Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

यस्तो छ नेपालमा पेट्रोलियम पदार्थको सम्भावना

\"kp-oli-china-visit-1-750\" काठमाडौं । नेपालमा संविधानसभाबाट संविधान जारी गरे लगत्तै नेपालले भारतीय नाकाबन्दीको सामना गर्नुपर्यो । भारतले निम्त्याएको इन्धन संकटकै कारण नेपालले इन्धन आपूर्तिका लागि विभिन्न विकल्पहरु खोजीरहेको छ । भारतको विकल्पमा चीनसँग इन्धन सम्झौता गर्नुपर्ने भन्दै सरकारलाई दबाब पनि बढ्यो । दक्षिणी छिमेकी मुलुक भारतको विकल्पमा उत्तरी छिमेकी मुलुक चीनबाट इन्धन सम्झौताका लागि सरकारले प्रयास नगरेको पनि होइन । सरकारको पहल कामयाबी हुन सकेन । फलस्वरुप बर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियताको केवल सस्तो लोकप्रियतामात्रै कमाउन खोजेको आशंकाहरु बढे । भारत र चीनसँग केही महत्वपूर्ण सम्झौता प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको एक महिनापछि चीन भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा उनले नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडार पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोग, विशाखापट्टनम सिंहबाद रेलमार्गको उपयोग गर्ने सम्बन्धि समझदारी गरेका थिए । त्यस लगत्तै चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले चीनसँग पनि केही महत्वपूर्ण सम्झौताहरु गरे । नेपाल र भारतबीच मात्रै पारबहन सम्झौता भएकोले पहिलोपटक प्रधानमन्त्री ओलीले चीनसँग पनि पारबहन सम्झौता गरे । इन्धन खाडीमा होइन, झाडीमा खोजौं भारतीय नाकाबन्दी लगायत यस्ता विभिन्न समस्याहरुका कारण बेलाबेलामा पर्ने इन्धन संकट समाधानका लागि केही वैकल्पिक उपायको खोजी हुनु जरुरी छ । भारतमा जस्तै सजिवनको खेती गरेर पनि पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने भएकोले यसको पनि प्रयासहरु भएका छन् । पाल्पा, गुल्मी, अर्घाखाँची तथा केही पूर्वी जिल्लाहरुमा पनि सजिवनको खेती गरिएको छ । सजिवनबाट डिजल लगायतका पेट्रोलियम पदार्थ उत्पादन हुने कुरा प्रयोगबाट पनि सिद्ध भएको छ । तर भारतमा समेत असफल भएको यसको प्रयोग नेपालमा सफल हुनेमा कमै मात्र विश्वास गर्न सकिन्छ । \"sajiban-jatropha- सजिवनको खेती गरेर इन्धन उत्पादन गर्न सकिने भन्दै केही ब्यक्तिहरुले विभिन्न एनजीओ बनाएर सजिवनको नाममा डलरको खेती गरे । त्यही सजिवनको नाम भजाएर राज्यबाट मोटो रकम असुलेर एमाओवादीका नेता तथा पूर्व सभासद चन्द्रबहादुर थापा ‘सागर’ले पाल्पामा सजिवन प्रशोधन केन्द्र निर्माण गरे । तर उनले राज्यको पैसा कुम्ल्याउने मात्र काम गरे । प्रशोधन केन्द्रको ब्यापक हल्लाखल्ला गरी उद्घाटन मात्र गर्ने काम भयो । केहीले सजिवन खेतीका नाममा पनि एनजीओहरु चलाए । ‘इन्धन खाडीमा होइन, झाडीमा खोजौं’ भन्दै चलाइएका एनजीओको खेती पनि केही समय राम्रै चल्यो । पेट्रोलियम पदार्थको सम्भावना भारतीय नाकाबन्दीबाट पाठ सिक्दै फेरि पनि इन्धनको विकल्प खोजी थालिएको छ । नेपालमा पनि पेट्रोलियम पदार्थको सम्भावना रहेको भन्दै यसको अन्वेषण गर्नका लागि सरकारले चीनसँग सम्झौता गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार हालै चिनियाँ सरकारी टोलीले नेपालका केही भागमा पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन सुरु गर्यो । अन्वेषण तथा अध्ययन टोलीले नेपालमा पेट्रोलियम पदार्थको सम्भावना रहेको पनि निष्कर्ष निकालेको छ । नेपालमा पेट्रोलियम पदार्थको सम्भावना रहेको भनिए पनि त्यसको अन्वेषणको काम भने २७ वर्षपछि थालिएको हो । अन्वेषण सम्बन्धि पहिलो चरणको स्थलगत अध्ययनको काम सकेपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मन्त्रालयमै कार्यक्रम गरी टोलीलाई धन्यवाद दिँदै उत्खनन्को काम थाल्न भनेका थिए । चिनियाँ टोलीका प्रतिनिधी ज्याङ्ग दाक्युनले नेपालका विभिन्न सम्भावित पेट्रोलियम ब्लकमा पुगेर अध्ययन गर्दा सकारात्मक नजिता पाएको जानकारी दिए । टोलीले दैलेख, विराटनगरलगायतका स्थानमा सम्भाव्यता अध्ययन गरेको थियो । श्रीस्थानमा ग्यास अन्वेषण नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चिनियाँ सरकारी टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन गरेको हो । टोलीले पेट्रोलियम पदार्थको मात्र नभइ ग्यासको पनि अन्वेषण् गरेको छ । टोलीले श्रीस्थानमा ग्यास अन्वेषणका लागि अध्ययन गरेको छ । उक्त स्थानमा ग्यास अहिले पनि बाहिर निस्किरहेको छ । जमिनमुनिबाट निस्किरहेको ग्यासमा आगो बलिरहेको छ । प्रधानमन्त्री शर्मा ओलीको भ्रमणकै क्रममा नेपालको पेट्रोल अन्वेषणको अध्ययनको काम चीन सरकारले गरिदिने सम्झौता भएको थियो । अन्वेषण टोलीले उत्खनन् गर्न तीन वर्षभन्दा बढी लाग्ने जनाएको छ । तर प्रधानमन्त्री ओलीले भने अन्वेषणको काम थालनी भएकै दिन अबको दुई वर्षमा नेपालले इन्धनका लागि विदेशको मुख ताक्नै नपर्ने अभिवब्यक्ति दिए । प्रधानमन्त्री ओलीले गरे के हुँदैन र ? भन्दै केही हावादारी अभिब्यक्ति दिने गरेका कारण पनि प्रधानमन्त्री ओलीको भनाइ भने आम नागरिकलाई पत्याउन गाह्रो भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending