Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

भक्तपुरका अवैध टहरा, होटल तथा रेस्टुरेन्ट भत्काइने

\"bhaktapur_district\"भक्तपुर । भक्तपुर जिल्ला वन कार्यालयले नगरकोट नगरपालिकास्थित खरिपाटीदेखि नगरकोट टावरसम्म अवैधानिक रुपमा वन अतिक्रमण गरेर बनाइएका टहरा र घर भत्काउने भएको छ । खरिपाटीदेखि नगरकोटसम्म वन र सडक अतिक्रमण गरेर टहरा, भट्टी पसल र रेस्टुरेन्ट तथा गेस्ट हाउससमेत निर्माण गरेपछि स्थानीयवासीको चर्को विरोधका कारण अतिक्रमित टहरा तथा रेस्टुरेन्ट भत्काउने भएको हो । अवैधानिक रुपमा खुलेका यस्ता टहरा र रेस्टुरेन्ट सञ्चालकले वन कार्यालय, सडक डिभिजन कार्यालय र नगरकोट नगरपालिकासँग समेत स्वीकृति नलिई सञ्चालन गर्दा लाखौँको राजस्वसमेत ठगी गरेका छन् । नगरपालिका गठन हुनुभन्दा अगाडि नै यस्ता होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आइसकेका र भूकम्पपछि सयौँ टहरा थपिएका छन् । जङ्गल फँडानी गर्दै निर्माण हुन थालेपछि स्थानीयवासीकै विरोधका कारण सडक तथा जङ्गल अतिक्रमण गरी बनाइएका टहरा, रेस्टुरेन्ट भत्काउन जिल्ला वन कार्यालयले १५ दिने सूचना जारी गरेको छ । जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले वन क्षेत्रभित्र बनेका र वन अतिक्रमण गरेर बनाइएको अवैधानिक घर, टहरा तथा रेस्टुरेन्ट आफैं भत्काउन सूचना जारी गरिसकिएको बताए । उनले भने, “जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी सबै तयारी अवस्थामा रहेको छ, वन कार्यालयले अतिक्रमण गरेका संरचना भत्काउन सूचना जारी गरिसकेको छ, सूचनाको अटेर गरे डोजर लाएरै भत्काउँछौँ ।” सूचनाको म्याद सकिएलगत्तै अन्तिम मौका दिने बताउँदै उनले आफैले त्यस्ता संरचना नभत्काए जेठ महिनाभित्र सबै वन अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने उनको भनाइ थियो । डिभिजन सडक कार्यालयसँग समेत समन्वय गरेर सडक मिचेर बनाइएको संरचना पनि भत्काइने भएको हो । नगरकोट जाने सडक र वन अतिक्रमण गरेर होटल, पसल, रेस्टुरेन्ट सञ्चालन गर्नेदेखि कखुरा पाल्ने कामसमेत भएको स्थानीयवासीको गुनासो छ । यस्ता टहराले नगरकोटमा विकृति फैलाएको भन्दै जङ्गल फँडानी गरेर हजारौँ टहरा बनेकाले तत्काल भत्काउनुपर्ने माग गरेका छन् । नगरकोटमा सडक र वन अतिक्रमण गरेर करिब ३०० वटा टहरा, होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको स्थानीयवासीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: