Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

निजी विद्यालयले मनोमानी अन्त्य नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

\"pressकाठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले मनोमानी रुपमा शुल्क लिने निजी विद्यालयहरुलाई सरकारले तत्काल कारवाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार संयुक्त पत्रकार सम्मेलन गरी विभिन्न १४ विद्यार्थी संगठनहरुले निजी विद्यालयले गरेको व्यथिति रोक्न सरकारले कुनै पहल नगरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले अनुगमन गर्दा अविभावकहरुसँग मनोमानी रुपमा शुल्क लिने निजी विद्यालयहरुलाई कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन् । शिक्षा मन्त्रालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मनपरी शुल्क लिइएको पाइएको भए पनि सरकारले कुनै कारबाही नगरेको भन्दै तत्काल कारबाहीको माग उनीहरुले गरेका छन् । विद्यार्थी संगठनहरुले तीन दिन भित्र कारबाहीको माग गर्दै बुधबार नै शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई अल्टीमटम सहितको ज्ञापनपत्र बुझाएका छन् । विद्यार्थी संगठनहरुसँग भएको सहमति अनुसार यस अघि सरकारले शिक्षा मन्त्रालयको नेतृत्वमा पाँचवटा समिति बनाइ राजधानीका रातो बंगला, डीएभी, जेम्स, सिद्धार्थ बनस्थली, ग्यालेक्सी, मातृभूमी, राजश्री गुरुकूल लगायतका विद्यालयको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा कक्षा १ मा मासिक ३० हजार शुल्क लिएको, शिक्षक, कर्मचारीको सेवा सुविधामा अनियमितता, अनावश्यक शीर्षकमा शुल्क लिइएको लगायत मापदण्ड विपरीत काम गरेको पाइएपनि सरकारले कारबाही नगरेको विद्यार्थी संगठनहरुको आरोप रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: