Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

[caption id=\"attachment_28919\" align=\"alignleft\" width=\"700\"]\"file file photo[/caption] बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाकोे ज्यान गएको समाचार छ । आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो । सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएका छन् । उक्त समाचार सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले दिएका छन् । सिरियाका उत्तरपश्चिमी क्षेत्रका विभिन्न स्थानमा यो आक्रमणको तारो बनाइएको छ । त्यस क्रममा उनीहरुले बसपार्क, अस्पताल, विभिन्न स्थानीय नागरिकका सेवा केन्द्रहरुका साथै विभिन्न सरकारी अड्डालाई तारो बनाएका थिए । सिरियाको उत्तरपश्चिमी नगर जाबेहमा यस्तो हमला भएको थियो । यो हमला मुख्य हमला थियो । जसका कारण सो क्षेत्रमा ठूलो क्षति पनि पुगेको छ । उक्त सहर सिरियामा जारी रहेको पाँच वर्षे युद्धका क्रममा पनि खासै प्रभावित थिएन । यस नगरलाई सरकारले आफ्नो सुरक्षित स्थल वा गढका रुपमा लिइआएको थियो । सोमबार विस्फोटमा परी जावलेह सहरमा मात्र ७५ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस सहरमा थप मानिस मारिएका छन् । सिरियाली मानवअधिकारवादी संस्थाले मङ्गलबार बिहान प्राप्त एक समाचारमा सो नगरमा मारिएका नागरिकको सङ्ख्या १४८ पुगेको पुष्टि भएको जनाएको छ । प्राप्त समाचारअनुसार उक्त स्थानमा सोमबार बिहानै झन्डै सात आत्मघाती विस्फोट गराइएको थियो । ती विस्फोटको जिम्मेवारी उक्त आतङ्कवादी संस्थाले नै लिएको छ । सिरियाली हिंसाको अध्ययन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका यी आक्रमण पनि शक्तिशाली भएको बताउनुभएको छ । आईएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सीमार्फत लिएको छ । दुवै सहर सिरियाली सरकारको पकडमा रहेका इलाका भएको यसअघि जनाइएको थियो । पछिल्लो समाचारअनुसार सिरियामा जारी रहेको युद्धविरामको अवस्थामा पनि असर पर्ने हो कि भन्ने चिन्ता छाएको बताइएको छ । सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ । सिरियाको तटीय क्षेत्रमा आईएसको उपस्थिति नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ । तर सोमबारको सो आक्रमणहरुले सिरियामा आइएसको प्रभाव बढ्दै गएको हुनसक्ने विषयमा पनि विभिन्न समाचारहरु आएका छन् । शान्तिवार्तामा असर पर्नसक्ने चिन्ता उता सिरियामा पछिल्लो समयमा सरकारसँग शान्तिवार्ताका लागि गरिएको युद्धविरामको असर पर्ने हो कि भन्ने बारेमा पनि चिन्ता व्यक्त भएको छ । सिरियामा गएका केही समययतादेखि युद्धविराम भएको छ । त्यसको पहल रसिया र अमेरिकाले गरिरहेका छन् । सोमबारको हमलाका कारण सिरियामा थप हिंसा मच्चिन सक्ने र यसले गर्दा आगामी दिनमा युद्धविरामको अवस्था भाँडिन सक्ने त्रास छाएको पनि बताइएको छ । सिरियामा गएको करिब पाँच वर्षदेखि हिंसा छाएको छ । यस हिंसामा परी दशौँ हजार नागरिक मारिएका छन् । अमेरिकी र रसियाली पहलमा पछिल्लो समयमा सिरियामा युद्धविराम सुरु भएको छ । त्यस युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघले गरिरहेको छ । र त्यस बमोजिम वार्ताको प्रक्रिया भने अघि बढ्न सकिरहेको छैन । वार्ताका लागि सरकारी पक्ष तयार छ तर विपक्षीहरुले सिरियाली राष्ट्रपति असदले सत्ता छोड्नुपर्ने मुख्य माग राख्दै आएका छन् । रासस/एएफ्पी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: