Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मनीषा घर्ती मृत्यु प्रकरणको नयाँ रहस्य खुल्दै

\"Manisha-gharti-magar-400\" नवलपरासी । फुटबलर बिमल घर्ति मगरकी बहिनी नवलपरासी बर्दघाट नगरपालिका– ८ भुताहाकी १७ वर्षीया मनीषा घर्तीको मृत्युका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आफ्नै घरभित्र बिहीबार मृत अवस्थामा फेला परेकी मनीषाको मृत्युलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रहरीले पोष्टमार्टम रिपोर्टका आधारमा केही बताउन सकिने जनाएको छ । मनीषाको शवलाई प्रहरीले केन्द्रीय फरेन्सिक विभाग शिक्षण अपस्ताल पठाएको जनाएको छ । मनीषाको मृत्यु भएको दिन आमा घरमा थिइनन् । आमा घरबाट कहाँ र किन गएकी थिइन् भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ । मनीषाको हत्या अभियोगमा प्रहरीले अनुसन्धानका लागि नवलपरासी तिलकपुर गाबिस– २ बस्ने २२ वर्षीय आशिष भन्ने रुद्रनारायण चौधरीलाई पक्राउ गरेको छ । चौधरीले मनीषाको हत्या अफूले नगरेको दाबी गर्दै आएका छन् । नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनीषाको घाँटीमा निलडाम छ । मनीषाको कोठामा रगतको टाटा पनि देखिएको भन्दै एसपी चौधरीले शवको पोष्टमार्टमको लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको जानकारी दिए । रुद्रनारायण चौधरी मनीषाको घरमा बुधबार मात्रै ४–५ पटक आउजाउ गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरूबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो । चौधरी बुधबार राति ११ बजे मनीषाको घरबाट आफ्नो घरमा पुगेको प्रहरीले जनाएको छ । मनीषाले कक्षा ११ को परीक्षा सकेर बसेकी थिइन् । अध्ययनमा खासै रुची नराख्ने रुद्रनारायण चौधरी एसएलसी अनुत्तीर्ण हुन् । मनीषा घर्तीको घरमा अन्य सदस्य कोही नभएको अवस्थामा बुधबार बेलुका आशिष भनिने रुद्रनारायण चौधरी आएको खुल्न आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । चौधरी र मनीषाबीच प्रेम सम्बन्ध रहेको, चौधरी आएको अवस्थामा उनीहरूबीच आपसी विवाद भएपछि चौधरीले मनीषालाई हातले कुटपिट गरी घर बाहिरको बरण्डामा गई सुतेको अवस्थामा मनीषाले चुन्नीको पासो लगाई झुन्डिएपछि चौधरीले चुन्नी फुकाई भुइँमा राख्दा उनको मृत्यु भएको र चुन्नीलाई चौधरीले आफ्नो घरमा लगि राखेको बताएपछि उनको घरबाट प्रहरीले उक्त चुन्नी बरामद गरेको छ । मनीषाको शव पोष्टमार्टमको लागि केन्द्रीय फरेन्सिक विभाग शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगेर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । प्रेमी रुद्रनारायण चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको विषयमा दुईजनाबीच भनाभन भएको थियो । भनाभनको क्रममा मनीषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले पनि मनीषालाई कुटेको चौधरीले बयानमा भनेका छन् । ‘एक बोत्तल बियर खाएर गएको थिएँ । फेसबुकमा लेखिएको पोष्टको विषयमा झगडा प(यो’, चौधरीले बयानमा भनेका छन्, ‘म उनको घरबाहिर निदाएँ । राति ११ बजे ब्यूँझिएर हेर्न जाँदा कोठामा सलले पासो लगाएर झुण्डिएको अबस्थामा देखे, सलवाट निकाल्दा मृत्यु भइसकेको रैछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: