Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

यातायात ब्यवसायी नै फुटाउँदैछन् सार्वजनिक सवारीका साधन !

\"public काठमाडौं । हरेकजसो राजनीतिक दलहरुले बेलाबेलामा गर्ने गरेको बन्द हड्तालको सबैभन्दा ठूलो मार यातायात ब्यवसायीहरुलाई नै परेको हुन्छ । सानोतिनो निहुँमा पनि बन्द हड्तालको आयोजना गर्दा प्रत्यक्ष मार यातायात ब्यवसायीहरुलाई पर्ने गरेको छ । सडकमा चल्ने गाडी रोकाउन सकिए बन्द सफल भएको बन्दकर्ताहरु ठान्छन्, त्यसैले उनीहरुको निसाना सावरी साधनमाथि नै हुन्छ । अरुले गर्ने गरेको बन्दबाट वाक्क दिक्क भएका यातायात ब्यवसायीहरु नै विहीबार हड्तालमा उत्रिए । ट्राफिक नियम पालना नगर्ने सवारी साधनमाथि गरिने जरिवाना शुल्क बढाइएको विरोधमा यातायात ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । नियमविपरित चलाउने सवारीमा लगाइँदै आएको जरिवाना बढाएको विरोधमा देशब्यापी रुपमा चक्काजाम गरी ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । अराजकताको पराकाष्ठा नियम विपरित सञ्चालन भएका सवारीमाथि गरिने जरिवाना वृद्धि गरिएकोमा यातायात ब्यवसायीहरुको छाता संगठन नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासङघकै अगुवाईमा विहीबार देशब्यापी चक्काजाम गरिएको छ । अन्य दिन अन्य संघ संगठन र समूहले गरेको बन्दको विरोध गर्दै आएका स्वयं यातायात ब्यवसायीहरुले विहीबार देशब्यापी चक्काजाम घोषणा मात्र गरेनन्, सडकमा गुडेका आफ्नै साथीभाइको सार्वजनिक सवारी साधन तोडफोडमा उत्रिए । तोडफोडमा उत्रिएका ७१ जना यातायात ब्यवसायी तथा कर्मचारीहरुलाई राजधानीको विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी अनुशासन पालना नगर्नेहरुका लागि जरिवाना बढाएपछि यातायात ब्यवसायीहरु नै आन्दोलनमा उत्रिएका हुन् । यातायात ब्यवस्था ऐन २०४९ अनुसार अनुशासनको पालना गर्ने सवारीका लागि २५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख थियो । सरकारले उक्त ऐनको दफा १६३ र १६४ संसोधन गरी २५, १०० र २०० रुपैंयाँको जरिवाना बढाएर ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म तोकेपछि ब्यवसायीहरु रुष्ट बनेका हुन् । सरकारले भौतिक पुर्वाधारको बिकास नगरी जरिवाना मात्र बृद्धि गरेको ब्यवसायीहरुको भनाइ छ । ट्राफिक प्रहरीले लिने जरिवानामध्ये प्रहरीलाई दिइने कमिशनको पनि ब्यवसायीहरुले विरोध जनाएका छन् । व्यवसायी तथा मजदुरहरुले आइएलओ १९३ नम्बरमा उल्लेख भएको चालक सेवा सुविधा र पूर्वाधार विकासको लागि आन्दोलन गरेको ब्यवसायीहरुको भनाइ छ । सामान्य वर्गका नागरिकलाई बन्दको मार ट्राफिक नियमको पालना नहुँदा दुर्घट्ना बढ्नुका साथै यातायात ब्यवस्थानमा पनि कठिनाइ भएको भन्दै जरिवाना बढाएपछि सतर्कतापूर्वक सवारी चलाउने ट्राफिक प्रहरीको विश्वास छ । सरकारले भौतिक पुर्वाधारको बिकासमा ध्यान नदिएको कुरा जायज भए पनि बदमासी गर्नेलाई जरिवाना बढाउनुको विरोध गर्नुलाई कसैले पनिप जायज मान्न सक्दैन । लोकतन्त्रमा विरोध गर्न पाइने भन्दैमा तरिकाजस्तो पनि विरोध गर्नु उपयुक्त नहुने सरोकारवालाहरु बताउँछन् । ट्राफिक नियम पालना नगरी सवारी चलाउनेलाई गरिने कारबाही बढी भयो भन्दै गाडी चलाउनै छाडेर सडकमा उत्रिने अराजकताको पराकाष्ठा भएको बुद्धिजीवीहरु बताउँछन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र मजदुरहरुले गरेको चक्काजामका कारण उपत्यका लगायत देशभर सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणले मात्रै सास्ती भोग्नु परेको छ । निर्वाध रुपमा निजी सवारी साधन सञ्चालन भएपछि सरकारलाई बन्दको कुनै प्रभाव परेको छैन । जो सार्वजनिक सवारी चढ्ने सामान्य नागरिकहरु हुन्, उनीहरुलाई सास्ती दिएर गरिने आन्दोलनले यातायात ब्यवसायीहरु नै आलोचित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies