Ntc summer Offer
Khabar Dabali २४ आश्विन २०८१ बिहीबार | 10th October, 2024 Thu
Investment bank

मंगोलहरु विजय उत्सव मनाउँदै यसरी आईपुगेका थिए भारतसम्म

[caption id=\"attachment_68533\" align=\"alignleft\" width=\"150\"]\"लेखक\"                  लेखक[/caption] तेह्रौं शताब्दीमा यूरोपमा पोपको शासन अन्तर्गत इसाई जगतलाई एकजुट गर्ने अद्भूत र अन्ततः विष्प्रभावी संघर्ष जारी थियो । त्यतिनै बेला एसियाको अझ ठूलो मञ्चमा त्यसभन्दा पनि धेरै महत्पवूर्ण घटनाहरु घटिरहेका थिए । चीनको उत्तर स्थित क्षेत्रको तातारहरुले संसारको राजनीतिमा अचानक प्रमुखता हासिल गरे र एकपछि एक यस्ता विजयहरु प्राप्त गरे जसको बराबरीको कुनै घटना इतिहासमा उपलब्ध छैन । ति मंगोलहरु थिए । तेह्रौं शताब्दीको प्रारम्भमा यी मानिसहरु घुमक्कड घोडसवारहरुको झुण्ड थिए जो आफ्ना पूर्वजहरु हुँडहरु जस्तै मासु र घोडाको दुधमा गुजारा गर्दथे तथा छालाबाट बनाइएका टेन्टहरुमा रहन्थे । उनीहरु स्वयम्ले चीनी प्रभुत्वबाट स्वतन्त्रता प्राप्त गरेका थिए र कयौं अन्य तुर्क कविलाहरुसँग मिलेर एक सैन्य महासंघ बनाएका थिए । यसको केन्द्रीय क्याम्प साइबेरियामा ओनों नदीको किनारामा थियो । \"blogpost-750\" यसबेला चीन विभाजित स्थितिमा थियो । तांग राजबंश दशौं शताब्दीमा नै क्षीण भएर समाप्त भइसकेको थियो र युद्धरत राज्यहरुको बीचमा विभाजनको एक क्रमपछि तिनका प्रमुख साम्राज्य बनिरहे । उत्तरमा \'किन\'को साम्राज्य थियो जसको राजधानी पेकिंग थियो तथा दक्षिणमा सुंगको साम्राज्य थियो जसको राजधानी नानकिंग थियो । हिसिया यी दुवैको बीचमा थियो । ई. ११२४ मा मंगोल महासंघको नेता नंगेज खानले किन साम्राज्यमाथि आक्रमण गरिदियो र पेकिंग कब्जामा लियो । त्यसपछि उ पश्चिमतर्फ मोडियो र पश्चिम तुर्किस्तान, पर्सिया आर्मीनिया, लाहौरसम्म भारतलाई तथा हंगेरी र साइलेसियासम्म दक्षिणी रुसलाई जित्यो । उ एक यति ठूलो साम्राज्यको शासकको रुपमा उदायो की उसले प्रशान्त महासागरदेखि पीपर नदीसम्म उसको साम्राज्य फैलियो । \"silk-roadpb-copy-750\" उसको उत्तराधिकारी ओगदई खानले मंगोलियाको कराकोरममा स्थायी राजधानीको स्थापना ग¥यो र आश्चर्यजनक विजयहरुको अभियानलाई जारी राख्यो । उसका सेनाहरु धेरै उच्च दक्षतासँगै संगठित थिए र तिनीहरुसँग चीनसँग खोसेको बारुदपनि थियो । जसलाई उनीहरु साना बन्दुकहरुमा प्रयोग गर्देथे । उसले किन साम्राज्यको विजय पुरा ग¥यो र आफ्नो सेनाहरुलई एसियालाई पार गराउँदै रुसको लागि पठायो जुन एक अद्भूत रवाना थियो । ई. १२४० मा किवलाई नष्ट ग¥यो र लगभग पुरा मंगालहरुलाई कर दिने बाध्य बनायो । पोल्याण्डलाई कब्जा ग¥यो र ई. १२४१मा दक्षिणी साइलेसियामा लिगनित्जको लडाईंमा पोलो र जर्मनहरुको एक मिलि जुली सेना काटियो यस्तो प्रतित हुन्छ कि सम्राट पे्रmडरिक द्धितियले यस ज्वारलाई रोक्नको लागि कुनै प्रयार गरेनन् । ‘रोमन साम्राज्यको अवन्नति र पतन’ शीर्षक गिवनको पुस्तकको आफ्नो नोटमा बरी भन्दछन् कि रोमन इतिहासले वर्तमानमा यो बुझाउन शुरु गरेको छ कि मंगोल सेनाको सफलताहरु, जसले ई. १२४१ के वसन्तमा पोल्याण्डलाई नष्ट गर्दै हंगेरीमा कब्जा गरेको थियो, उत्कृष्ट रणनीतिका कारण उक्त सफलता प्राप्त भएको थियो । मंगोलसँग सेनाको संख्या अति नै धेरै थियो । तर यो तथ्य अहिलेसम्म सबैलाई ज्ञात हुन सकेको छैन । यो नराम्रो विचार अहिले पनि प्रचलित छ की तातारहरु असभ्य मानिसहरुका झुण्ड थिए र केवल आफ्नो विशाल संख्याको बलमा आफ्नो समक्ष आउने हरेक चीजलाई सामना गर्दथे तथा बाधाहरु भएर अत्यन्तै छिटो दौडन्थे र तिनलाई मात्र बजनद्धारा टाढा हटाइदिन्थे । दक्षिणी वेस्तुलादेखि ट्रासेल्वानियासम्म विस्तुत अभियानमा जुन समयनिष्ठा र प्रभावोत्पादकतासँगै सारा प्रवन्ध गरिएका थिए । त्यो अदभूत थियो । यस्तो अभियान त्यस समयको यूरोपीय सेनाको क्षमताबाट पूर्ण रुपले बाहिर थियो र त्यो कुनै पनि यूरोपीय सेनानायकको बुद्धिभन्दा पर थियो । फ्रेडरिक द्धितियदेखि लिएर उ भन्दा पहिले यूरोपमा कुनै पनि यस्तो नजरल थिएन जो कि रणनीतिको मामलामा वरिष्ठताको तुलनामा हालै काम सिक्नेवाल नरहेको होस् । यस तथ्यमा पनि ध्यान दिनुपर्दछ की मंगोलहरुले हंगेरीको राजनीतिक स्थिति तथा पोल्याण्डको स्थितिको पूरा ज्ञान प्राप्त गरेपछि मात्र आफ्नो अभियान शुरु गरेका थिए । उनीहरुले एक सुसंगठित गुप्तचर र स्ववस्थाको माध्यमबाट स्वयमलाई सूचित गरिरहनमा पूरा ध्यान दिएका थिए । र, अर्को हंगेरियाली र इसाई शक्तिहरुको केटाकेटी असभ्यहरुको जसरी आफ्ना शत्रुहरुको विषयमा मुश्किलले मात्र केही जान्दथे । \"siege-of-xixia-300-dpi-resize-750\" मंगोल यद्यपि लीगनित्जको लडाईंमा सफल भएका थिए, तर उनीहरुले आफ्नो अभियानलाई पश्चिमतर्फ जारी राखेनन् । अब उनीहरु जंगली र पहाडी क्षेत्रहरुमा पुगिरहेका थिए र तिनको कार्यनीति यस्ता क्षेत्रहरुमा अभियानको लागि समुचित थिएन । यसकारण उनीहरु दक्षिण पश्चिमतर्फ मोडिए र आफ्नो सजातीय मगियारहरुलाई ठीक त्यसरी नै हत्या गर्दै अथवा आत्मसात गर्दै, हंगेरीमा बस्ने कुराको फैसला गरे । जसरी कि यी मगियारहरुले यसभन्दा पहिले मिलजुल गरेका सीथियनहरु, अवारहरु तथा हुँणहरुलाई हत्या अथवा आत्मसात गरेका थिए । हंगेरीका मैदानहरुमा उनीहरुले संभवतः पश्चिम र दक्षिण तर्फ धावा बोलेका थिए जस्तो कि हंगेरियाइहरुले नवौं सताब्दीमा, अवारहरुले सातौं र आठौं सताब्दीमा र हुँणहरुले पाँचौं शताब्दीमा गरेका थिए । तर, आगदईको मृत्यु अचानक हुनगयो र ईं १२४२ मा उत्तरधिकारको विषयमा समस्या खडा हुनगयो । यसकारणले फिर्तिको आदेश भएको कारण मंगोलहरुको पराजित सेनाहरु हंगेरी र रुमानियालाई पार गर्दै फिर्ता हुन थाले । यसपछि मंगोलहरुले आफ्नो ध्यान एसियामा विजय गर्नमा केन्द्रित गरे । तेह्रौं सताब्दीको मध्यसम्म उनीहरुले शुंग साम्राज्यलाई जितिसकेका थिए । ई. १२५१ म मंगु खान महान खानको रुपमा ओगदई खानको उत्तरधिकारी बन्यो र उसले आफ्नो भाई कुब्लई खानलाई चीनको गर्भनर नियुक्ति ग¥यो । ई. १२८० मा कुब्लई खानलाई चीनको सम्राटको रुप्मा औपचारिक मान्यता दिइयो र यसप्रकार युवान राजवंश स्थापना भयो जसले ई. १३६८ सम्म शासन गरिरह्यो । जब चीन मंगू खानको भाई हुलगु गान पर्सिया र सीरियालाई वीजित गरिरहेको थियो त्यसबेला मंगोलहरुले इस्लामप्रति कटु वैरभाव प्रर्दशन गरे र बगदाद सहरमा कब्जा गरेपछि त्यहाँको आवादीको कत्लेआम गरे त्यस अति प्राचीन सिंचाई व्यवस्थालाई नष्ट गरे यसले सुमेरियाको प्राचीन समयदेखि मेसोपोटामियालाई निरन्तर समृद्ध र परिणामतः घना आवादीवाला बनाइ राखेको थियो । मेसोपोटामिया त्यसबेलादेखि आज हाम्रो समयसम्म मरुभूमि बनेको छ जसले धेरै मामुली जनसंख्याको भरण षोषण गर्न पाउदछ । मंगोल मिश्रमा कहिल्यै पनि प्रविष्ट भएनन् । मिश्रको सुल्तानले ई. १२६० मा हुलगुको एक सेनालाई पूर्ण रुपले पराजित गरिदिएको थियो ।   [caption id=\"attachment_75146\" align=\"alignleft\" width=\"300\"]\"चेङ्गीज चेङ्गीज खान[/caption] यस विध्वंसपछि मंगोल विजयहरुको ज्वार उत्रिने क्रिया माथि आउन थाल्यो । महान खानको साम्राज्य कैयौं साना साना राज्यहरुमा बाँडिन पुग्यो । पूर्वी मंगोल चीनियाँहरुको जस्तै बौद्ध धर्माबलम्बी हुन गए र पश्चिम मंगोलहरुले इस्लाम कबुल गरे । चीनियाँहरुले युवान राजबंशलाई ई. १३६८ मा बाहिर फ्याँकिदिएर देशी मिंग राजवंशको स्थापना गरे, जुन ई. १३६८ देखि ई. १६४४ सम्म फस्टाई रह्यो । रुस दक्षिण पूर्वी स्तेपीजका तातारहरुको करदाता तबसम्म रहिरह्यो जबसम्म कि. ई. १४८) मा मास्कोको महान् ड्यूकले तातारहरुप्रति निष्ठावान बनिरहनबाट महानी गरिदिएनन् र आधुनिक रुसको जग हालेनन् । चौधौं शताब्दीमा जंगेज खानको वंशज तैमूर लंगको अधिनमा रहेको मंगोल शक्तिलाई थोरै पुर्नजीवन मिल्यो । उसले स्यम्लाई पश्चिमी तुर्किस्तानमा व्यवस्थित ग¥यो । ई. १३६९ मा महान खानको उपाधि धारण ग¥यो र सीरियादेखि लिएर दिल्लीसम्म जित्यो । उसले एक यस्तो साम्राज्य स्थापित ग¥यो जुन उसको मुत्युपछि रहिरहन सकेन । फेरि पनि ई. १५०५ मा यस तैमूरको एक वंशज बाबर नामक एक खोजिमवाजले बन्दुकहरुले सैस एक सेना संगठित ग¥यो र भारतको मैदानहरुलाई जित्यो । उसको नाति अकबर (१५५६ – १६०५) ले उसको विजयहरुलाई पुरा ग¥यो र मंगोल –अथवा मुग अजस्तो कि अरब भन्दथे) राजवंश दिल्लीमा भारतको धेरै ठूलो भागमाथि अठारौं शताब्दीसम्म राज गरिरह्यो । \"1d92f6_800154bfa39e431a8e8c261d9fd49a09\" तेह्रौं शताब्दीमा मंगोलहरुको प्रथम विजय अभियानको नतिजामा एक घटना थियो तुर्कहरुको एक खास कविलालाई तुर्किस्तानबाट एसिया माइनर लखेटिदिनु जुन पछि अटोमन तुर्कको नामले चिनिए । उनीहरुले यसिया माइनरमा आफ्नो शक्तिलाई विस्तारित र बजबूत गरे र र डार्डानेस्ल्लाई पार गरी मेसिडोनिया सर्विया तथा बुल्गेरियामा हमला गरे । अन्तमा अन्स्टेन्टिनोपल अटोमन राज्यहरुको बीचमा एक द्धीपजस्तै बचिरह्यो । ई. १४५३ मा अटोमन सुल्तान महम्मद – २ ले बन्दुकहरुको भारी संख्यासँगै यूरोपतिर आक्रमण गरी कन्स्टेन्टिनोपललाई जित्यो । यस घटनाले यूरोपमा जोडदार उत्तेजना पैदा ग¥यो र त्यहाँ धर्मयुद्धको चर्चा हुन थाल्यो, तर धर्मयुद्धको दिन गुज्रिसकेको थियो । \"gengis-khan-kan-ejercito-invasor-750\" सोह्रौं शताब्दीको क्रममा अटोमन सुल्तानहले बगदाद, हंगेरी र मिश्र र अधिकांश उत्तरी अफ्रिकालाई जिते र तिनीहरुको नौसैनिक बेडाहरुले उनीहरुलाई भूमध्य सागरको मालिक बनाईदिए । उनीहरुले भियनालाई करीब करिव जिते र सम्राटबाट कर असूल गरे । मन्ध्रौं शताब्दीमा इसाई राज्यहरुको व्यापक पतनको क्षतिपूर्ति गर्ने दुई कुराहरु थिए, प्रथम कुरा थियो मास्कोको स्वतन्त्रताको पुर्नस्थापना (ई. १८४०) र अर्को थियो इसाईहरुद्धारा क्रमस स्पेनको पुनर्विजय । ई. १४९२ मा प्रायद्धीपको अन्तिम मुस्लिम राज्य ग्रेनाडा अरागोनको राजा फर्दिनेन्द र क्यासिलेको उसकी रानी इजाबेलाको हातमा गयो । तर ई. १५७१ म नै त्यसभन्दा पहिले होइन, यो सम्भव हुनसक्यो कि लेपान्टोको समुन्द्री लडाईंले अटोमन तुर्कहरुको दर्पलाई धूलो पारिदियो र भूमध्य सागरमा इसाई प्रभूतालाई पुनः बहाल गरिदियो । लेखक, (१८६६ –१९४६) एक जना प्रख्यात अंग्रेजी उपन्यासकार, पत्रकार, समाजवादी चिन्तक र इतिहासकार हुन् । हामीले उनको यो लेख A Short history of the world बाट लिएका हौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy