Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

एकफर्ती रुपमा भारतले बनाएकाे बाटोबारे नेपालकाे आपत्ति

\"nepal-bharat-flag\"काठमाडौं । भारतले नेपाल भारत सिमानामा एकफर्ती रुपमा बनाएको बाटोको सन्दर्भमा नेपालले भारतसमक्ष आपत्ति जनाएको छ ।

सिंचाई, ऊर्जा तथा बाढी नियन्त्रण सम्बन्त्री दुई देशका सहसचिवस्तरीय वैठकमा सिमानामा भारतले बाटोहरु तटवन्धकै शैलीमा बनाएकाले नेपालतर्फ डुवान तथा बाढीको खत्तरा वढेको भन्दै नेपाली पक्षले आपत्ति जनाएको हो ।

भारतीय पक्षले यस सम्बन्धमा विस्तृतमा जानकारी गराएमा त्यसलाई समाधान गर्न उचित कदम चाल्ने आश्वासन दिएको छ ।

यस्तैनेपालले भारतसमक्ष ऊर्जा संकट समाधानका लागि औपचारिकरुपमा ऊर्जा वैंक स्थापनाको प्रस्ताव गरेको छ । नेपालको प्रसतावको जवाफ दिदै भारतीय पक्षले यसबारे अध्ययन गरेर छिट्टै निर्णय दिने प्रतिबद्धता जनाएको छ ।

वैठकमा नेपालले यो प्रस्ताव राखेको हो । प्रस्तावअनुसार वर्षाको समयमा नेपालले आन्तरिक खपतभन्दा बढी भएको बिजुली भारत निर्यात गर्नेछ भने हिउँदे संकटको समयमा भारतबाट नेपाल निर्यात गर्नेछ ।

यससम्वन्धमा नेपालले औपचारिकरुपमा प्रस्ताव गरेको पहिलोपटक हो । नेपाली प्रतिनिधी मण्डलका सदस्य एवं नपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेलेका अनुसार भारतीय पक्षले नेपालको प्रस्तावलाई ‘सकारात्मक’ रुपमा लिंदै आफ्नो सरकारसमक्ष यो कुरा राख्ने बताएको छ ।

नेपालमा केही ठूला विद्युत आयोजनाहरु निर्माण भइरहेकाले नेपालले केही वर्षमा नै वर्षातको समयमा आन्तरिक मागभन्दा बढी विद्युत उत्पादन गर्ने सम्भावना छ । यस सन्दर्भमा यो अवधारणा दुबै देशका लागि फलदायी हुने नेपाली अधिकारीहरुको भनाई छ । नेपाल र भारतका बीचमा सन् २०१४ मा भएको विद्युत व्यापार सम्झौताले सो बैंक स्थापनाको लागि बाटो खोलिसकेको छ ।

बैठकमा नेपालले गण्डक सम्झौता अनुसारको गण्डक पावर हाउसलाई सुरु गराउन पनि नेपाली पक्षले भारतलाई आग्रह गरेको छ । कुल १५ मेगावटको सो पावर हाउस भारतले नेपाललाई गण्डक सम्झौता अनुसार ग्रान्टको रुपमा दिएको भएपनि अहिले पूर्ण रुपमा बिग्रेको छ ।

बैठकले दिने सुझाबका आधारमा सचिवस्तरीय बैठक हुने छ । दुईदिने सहसचिवस्तरी बैठक शुक्रबार सकिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: