Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

यस्तो छ नेपालमा पेट्रोलियम पदार्थको सम्भावना

\"kp-oli-china-visit-1-750\" काठमाडौं । नेपालमा संविधानसभाबाट संविधान जारी गरे लगत्तै नेपालले भारतीय नाकाबन्दीको सामना गर्नुपर्यो । भारतले निम्त्याएको इन्धन संकटकै कारण नेपालले इन्धन आपूर्तिका लागि विभिन्न विकल्पहरु खोजीरहेको छ । भारतको विकल्पमा चीनसँग इन्धन सम्झौता गर्नुपर्ने भन्दै सरकारलाई दबाब पनि बढ्यो । दक्षिणी छिमेकी मुलुक भारतको विकल्पमा उत्तरी छिमेकी मुलुक चीनबाट इन्धन सम्झौताका लागि सरकारले प्रयास नगरेको पनि होइन । सरकारको पहल कामयाबी हुन सकेन । फलस्वरुप बर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियताको केवल सस्तो लोकप्रियतामात्रै कमाउन खोजेको आशंकाहरु बढे । भारत र चीनसँग केही महत्वपूर्ण सम्झौता प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको एक महिनापछि चीन भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा उनले नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडार पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोग, विशाखापट्टनम सिंहबाद रेलमार्गको उपयोग गर्ने सम्बन्धि समझदारी गरेका थिए । त्यस लगत्तै चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले चीनसँग पनि केही महत्वपूर्ण सम्झौताहरु गरे । नेपाल र भारतबीच मात्रै पारबहन सम्झौता भएकोले पहिलोपटक प्रधानमन्त्री ओलीले चीनसँग पनि पारबहन सम्झौता गरे । इन्धन खाडीमा होइन, झाडीमा खोजौं भारतीय नाकाबन्दी लगायत यस्ता विभिन्न समस्याहरुका कारण बेलाबेलामा पर्ने इन्धन संकट समाधानका लागि केही वैकल्पिक उपायको खोजी हुनु जरुरी छ । भारतमा जस्तै सजिवनको खेती गरेर पनि पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने भएकोले यसको पनि प्रयासहरु भएका छन् । पाल्पा, गुल्मी, अर्घाखाँची तथा केही पूर्वी जिल्लाहरुमा पनि सजिवनको खेती गरिएको छ । सजिवनबाट डिजल लगायतका पेट्रोलियम पदार्थ उत्पादन हुने कुरा प्रयोगबाट पनि सिद्ध भएको छ । तर भारतमा समेत असफल भएको यसको प्रयोग नेपालमा सफल हुनेमा कमै मात्र विश्वास गर्न सकिन्छ । \"sajiban-jatropha- सजिवनको खेती गरेर इन्धन उत्पादन गर्न सकिने भन्दै केही ब्यक्तिहरुले विभिन्न एनजीओ बनाएर सजिवनको नाममा डलरको खेती गरे । त्यही सजिवनको नाम भजाएर राज्यबाट मोटो रकम असुलेर एमाओवादीका नेता तथा पूर्व सभासद चन्द्रबहादुर थापा ‘सागर’ले पाल्पामा सजिवन प्रशोधन केन्द्र निर्माण गरे । तर उनले राज्यको पैसा कुम्ल्याउने मात्र काम गरे । प्रशोधन केन्द्रको ब्यापक हल्लाखल्ला गरी उद्घाटन मात्र गर्ने काम भयो । केहीले सजिवन खेतीका नाममा पनि एनजीओहरु चलाए । ‘इन्धन खाडीमा होइन, झाडीमा खोजौं’ भन्दै चलाइएका एनजीओको खेती पनि केही समय राम्रै चल्यो । पेट्रोलियम पदार्थको सम्भावना भारतीय नाकाबन्दीबाट पाठ सिक्दै फेरि पनि इन्धनको विकल्प खोजी थालिएको छ । नेपालमा पनि पेट्रोलियम पदार्थको सम्भावना रहेको भन्दै यसको अन्वेषण गर्नका लागि सरकारले चीनसँग सम्झौता गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार हालै चिनियाँ सरकारी टोलीले नेपालका केही भागमा पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन सुरु गर्यो । अन्वेषण तथा अध्ययन टोलीले नेपालमा पेट्रोलियम पदार्थको सम्भावना रहेको पनि निष्कर्ष निकालेको छ । नेपालमा पेट्रोलियम पदार्थको सम्भावना रहेको भनिए पनि त्यसको अन्वेषणको काम भने २७ वर्षपछि थालिएको हो । अन्वेषण सम्बन्धि पहिलो चरणको स्थलगत अध्ययनको काम सकेपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मन्त्रालयमै कार्यक्रम गरी टोलीलाई धन्यवाद दिँदै उत्खनन्को काम थाल्न भनेका थिए । चिनियाँ टोलीका प्रतिनिधी ज्याङ्ग दाक्युनले नेपालका विभिन्न सम्भावित पेट्रोलियम ब्लकमा पुगेर अध्ययन गर्दा सकारात्मक नजिता पाएको जानकारी दिए । टोलीले दैलेख, विराटनगरलगायतका स्थानमा सम्भाव्यता अध्ययन गरेको थियो । श्रीस्थानमा ग्यास अन्वेषण नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चिनियाँ सरकारी टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन गरेको हो । टोलीले पेट्रोलियम पदार्थको मात्र नभइ ग्यासको पनि अन्वेषण् गरेको छ । टोलीले श्रीस्थानमा ग्यास अन्वेषणका लागि अध्ययन गरेको छ । उक्त स्थानमा ग्यास अहिले पनि बाहिर निस्किरहेको छ । जमिनमुनिबाट निस्किरहेको ग्यासमा आगो बलिरहेको छ । प्रधानमन्त्री शर्मा ओलीको भ्रमणकै क्रममा नेपालको पेट्रोल अन्वेषणको अध्ययनको काम चीन सरकारले गरिदिने सम्झौता भएको थियो । अन्वेषण टोलीले उत्खनन् गर्न तीन वर्षभन्दा बढी लाग्ने जनाएको छ । तर प्रधानमन्त्री ओलीले भने अन्वेषणको काम थालनी भएकै दिन अबको दुई वर्षमा नेपालले इन्धनका लागि विदेशको मुख ताक्नै नपर्ने अभिवब्यक्ति दिए । प्रधानमन्त्री ओलीले गरे के हुँदैन र ? भन्दै केही हावादारी अभिब्यक्ति दिने गरेका कारण पनि प्रधानमन्त्री ओलीको भनाइ भने आम नागरिकलाई पत्याउन गाह्रो भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: