Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

फेसबुकमार्फत प्रेम गरी भारत लैजान लागिएका नौ चेलीको उद्धार

\"kanchanpur_district\"कञ्चनपुर । भारतमा काम गर्ने प्रलोभन दिएर लैजाँदै गरेका नौ जना महिलाको मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्कबाट उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्धको कार्यमा संलग्न गैरसरकारी संस्था थ्री एन्जल्स् नेपालको सहयोगमा महिलाको उद्धार गरिएको हो । आफन्त कहाँ जाने भनेर बसपार्क हुँदै भारततर्फ हिँड्न थालेका चितवन, सिराहा, सिन्धुपाल्चोकका नौ जना महिलाको उद्धार गरिएको थ्री एन्ल्सका शाखा प्रबन्धक आरती शर्माले बताए । “भारततर्फ जान हिँडेका सबै महिलालाई जाने ठाउँबारे राम्ररी जानकारी नभएको, कामबारे जानकारी नभएको र काम गर्न जाने मान्छेसँग चिनजान नभएको सोधपुछका क्रममा पाइएपछि बसपार्कबाटै रोकथाम गरी उद्धार गरेका छौँ”, प्रबन्धक शर्माले भने । उद्धार गरिएका महिला बेचबिखनको उच्च जोखिममा पर्ने सम्भावना भएकाले रोकथाम गरी आफन्तलाई बुझाइने उहाँले बताए । उद्धार गरिएका सबै महिलाको उमेर बीस वर्षभन्दा माथि रहेको छ । यसैगरी, सोमबार पश्चिमी सीमा नाका गड्ड चौकी हुँदै भारतको मनाली हिमाञ्चल लैजाँदै गरेकी रामेछापकी १२ वर्षीया किशोरीको माइती नेपाल कन्चनपुरले उद्धार गरेको थियो । किशोरीलाई भारततर्फ लैजाँदै गरेका काभ्रे घर भई काठमाडौँमा डेरा गरेर बस्ने ३७ वर्षीय तेजबहादुर स्याङ्तान उर्फ विजय मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत प्रेमको प्रलोभनमा पारी मोक्तानले किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको माइती नेपालले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending