Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कालिकोट पुगेका गृहमन्त्री भन्छन् –आपत्कालीन केन्द्रबाट बाढीपीडितलाई सहयोग गर्छौं

\"shakti-basnet\"कालीकोट । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लास्तरमा आपत्कालीन केन्द्रको स्थापना गरी विपद्मा परेका बाढीपीडितको उद्धार गर्न सरकार तयार रहेको बताएका छन् । कालीकोटका बाढीपीडितको अवस्था बुझ्न आज बिहान सदरमुकाम मान्म पुगेका मन्त्री बस्नेतले आपत्कालीन केन्द्रको स्थापनासँगै आपत्कालीन सामग्रीको समेत व्यवस्था गर्ने सरकारले निर्णय गरेको बताए । गृहमन्त्री बस्नेतले ठूलो आशा गरेका कालीकोटका बाढीपीडितलाई सरकारका तर्फबाट रु पाँच हजारको राहतसँगै दुई बन्डल जस्तापाता उपलब्ध गराउने बताए । हेलिकप्टरबाट सदरमुकाम मान्म पुगेका गृहमन्त्री बस्नेतले बाँके, बर्दिया, सुर्खेत लगायतका मध्य तथा सुदूरपश्चिमका जिल्लामा गत वर्षको बाढीले पु¥याएको क्षतिपछि सरकारले बनाएको नीति कालीकोटका लागि लागू गर्ने आश्वासन दिए । गृहमन्त्री बस्नेतले गेजबजारमा जेठ ६ गते राति आएको बाढीपहिरोको विपद्मा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा संवेदना व्यक्त गरे । उनले विपद्पछि उद्धार कार्यमा खटिने प्रहरी, सेना, राजनीतिक दल, स्थानीय प्रशासनलगायतका सबै सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिए । उनले नेपालीको दुःख पर्दा होस् वा सुख पर्दा होस् एकअर्कालाई सहयोग गर्ने नेपाली परम्परा बचाई राख्नुपर्नेमा जोड दिए । गृहमन्त्री बस्नेतले सकारले तत्काल आव २०७३÷७४ को बजेट ल्याउन लागिरहेको र कर्णालीजस्ता विकट क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने पनि बताए । कर्णालीको विकासका लागि सरकार जिम्मेवार रहेको भन्दै उहाँले नयाँ संविधानले सबै नेपालीको हकअधिकारको सुनिश्चिता गरेको दाबी गरे । गृहमन्त्री बस्नेतले राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि जोड दिएमा बेरोजगार युवा खाडी मुलुक जानु नपर्ने बताए । गृहमन्त्री बस्नेतले रेडक्रसको जिल्ला शाखाले उपलब्ध गराएको गैरखाद्य राहत सामग्री र जिल्ला प्रसारण कार्यालयले उपलब्ध गराएको एकजना मृतकको ४० हजार मृतक राहत पीडित परिवारका सदस्यलाई हस्तान्तरणसमेत गरे । जेठ ६ गतेको बाढीमा परी लालीघाटमा अहिलेसम्म पाँचको ज्यान गएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् । यस्तै, जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी पहिरोले करिब तीन करोड बराबरको सम्पत्तिको क्षति भएको बताएको छ । वैशाख ३१ गते दैखोलामा आएको बाढीेले एकको ज्यान जानुका साथै नौ जनाको घर तथा पसलमा क्षति पुगेको गृहमन्त्री बस्नेतलाई जानकारी गराइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: