Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पत्रकारको तलब १९ हजार ५०० लागु गर्न चौतारीको माग

काठमाडौं । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई श्रमजीवी पत्रकारका हकहित लगायत विषय समेटी एघारबुँदे ज्ञापनपत्र बुझाएको छ । मन्त्री राईलाई नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतले आफ्नो आठौँ राष्ट्रिय अधिवेशनबाट पारित प्रस्तावका आधारमा सो ज्ञापनपत्र बुझाएका थिए । सो अवसरमा मन्त्री राईले राष्ट्रको समग्र विकासका निम्ति सञ्चारकर्मीलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । सरकारका प्रवक्ता राईले वर्तमान सरकार प्रेस र सञ्चारमैत्री भएको बताउँदै बजेट मार्फत पत्रकारका विषय सम्बोधन गर्ने जानकारी गराए । ज्ञापनपत्रमा श्रमजीवी पत्रकारका लागि तोकिएको मासिक रु १९ हजार ५०० तलब लागू हुनुपर्ने, विद्युतीय सञ्चारमाध्यमलाई समेत छापामाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराई आगामी आवको बजेटबाट दोब्बर बनाउनुपर्ने, पत्रकारको व्यक्तिगत दक्षता, कार्यकुशतलता वृद्धि गर्न तथा कुनै पनि राजनीतिक नामसँग नजोडिएका सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गर्नुपर्ने माग राखिएको छ । यसैबीच चौतारीको आजै सम्पन्न केन्द्रीय समितिको बैठकमा मन्त्री राईले पदाधिकारी र सदस्यलाई बधाई दिएका थिए । नेकपा ९एमाले० का सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाको आतिथ्यतामा सम्पन्न बैठकले अधिवेशनबाट पारित प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनलाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको थियो । बैठकमा पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट र राजेन्द्र अर्यालले नयाँ कार्यसमितिलाई सफलताको कामना गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: