Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाहीको माग

\"krishnaकाठमाडौं। चौध वर्षअघि हत्या गरिएका जनपक्षीय पत्रकार स्वर्गीय कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । क्रान्तिकारी पत्रकार इच्छुकको १४औँ स्मृति दिवसका अवसरमा बिहीबार बिहान आयोजित कार्यक्रममा सहभागी पत्रकारले परिवर्तनको पक्षमा उत्सर्ग गर्ने इच्छुकके हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दु ःख व्यक्त गरेका हुन् । स्व। इच्छुककी जीवन सङ्गीनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही नभएको भन्दै दुःख व्यक्त गरेकी थिइन। उनले इच्छुकका आदर्शमार्फत उनका सपना पूरा गर्नुपर्नेमा जोड दिइन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्व इच्छुक एक पक्ष वा धारको भन्दा पनि मूलप्रवाहका आदर्शका रुपमा आफूले स्मरण गरेको बताउँदै भने, “युद्धमा नभई नियन्त्रणमा लिई पत्रकार सेनको हत्या भएको थियो, उनको हत्यामा सम्लग्नलाई कारबाही नहुनु दुःखद् हो ।” क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्यले राज्यले कृष्ण सेनका हत्यारालाई कारबाहीको सटृा पुरस्कृत गरेको भन्दै कारबाहीको माग गरे । उनले गृहमन्त्रालयको निर्देशनमा असंवैधानिकरुपमा पत्रकारलाई धरपकड गरिएको भन्दै त्यस्ता कार्य बन्द गर्न माग गरे । क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहले आलोचकलाई सफाया गर्ने राज्यको अलोकतान्त्रिक कार्यलाई बन्द नगरेसम्म स्वतन्त्रताको कुनै अनुभूति नहुने भन्दै दण्डहीनताको अन्त्यका लागि सेनको हत्यामा संलग्नको कारबाही हुनुपर्ने बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले परिवर्तन र जनताका पक्षमा लेख्ने पत्रकार इच्छुक भएको स्मरण गर्दै उनको आदर्शलाई सम्मान गर्नुपर्ने बताए । क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले पद र शक्तिलाई त्यागेर जनताका पक्षमा कलम चलाउने पत्रकार इच्छुकको स्मरण गर्दै उहाँको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष दण्ड गुरुङ, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार इच्छुककै स्मरणमा स्थापित कृष्णसेन स्मृति पुरस्कार पत्रकार नीमबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । रु १० हजार राशिको उक्त पुरस्कार स्व इच्छुककी जीवन सङ्गीनी तक्मा केसी र क्रान्तिकारी पत्रकार सङ्का अध्यक्ष गोविन्द अचार्यले संयुक्तरुपमा प्रदान गरे । स्व इच्छुकको स्मरणमा आज शान्तिवाटिका रत्नपार्कदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो । विसं २०५९ जेठ १३ गते इच्छुकको हत्या भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies