Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

मिलेन भागबण्डा , माओवादी केन्द्रमा शुरु भयो अर्को किचलो

\"mao_kendra-750\"काठमाडौं । विभिन्न समुहमा छरिएका माओवादी एक हुन नपाउँदै माओवादी पार्टीमा अर्को बिवादको सुरुवात भएको छ । पार्टी एकताको सकारात्मक सन्देश प्रवाह गर्नुको साटो ६ सय ९९ जम्बो केन्द्रीय समिति बनाएकोमा आलोचना खेपिरहेको नवगठिन नेकपा माओवादी केन्द्रमा पदिय भागबण्डामा किचलो सुरु भएको हाे । पदिय भागबन्डा नमिल्दा आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको बैठक सोमबार १ बजे सम्मको लागि स्थागित गरिएको छ ।पार्टीमा एकल नेतृत्वमा जाने वा बहुपदिय प्रणालीमा जाने भन्ने विवाद र अर्को प्रचण्ड पछिको दोस्रो बरियताको नेता को हुने भन्नेमा विवाद देखिएको छ । एकता प्रक्रियमा आएका केही नेताहरु माओवादीका केही पुराना नेताहरुको साथ लिएर एकल नेतृत्वमा जानुपर्ने र राम बहादुर थापा बादललाई प्रचण्ड पछिको दोस्रो बरियताको नेता बनाउनु पर्ने पक्षमा देखिएका छन । एकतामा आउनेहरु मणी थापा , मातृका यादव जयपुरी घर्ती र एमाओवादीका कतिपय नेताहरु बहुपदीयले पार्टीमा अराजकता आउने भन्दै एकल नेतृत्वमा अनुशसित पार्टी बनाउुन पर्ने पक्षमा देखिएका छन् । नरायणकाजी श्रेष्ठ, टोप बहादुर रायमाझी लगायतका पुर्व माओवादीका केही नेताहरु बहुपदीयमा प्रणालीमा जानुपर्ने पक्षमा देखिएका छन् । । उनी आफुलाई पन्छाएर राम बहादुर थापालाई दोस्रो बरियताको नेता बनाउने कुरा स्विकार्न तयार छैनन् । उनले अफु अपहेलित भएर नबस्ने भन्दै प्रचण्डलाई चुनौती दिएका छन् । अहिले प्रचण्ड पार्टी संरचना कस्तो बनाउने र अफू पछिको दास्रो बरियताको नेता को बनाउने भन्ने अप्ठ्यारोमा परेका छन् । उनी नारयणकाजीलाई पर्टीको दास्रो बरियताबाट हटाउन पनि सक्दैनन भने उता बादल पक्षको कुरा काट्न पनि नसक्ने अवस्थामा रहेका छन् । आज १ बजेबाट सुरु हुने भनिएको केन्द्रीय समितिको बैठकमा यी विबादलाई हल गर्दै कार्यविभाजन गर्ने कुरा माओवादी नेतृत्वका लागि निके चुनौतिपुर्ण देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: