Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सुर्खेत,पाल्पा र उदयपुरमा मौसम मापक राडर राख्ने तयारी

\"Secretaryकाठमाडौं । नेपाल भरीको मौसमको अद्यावधिक जानकारी लिनको लागि सरकारले सुर्खेत,पाल्पा र उदयपुरमा अत्याधुनिक प्रविधिका मौसम मापक राडर स्टेशनको स्थापना गर्ने भएको छ । यस कुराको जानकारी जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले बुधबार हिमालयन एड्भेञ्चर ट्रष्ट(ह्याट)—नेपालको प्रतिनिधि मण्डलसंगको भेटमा दिएका हुन । संस्थाका अध्यक्ष भूमिलाल लामाको नेतृत्वमा गएको ह्याट नेपालको प्रतिनिधि मण्डलले सचिव डा.ओलीमार्फत नेपाल सरकारलाई आगामी बजेटमा समेटिनु पर्ने वातावरण सम्बन्धित १० बूँदे सुझाव प्रस्तुत गरेको थियो । सो संस्थाले पर्वतारोहण, पदयात्रा र जलयात्रा क्षेत्रका उपयुक्त स्थानमा बर्षामापक यन्त्र र मौसम पूर्वानुमान प्रणाली जडान गरी ती क्षेत्रमा बासिन्दा र भ्रमणमा आएका पर्यटकहरुलाई खराब मौसमबाट हुने संभावित दुर्घटनाबाट जोगाउने प्रयास आरम्भ गर्न सुझाव दिएको छ । संस्थाले सुझावमा भनेको छ,“जलवायु परिवर्तनको वास्तविक अवस्थाको अभिलेख राखी तथ्यांक आधार सिर्जना गर्न र जलवायु परिवर्तनका असर कम गर्न अनुकूलनका कार्यक्रम सञ्चालन गर्न देशका हरेक गाँउ विकास समिति र नगरपालिकामा बर्षामापक यन्त्र र मौसम पूर्वानुमान प्रणाली जडान गरियोस् ।” वातावरण संरक्षण र जीवनस्तर सुधारको क्षेत्रमा कार्यरत ह्याट—नेपालले जलवायु परिवर्तनको असरबाट अत्यन्त प्रभावित हुने संवेदनशील क्षेत्र भएकोले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट परिरहेको असरका बारेमा राष्ट्रिय तथा नेपालको समेत संलग्नता रहेका अन्तराष्ट्रिय संस्थाहरुबाट नियमित रुपमा अध्ययन र अनुसन्धान गराउन पनि आग्रह गरेको छ । ह्याट— नेपालले जलवायु परिवर्तनको असरबाट अधिक प्रभावित विश्वका विकासशील तथा अल्पविकसित मुलुकहरुमा वातावरण अनुकूलन कार्यक्रम सञ्चालनको लागि हालै संयुक्त राष्ट्र संघको मुख्यालयमा हस्ताक्षर सम्पन्न भएको पेरिस संझौतामा उल्लेखित राष्ट्रिय र अन्तराष्ट्रिय संयन्त्रहरु निर्माणमा विशेष पहल गर्न र यसले स्थापना गरेको बार्षिक १ खर्ब डलरको हरित जलवायु कोषबाट अधिकाधिक लाभ लिनेतर्फ विशेष प्रयास गर्न पनि सरकारलाई घच्घच्याएको छ । संस्थाले जलवायु परिवर्तनका प्रतिकूल असरहरुलाई न्युनीकरण गर्न नेपाल सरकारले आरम्भ गरेको स्थानीय अनुकूलन कार्यक्रम (लापा) लाई देशका सबै जिल्लाहरुमा विस्तार गर्न समेत माग गरेको छ । गत बर्ष आएको भूकम्पले पहाडी र हिमाली क्षेत्रका कतिपय स्थानमा पानीको मूल सुक्न गएकोले प्रसंग उल्लेख गर्दै सो संस्थाले भनेको छ, “ती स्थानलाई विशेष प्राथमिकता दिइ देशभर पानीको मुहान संरक्षणका लागि मुहान माथिको क्षेत्रमा बर्षाको पानी संकलन गरी तल्लो क्षेत्रमा चिस्यान कायम गराउन नयाँ पोखरी निर्माण गर्ने र भैरहेका प्राकृतिक तथा पूर्खाहरुले बनाएका पोखरीहरुको मर्मत संभार गर्ने कार्य आरम्भ गरियोस् ।” ह्याट—नेपालले बाढी र पहिरोको जोखिमयुक्त स्थानहरुको पहिचान गरी त्यस्ता क्षेत्रका बस्ती सार्ने, ती क्षेत्रमा पूर्वाधारका संरचना निर्माण नगर्ने र विकल्पहीन अवस्थामा रोकथाम र पूर्वसावधानी अपनाएर मात्र पूर्वाधार निर्माण कार्य गर्ने परम्पराको थालनी गर्न पनि माग गरेको छ । सो संस्थाले नेपालको भूभाग अति संवेदनशील भएकोले सडक लगायतका भौतिक पूर्वाधारहरुको विकास गर्दा सतह तथा भूगर्भमा कम असर पर्नेे हरित प्रविधिको उपयोग गर्न सुझाव दिएको छ । प्रतिनिधि मण्डलले चुरे पहाडहरुको वातावरणलाई अत्यन्त संवेदनशील भएको जनाउदै सो क्षेत्रमा डँडेलो नियन्त्रण, ढुंगा, गिटी, वालुवाको अवैध उत्खनन नियन्त्रण र पानीका मुहानहरुको संरक्षणका कार्यक्रम सञ्चालन गर्न र अन्तर मन्त्रालय समन्वय गरी वातावरण संरक्षण गर्न वन नासिएका स्थानमा वृक्षारोपण गर्न पनि सुझाव दिएको छ । ह्याट—नेपालले शहरी क्षेत्रको वातावरण स्वच्छ राख्न सार्वजनिक खाली जग्गामा वृक्षारोपण गर्ने, उद्यान निर्माण गर्ने , नदी किनार र सडक किनारमा पनि उपयुक्त प्रजातिका बोट विरुवा रोपी शहरी बातावरणलाई सुरम्य बनाउने कार्यमा अग्रसरता लिन पनि आग्रह गरेको छ । संस्थाले हिमाली क्षेत्रमा उपयुक्त प्रजातिका बोट विरुवा रोपण गरी त्यस क्षेत्रको वातावरण संरक्षण गर्न समेत माग गरेको छ । सो अवसरमा सचिव डा.ओलीले ह्याटले उठाएका कतिपय मुद्दाहरु आउदो बजेटमा संबोधन गरिने र अरु प्राथमिकताका आधारमा क्रमश संबोधन हुदै जाने आश्वासन दिनु भएको थियो । उनले स्थानीय अनुकूलन कार्यक्रम विस्तार हुने पनि जानकारी दिए । सो अवसरमा जलवायु तथा मौसम विभागका महानिर्देशक डा. ऋषिराम शर्माले मौसम पूर्वानुमान सही बनाउन यथार्थ समयका आधारमा कम्प्युटर मोडलिङ्ग गरी ३ दिनको पूर्वानुमान गर्ने प्रक्रिया परीक्षणको रुपमा थालनी भैसकेको बताए । उनल अहिले मुलुकका १ सय ५ स्थानबाट यथार्थ समयका आधारमा सूचना आउने गरेको बताए । उनका अनुसार सरकार थप ८८ स्थानमा स्वचालित मौसम केन्द्र स्थापना गर्ने तयारीमा छ । उनले मुलुकका १८० स्थानबाट बर्षाको सूचना लिइने र ती मध्ये २७ स्थानबाट यथार्थ समयका आधारमा सूचना लिने गरिएको पनि बताए । विभागले यसका आधारमा बाढीको पूर्वानुमान गर्ने र सूचना दिने काम गरिरहेको छ । थप ७२ स्थानमा बाढीको रियल टाइम सूचना केन्द्र स्थापना गर्न टेण्डर भैसकेको पनि उनले बताए । जलवायु र मौसम वायुमण्डलका माथिल्लो सतहको अवस्थामा पनि भर पर्ने भएकोले विभागले काठमाडौं, विराटनगर र सुर्खेतमा यस्तो सूचना लिने केन्द्र स्थापना गर्नेतर्फ काम थालिसकेको उनले बताए । उनले बर्षा र मौसमका सूचनाहरु हवाई उड्डयन, कृषि, पर्यटन, जलविद्युत,स्वास्थ्य र बीमा व्यवसायलाई समेत उपयोगी हुने ढंगले संकलन, विश्लेषण र प्रमाणित गर्न आवश्यक जनशक्ति तयार पार्ने र सो अनुरुपको सांगठनिक संरचना बनाउन काम थालिएको पनि जनकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending