Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

यातायात ब्यवसायी नै फुटाउँदैछन् सार्वजनिक सवारीका साधन !

\"public काठमाडौं । हरेकजसो राजनीतिक दलहरुले बेलाबेलामा गर्ने गरेको बन्द हड्तालको सबैभन्दा ठूलो मार यातायात ब्यवसायीहरुलाई नै परेको हुन्छ । सानोतिनो निहुँमा पनि बन्द हड्तालको आयोजना गर्दा प्रत्यक्ष मार यातायात ब्यवसायीहरुलाई पर्ने गरेको छ । सडकमा चल्ने गाडी रोकाउन सकिए बन्द सफल भएको बन्दकर्ताहरु ठान्छन्, त्यसैले उनीहरुको निसाना सावरी साधनमाथि नै हुन्छ । अरुले गर्ने गरेको बन्दबाट वाक्क दिक्क भएका यातायात ब्यवसायीहरु नै विहीबार हड्तालमा उत्रिए । ट्राफिक नियम पालना नगर्ने सवारी साधनमाथि गरिने जरिवाना शुल्क बढाइएको विरोधमा यातायात ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । नियमविपरित चलाउने सवारीमा लगाइँदै आएको जरिवाना बढाएको विरोधमा देशब्यापी रुपमा चक्काजाम गरी ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । अराजकताको पराकाष्ठा नियम विपरित सञ्चालन भएका सवारीमाथि गरिने जरिवाना वृद्धि गरिएकोमा यातायात ब्यवसायीहरुको छाता संगठन नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासङघकै अगुवाईमा विहीबार देशब्यापी चक्काजाम गरिएको छ । अन्य दिन अन्य संघ संगठन र समूहले गरेको बन्दको विरोध गर्दै आएका स्वयं यातायात ब्यवसायीहरुले विहीबार देशब्यापी चक्काजाम घोषणा मात्र गरेनन्, सडकमा गुडेका आफ्नै साथीभाइको सार्वजनिक सवारी साधन तोडफोडमा उत्रिए । तोडफोडमा उत्रिएका ७१ जना यातायात ब्यवसायी तथा कर्मचारीहरुलाई राजधानीको विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी अनुशासन पालना नगर्नेहरुका लागि जरिवाना बढाएपछि यातायात ब्यवसायीहरु नै आन्दोलनमा उत्रिएका हुन् । यातायात ब्यवस्था ऐन २०४९ अनुसार अनुशासनको पालना गर्ने सवारीका लागि २५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख थियो । सरकारले उक्त ऐनको दफा १६३ र १६४ संसोधन गरी २५, १०० र २०० रुपैंयाँको जरिवाना बढाएर ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म तोकेपछि ब्यवसायीहरु रुष्ट बनेका हुन् । सरकारले भौतिक पुर्वाधारको बिकास नगरी जरिवाना मात्र बृद्धि गरेको ब्यवसायीहरुको भनाइ छ । ट्राफिक प्रहरीले लिने जरिवानामध्ये प्रहरीलाई दिइने कमिशनको पनि ब्यवसायीहरुले विरोध जनाएका छन् । व्यवसायी तथा मजदुरहरुले आइएलओ १९३ नम्बरमा उल्लेख भएको चालक सेवा सुविधा र पूर्वाधार विकासको लागि आन्दोलन गरेको ब्यवसायीहरुको भनाइ छ । सामान्य वर्गका नागरिकलाई बन्दको मार ट्राफिक नियमको पालना नहुँदा दुर्घट्ना बढ्नुका साथै यातायात ब्यवस्थानमा पनि कठिनाइ भएको भन्दै जरिवाना बढाएपछि सतर्कतापूर्वक सवारी चलाउने ट्राफिक प्रहरीको विश्वास छ । सरकारले भौतिक पुर्वाधारको बिकासमा ध्यान नदिएको कुरा जायज भए पनि बदमासी गर्नेलाई जरिवाना बढाउनुको विरोध गर्नुलाई कसैले पनिप जायज मान्न सक्दैन । लोकतन्त्रमा विरोध गर्न पाइने भन्दैमा तरिकाजस्तो पनि विरोध गर्नु उपयुक्त नहुने सरोकारवालाहरु बताउँछन् । ट्राफिक नियम पालना नगरी सवारी चलाउनेलाई गरिने कारबाही बढी भयो भन्दै गाडी चलाउनै छाडेर सडकमा उत्रिने अराजकताको पराकाष्ठा भएको बुद्धिजीवीहरु बताउँछन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र मजदुरहरुले गरेको चक्काजामका कारण उपत्यका लगायत देशभर सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणले मात्रै सास्ती भोग्नु परेको छ । निर्वाध रुपमा निजी सवारी साधन सञ्चालन भएपछि सरकारलाई बन्दको कुनै प्रभाव परेको छैन । जो सार्वजनिक सवारी चढ्ने सामान्य नागरिकहरु हुन्, उनीहरुलाई सास्ती दिएर गरिने आन्दोलनले यातायात ब्यवसायीहरु नै आलोचित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: