Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

अब सौर्य ऊर्जा प्रणाली अनिवार्य !

\"solar3\"काठमाडौँ । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा अनिवार्य रुपमा सौर्य ऊर्जा प्रणाली जडान गर्ने व्यवस्थालाई नीतिगत रुपमा नै कडाइ गर्ने भएको छ ।

सरकारले सबै नगरपालिका र नक्सा पास लागू गरेको गाविसमा ‘बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२’ को अभिन्न अङ्ग हुने गरी नयाँ भवन निर्माण गर्दा सरकारी, व्यापारिक र संस्थागत भवन सबै प्रकारका भवनका लागि लागू हुने उक्त नियम ल्याइएको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

दश आनाभन्दा बढी जग्गामा बनेका दुई हजार ५०० वर्ग फिटभन्दा बढीका आवासीय भवनमा कुल ऊर्जा खपतको २५ प्रतिशत वा एक हजार ५०० बाट पिकमध्ये जुन बढी हुन्छ सोहीअनुरुप अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था रहेको बिहीबार अर्थमन्त्रीद्वारा व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

वर्तमान ऊर्जा सङ्कटलाई कम गर्न र नगरपालिकामा स्थानीय सुरक्षालाई ध्यानमा राखी जनसहभागितामा आधारित भई सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधि सरकारबाट स्वीकृत भई हालसम्म विभिन्न नगरपालिकाबाट करिब रु तीन अर्बभन्दा बढीको आयोजना पारित भइसकेको छ ।

सोका लागि स्थानीय उपभोक्ताको ५० प्रतिशत, स्थानीय निकायको १० प्रतिशत र सरकारको ४० प्रतिशत हिस्सा रहनेछ । सवारीसाधनको चाप अनुरुप काठमाडौँ उपत्यकाभित्र विस्तार गर्न सकिने सम्भाव्य सडकमध्ये १३ किमी सडक विस्तार गरिसकिएको छ ।

काठमाडौँ उपत्यकाभित्रका २०० भन्दा बढी मार्गमा पुनःसंरचना गरी तीन भागमा विभाजन गरेर फराकिला र बढी यात्रु चाप भएका २४ मार्गमा ठूला बस सञ्चालन गर्ने गराउने गरी साना तथा मझौला सवारी साधनलाई नयाँ मार्ग प्रदान गर्ने कार्यमा रोक लगाइएको छ ।

त्यसैगरी वाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना अन्तर्गत गोकर्णदेखि मनोहरा दोभानसम्म बिछ्याइएको ढल सञ्चालनमा ल्याइएको तथा विणुमती दोभानदेखि महादेव खोलासम्मको पाँच किमी ढल बिछ्याउने कार्यका लागि ठेक्का स्वीकृत भई सम्झौता भएको छ ।

त्यस्तै सरसफाइको पहिलो चरण अनुसार १९ जिल्ला र ६० नगरपालिकामा सप्ताहव्यापी सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: