Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दक्षिण सुडानमा ह्यामोरेजिक फेवरको प्रकोप

\"South_Sudan\"सुडान । दक्षिण सुडानमा फैलिएको अज्ञात रोग इबोला र मारवर्ग भाइरस नभई ह्यामोरेजिक फेवर (ज्वरो) भएको डब्लूएचओले बताएको छ । ह्यामोरेजिक फेवरका कारण सुडानमा सन् २०१६ को शुरुमा कम्तिमा १० जनाको मृत्यु भएको थियो । अज्ञात रोगका कारण बिरामी परेको आशङ्कामा रक्त परीक्षणका लागि लिइएका ५१ नमुनामध्ये ४० मा ह्यामोरेजिक फेवरको सङ्क्रमण रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ । बिरामीको मृत्यु इबोला र मारवर्ग भाइरसका कारण भएको आशङ्कामा फेब्रुअरीमा नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । उक्त ज्वरोको सङ्क्रमण सुडानको उत्तरपूर्वी क्षेत्र अबेलीमा भेटिएको थियो । बिरामीहरूमा प्राय रक्त स्राव हुने, ज्वरो आउने, शरीर गल्ने र अत्यन्तै कमजोर एवम् महसुस हुने, टाउको दुख्ने र वान्ता आउनेजस्ता लक्षणहरू देखिएपछि परीक्षणका लागि लगिएका नमुनाको परीक्षण एवम् अनुसन्धानबाट उपचारमा समयमा नै ध्यान दिन सके रोग खासै भयानक र छिट्टै फैलिने खालको नभएको डब्लूएचओले बताएको छ । रगतमा नमुना परीक्षणका क्रममा बिरामीमा इबोला तथा मार्गवर्ग भाइरस नभेटिएको पनि डब्लूएचओले बताएको छ । दक्षिण सुडानमा दुई वर्षको गृहयुद्धपछि यहाँका करिब ५० लाख नागरिक बाँच्नका लागि दाताहरूको सहयोगमा निर्भर रहनु परेको छ । दक्षिण सुडानमा शान्ति सम्झौता भए पनि हिंसाका घटनामा उल्लेख्य सुधार आउन सकेको छैन । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending