Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सर्वदलीय बैठक बिनानिश्कर्ष टुंगियो

[caption id=\"attachment_45294\" align=\"alignleft\" width=\"800\"]\"फाइल फाइल तस्विर[/caption] काठमाडौं । आन्दोलनरत पक्षको मागबारे छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बिना निश्कर्ष टुंगिएको छ । मधेसी–जनजाति गठबन्धनको मागबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक डाकेका थिए । गठबन्धनको मागबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले बैठकमा आन्दोलनरत पक्षलाई पनि पनि डाकेका थिए । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु बैठकमा उपस्थित नभएपछि बैठक निश्कर्षविहिन भएको नेताहरुले बताए । महन्थकै सल्लाहमा बैठक प्रधानमन्त्री ओलीले बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित भएपछि मधेसी दलहरुप्रति निकै आक्रामक देखिए । उनले मोर्चाका नेता महन्थ ठाकुरसँग सल्लाह गरेर नै आफूले सर्बदलीय बैठक बोलाएको दाबी गरे । आफूले नौ बजे बोलाएको बैठक ठाकुरकै आग्रहमा १० बजेलाई गरिएको समेत प्रधानमन्त्रीले दाबी गरे । मधेसी नेताकै सल्लाहमा बैठक बोलाएपछि बहिष्कार गरेको भन्दै ओली मधेसी दलहरुप्रति आक्रोशित भए । उनले मधेसी दलहरुले के खोजेका हुन् प्रष्ट हुनुपर्छ भन्दै बैठकमा सहभागी दलहरुलाई औंल्याए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले विज्ञप्ति जारी गर्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोन वार्ता गरी प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएको जनाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई डाकिएको बैठकमा आन्दोलनरत मधेसवादी दलहरुले भने सरकारले बिना तयारी बैठक बोलाएको भन्दै बैठक बहिष्कार गरेका थिए । मोर्चालाई प्रधानमन्त्रीको ६ बुँदे लिखित पत्र प्रधानमन्त्रीले मङ्गलबार मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाएका थिए । मोर्चाका तर्फबाट गत वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफमा प्रधानमन्त्री ओलीले मोर्चालाई नै सम्बोधन गरी पत्र पठाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: