Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कतारमा पसिना पर्गाल्दै एक जनयुद्ध लडेका योद्धा

कतार । मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए । अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तातो फलामको काम गर्दै विगतलाई सम्झने उनका क्रान्तिका सपना मरुभूमिमा छरिएका छन् । विश्वकर्मा जनयुद्धकै क्रममा बाग्लुङमा दुई महिना हिरासतमा रहँदा प्रहरीको यातना भोगेर कष्टकर जीवनबाट बाँचे पनि युद्धमा लागेर सहिद र बेपत्ता परिवारको सपना तुहिएकोमा निकै दुखित छन् । ४७ वर्षे विश्वकर्मा पार्टी सरकारमा गयो, अवसर टाठाबाठाकै लागि भयो तर हामी अशिक्षित र वृद्धका लागि कुनै योजना नल्याएकोमा दुखेसो गरे । बालबच्चाको लालनपालन र शिक्षा दिनका लागि भए पनि १४ वर्षदेखि प्रवासमा सङ्घर्ष गरेको उनले बताए । युद्धको समयमा उनी विशेषतः हतियार, बन्दुकलाई गन्तव्यमा पु¥याउने, कार्यकर्तालाई सेल्टर दिने, खान–बस्नको व्यवस्था गर्ने र छापामारलाई जेलमा रहेका र निस्किएकालाई भगाउन अहोरात्र खटिन्थे । त्यसैले उनी पटक पटक प्रहरीको निसानामा रहिरहन्थे र परिवारले समेत यातनाको सिकार हुनुपर्दथ्यो । कतार प्रवेशसँगै उनी पार्टी आस्थावान् निकट रहेर जनप्रगतिशील मञ्चको स्थापनामा समेत सक्रिय रहेका थिए । हाल मुटुसम्बन्धी विमारले च्याप्दै जाँदा उनी महिनाभरिको कमाई आफैँलाई औषधि उपचार गर्दा ठिक्क भएको भन्दै भक्कानिए । दलितको अधिकार प्राप्ति हुनेछ भन्ने लागेर नै मनमा ठूलो आशा पलाएको थियो त्यो बेला, तर आज नेताहरु नै तितर बितर हँुदा पार्टीले जनभावना बुझ्न नसकेकोमा आफू निराश भएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: