Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आमा भगाउन छोराछोरीको हत्या

\"Hatya\"बागलुङ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको खुलासा भएको छ । सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घर्तीकी श्रीमती २३ वर्षीया कमला घर्तीसँग अनैतिक सम्बन्ध राख्दै आएका भण्डारीले घरमा कोही नभएका बेला हत्या गरी घरमा आगो लगाएको प्रहरीसामु बयान दिएका छन् । श्रीमान् वैदेशिक रोजगारका लागि मलेसिया गएका बेला कमलाले नाताले देवर पर्ने भीमबहादुरसँग अनैतिक सम्बन्ध राख्दै आएकी थिइन् । भागेर जाने प्रस्ताव राख्दा बालबच्चा छोडेर जान नमानेपछि आफूले योजनाबद्ध रुपमा कमलाका छोराछोरीलाई हत्या गरेको भीमबहादुरले स्वीकार गरेका छन् । “अढाइ वर्षदेखि हाम्रो सम्बन्ध रहँदै आएको थियो, हामी भागेर जाने योजनामा थियौँ”, भीमबहादुरले भने, “बालबच्चा छोडेर उनी मसँग जान नमानेपछि मैले घाँटी थिचेर हत्या गरेको हुँ ।” उनले हत्यापछि घरका सबै ढोका थुनेर गहुँको नल ल्याई घरगोठमा आगो लगाइदिएको बताएका छन् । घटनापछि कमला र भीमबहादुर सँगै बस्दै आएका थिए । सुरुमा आगलागीका कारण बालबालिकाको मृत्यु भएको जनाइए पनि घटनाको अनुसन्धानपश्चात् योजनावद्ध रुपमा हत्या भएको पाइएको बागलुङका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए । घटना हुनुअघि तीन दिनदेखि भीमबहादुर सोही घरमै बस्दै आएको र वैशाख १४ गते साँझ ६ बजे घरमा कोही नभएको अवसर छोपी हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको समयमा बालबालिकाका हजुरबुबा, आमा घरबाहिर रहेको र आमा कमला पनि घाँस काट्न गएकी थिइन् । प्रहरीसँगको बयानमा भीमबहादुरले कमलासँग छोराछोरीको हत्याबारे कुनै कुरा नगरेको बताएका छन् । घरमा आगलागीपछि भीमबहादुर स्वयम् आफै छिमेकीसँग गुहार माग्न पुगेका थिए । गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रण गरेपछि दुई बालबालिकाको शव सोही घरको भग्नावशेषमा फेला परेको थियो । भीमबहादुरले हत्यापछि शव राखेकै ठाउँमा उनीहरुको शव फेला परेको प्रहरीको भनाइ छ । हत्या आरोपी भीमबहादुरले हत्या गरेर एक बच्चालाई खाटमुनि र अर्कोलाई खोपीमा राखेको जनाएका थिए । प्रहरी उपरीक्षक सिंहका अनुसार प्रहरीले महिनादिनसम्म अनुसन्धान गरेर घटनाको तथ्य पत्ता लगाएको बताए । “घटनामा संलग्न व्यक्तिबारे बुझ्दै जाँदा घटना शङ्कास्पद लागेपछि प्रहरीले अनुसन्धान थालेको हो”, प्रहरी उपरीक्षक सिंहले भने , “आरोपित कमलाका श्रीमान् सन्तबहादुरले पनि अनुसन्धानमा सघाएका छन् , उनकै उजुरीकै आधारमा प्रहरीले घटनामा संलग्न दुवैलाई मङ्गलबार राति नियन्त्रणमा लिएको छ ।” घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: