद्दाहरु समाधान गर्न र श्रमजीवीवर्गको सत्ता निर्माण गर्नका लागि देशभक्त, बामपन्थी, कम्युनिस्ट माओवादीहरुको बृहत एकता र सहकार्य आवश्यक रहेको महशुस गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: