Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुसाल, नयाँ कार्यविभाजनमा को कहाँ परे ?

\"mao_kendra-750\"काठमाडौं । नेकपा माओवादी केन्द्रले जारी केन्द्रिय समितिको बैठकमा कार्यविभाजन गरेको छ । यसअघि विधानमा केन्द्रीय समिति बहुपदीय संरचनामा जाने भनेपनि तत्कालका लागी एकल पदीय संरचनामा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्रको अध्यक्षमा पूस्पकमल दाहाल प्रचण्ड मात्रै रहनेछन् भने उनको नेतृत्वमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, मात्रिका यादव, जयपुरी घर्ती, तिलक परियार, मणि थापा र देव गुरुङ रहेको नाै सदस्यीय कार्यालय टिम निर्माण गरेको छ । त्यसैगरी यसअघिका पदाधिकारी तथा स्थायी समिति र हालका कार्यालयका सदस्यहरु स्वत रहने गरी ५१ जनाको सचिवालय तथा यसअघिका पोलिव्यूरो सदस्यहरु र केही सिनियरहरुलाई थपेर पोलिव्यूरो सदस्य बनाउने निर्णय समेत भएको एक केन्द्रीय सदस्यले बताएका छन् । यसैगरी हाललाई १ नम्बरमा राम कार्कीको संयोजकत्वमा ९ जना, २ नम्बर मा गोपाल ठाकुरको संयोजकत्वमा ७ जना, ३ नम्बरमा लिलामणि पोखरेलको संयोजकत्वमा ८ जना, ४ नम्बरमा डिलाराम आर्चायको संयोजकत्वमा ५ जना, ५ नम्बरमा चक्रपाणि खनाल वलदेवको नेतृत्वमा ७ जना, ६ नम्बरमा जनार्दन शर्मा प्रभाकरको संयोजकत्वमा ६ जना, ७ नम्बरमा लेखराज भट्टको संयोजकत्वमा ६ जना र प्रवासका लागि नारायणकाजी श्रेष्ठको नेतृत्वमा ७ जनाको संयोजन समिति बनेको छ । एकता संयोजनका लागि वर्षमान पुन अनन्तको नेतृत्वमा १३ जनाको उच्चस्तरिय कार्यदल निर्माण गर्नुका साथै प्रकाशन विभागका नेतृत्वमा प्रचण्ड स्वंयमले लिएका छन् । पार्टी प्रवत्तामा भने पम्फा भुसाललाई बनाइएको छ । यसैगरी असार ४ गते काठमाडौंमा बृहत आमसभा गर्नुको साथै जेठ २० देखि असार ११ भित्र प्रदेशहरुको भेला तथा प्रशिक्षण कार्यक्रम राखिएको छ । सो भेलामा जिल्लाका सबै समुहका पदाधिकारी बोलाउने निर्णय समेत गरेको छ । बाँकी केन्द्रिय सदस्यहरुको हकमा जो जहाँ छ त्याही कार्यक्षेत्र हुनेगरी केन्द्रले कार्यविभाजन गरेको छ । अदालतले जनयुद्धकालिन मुद्धा व्यूताएको भन्दै त्याप्रति आपत्ति जनाउनुका साथै आयोग पठाउनका लागी पहल गर्ने निर्णय समेत गरेको छ । आइतबारबाट काठमाडौंका बत्तिसपुतलिस्थित एक पार्टी प्यालेसमा जारी बैठक आज सोमबार सकिने माओवादी केन्द्रले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: