Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सगरमाथामा दुई भारतीय अझै भेटिएनन्, खोजीका लागि भारतीय टोली आउने

[caption id=\"attachment_75155\" align=\"alignleft\" width=\"780\"]\"अारोहणका अारोहणका क्रममा मृत्यु भएका डच नागरिक एरिक अर्नाल्ड[/caption]   काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गरी फर्किने क्रममा हराएका दुई भारतीय पर्वतारोही अझै भेटिएका छन् । सगरमाथाबाट फर्किने क्रम तीन भारतीयसहित ६ जना वेपत्ता भएकोमा तीन नेपाली भने सोमवार सम्पर्कमा आएका थिए । हराएका मध्ये एक भारतीयको मृत्यु भएको पुष्टी भएको छ भने अन्य दुई जना भेटिएका छैनन् । भारतीय पर्वतारोही सुभाव पउलको आइतबार निधन भएको हो । ४४ वर्षीय पउलको सगरमाथाको दोस्रो आधार शिविरमा नै मृत्यु भएको हो । भारतीय आरोहीहरु परेश नाथ र गौतम घोस हराइरहेका छन् । हराएका भारतीय पर्वतारोहीको खोजीका लागि पश्चिम बंगाल सरकारले तीन सदस्यीय टोली नेपाल पठाउने तयारी गरेको छ । गएको वैशाख २९ गतेदेखि यो सिजनका लागि सगरमाथा आरोहण खुल्ला गरिएको थियो । वैशाख २९ यता एक भारतीयसहित चार जना आरोहीको मृत्यु भएको छ । गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको आरोहणको क्रममा मृत्यु भएको थियो भने शुक्रबार ३६ वर्षीय डच नागरिक एरिक अर्नाल्डको मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ । शनिबार अस्ट्रेलियाका मारिया स्ट्रिडको पनि आरोहणकै क्रममा मृत्यु भएको छ । उनी मोनास विश्वविद्यालयका प्राध्यापक समेत थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेयता अहिलेसम्म दुई सय भन्दा बढीको सगरमाथा आरोहणका क्रममा मृत्यु भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: