Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

माधव नेपाल गुटको गोप्य भेलाको निश्कर्ष– गुट उपगुटको अन्त्य गरिन्छ

\"kp-madhab\"काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनपछि अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली अहिले सरकारको स्टेरिङ चलाइरहेका छन् । लामो समयदेखि गुटवाद मौलाउँदै गएको एमालेमा महाधिवेशन ताका पनि गुट अन्त्य गर्ने निकै हल्ला चलेको थियो । महाधिवेशनमा ओली गुट र माधव नेपाल गुट चुनावी प्रतिष्पर्धामा थिए । पार्टीमा जस्तै युवा संगठनदेखि पत्रकारको संगठनसम्म पनि एमालेमा स्पष्ट दुई गुट छ भन्ने कुरा पछिल्लो प्रेस चौतारीको महाधिवेशनमा प्रष्टै देखिन्थ्यो । एमालेको भातृ संगठन युवा संघ नेपालमा त लामो समयसम्म दुई चेलीले समानान्तर संगठन नै चलाए । दुई चेलीलाई सामानान्तर संगठन चलाउन प्रोत्साहन गर्ने अरु कोही नभएर नेताहरु ओली र नेपाल नै थिए । प्रष्टरुपमा गुटवाद मौलाएको एमालेमा जहिले पनि गुट अन्त्य हुनुपर्ने अकालत चाँही नेताहरुले गर्ने गरेका छन् । ओली नेतृत्वको सरकारले सरकारमा रहँदासमेत गुट चलाएको भन्दै अहिले नेपाल पक्ष रुष्ट छ । ओलीप्रति रुष्ट भएको नेपाल गुटको मंगलबार र बुधबार काठमाडौंमा गुटगत भेला नै भयो । विचार गोष्ठीका नाममा नेपाल पक्षले राजधानीमा गरेको दुई दिने गुटगत भेलाले भने पार्टीको गुट उपगुट अन्त्य गर्ने निश्कर्ष निकालेको छ । नेपाल पक्षको मदन भण्डारी अध्ययन फाउण्डेसनले मंगलबार र बुधबार राजधानीमा गरेको गरेको भेलाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा जोड दिने निर्णयसमेत गरेको छ । हालै प्रधानमन्त्री ओलीले सरकार बचाउमा माओवादी अध्यक्ष प्रचण्डसँग नौ बुँदे सहमति भएको थियो । ओली–प्रचण्ड सहमतिमा ओली सरकारलाई नयाँ बजेट ल्याउन दिने सहमति भएको थियो । नेपाल पक्षले भने राष्ट्रिय सहमतिमा जोड दिएको छ । भेलामा नेता नेपालले पार्टीमा पारदर्शी पद्धति कायम हुन नसकेको भन्दै ओलीको आलोचना गरेका थिए । पूर्वमन्त्री लालबाबु पण्डितले मुलुकमा अहिले राष्ट्रियता कमजोर हुँदै गएकाले पार्टीभित्र एकता कायम गरी राष्ट्रिय सङ्कटबाट देशलाई निकास दिनुपर्ने बताए । ‘सबै नेपाली नागरिकहरुको एकतावद्ध प्रयत्नले मात्रै संविधानको कार्यान्वयनलाई ग्यारेन्टी गर्ने तथ्यलाई ध्यान दिँदै हामीलाई विभिन्न बाहनामा विभाजित प्रयत्नहरुबाट सतर्क रहन र नेपाली जनताको एकतालाई अझै सुदृढ बनाउन यो राष्ट्रिय कार्यशाला सबैसँग अपील गर्दछ ।’– भेलापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । मदन भण्डारी अध्ययन केन्द्रको ब्यानरमा आयोजना गरिएको कार्यक्रमको विशेष पहल पार्टी सचिव योगेश भट्टराईले गरेका थिए । उनले पार्टीभित्र बढ्दै गएको गुट तथा उपगुटको अन्त्य गरी पार्टीले जनविश्वास जित्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: