Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

बैकल्पिक राजमार्गको पुल निर्माणको काम डिएसपीले रोके

\"katariउदयपुर । बैकल्पीक राजमार्गमा पर्ने पुल निर्माण कार्यमा प्रहरीले अवरोध गरेको छ । सिन्धुली र उदयपुरको सिमामा पर्ने ककुर खोलाको पुल निर्माणमा इलाका प्रहरी कार्यालय कटारीले अवरोध गरेको हो । प्रहरी कार्यालय कटारीले सो क्षेत्र चुरे क्षेत्रमा पर्ने भएको भन्दै पुल निर्माणको लागि आवश्यक पर्ने उपकरण जडान गर्न रोक लगाएको निर्माण कम्पनीले जनाएको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक योजना अन्तरर्गत पर्ने उक्त पुलको प्रहरीले स्क्रिन प्लान्ट खोलामा राख्न नदिएपछि काम अवरुद्ध भएको पुल निर्माण कम्पनी गौरीपार्वती÷निलगीरी÷नेसनल जेभीले जनाएको छ । मन्त्रीपरिषदले निर्णय गरेर आगामी तीन वषभित्र सम्पन्न गर्ने गरी योजनाको तिब्र बनाएपनि इप्रका कटारीका प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले रोकेको आरोप निर्माण कम्पनीले लगाएको छ । सडक आयोजना कार्यालय हेटौडाले २०७३÷०२÷०३ मा जिल्ला विकास समिति उदयपुरलाई पत्र लेखी प्रहरीद्धारा भएको निर्माण अवरोध हटाईदिन आग्रह गरेको छ । निर्माण कम्पनिले काम थालेपछि पुल निर्माण स्थलमा खाल्टो खनेर निस्किएको गिट्टी बालुवा प्रशोधन गर्न स्क्रिन प्लान्ट जडान कार्य गरिरहँदा स्थानीय निकायको अनुमति पत्र आवाश्यक भएको भन्दै निर्माण काम रोकेकोले अवरोध हटाईदिन हुन भनेर जिविसलाई पत्र पठाएको छ । पुल निर्माणमा प्रहरीले अवरोध गरेकाले सडक योजना प्रमुखसँग कुरा गरेर काम सुचार गर्न सुझाव दिएको स्थानीय विकास अधिकारी पीताम्बर अधिकारीले बताए । एलडियो अधिकारीले भने, ‘डिएसपी सावले काम रोकेको भनेर आयोजनाको कार्यालयबाट पत्र आएपछि मैले काम गर्न दिने वातावरण वनाउन प्रहरी सँग समन्वय गरेको छु ।’ स्थानीय निकायले उक्त आयोजनाबाट स्थानीय कर लिएर निर्माण कार्य गर्न दिने गरि प्रयास भईरहेको एलडियो अधिकारीले जनाकारी दिए । इप्रका कटारीका डिएसपी दिपक बस्नेतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसै सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक मदन गिरीले उक्त निर्माण स्थल चुरे क्षेत्रमा परेकाले डोजर प्रयोग गर्न थालेपछि काम रोकेको जानकारी दिए । उनले भने ‘जिविसलाई बुझाएको स्थानीय करको प्रमाण पेस नगरेकाले काम रोक्न बाध्य भयौ ।’ निरिक्षक गिरीले भने, ‘कुनै प्रमाण नभएकाले बाध्य भएर कम रोक्न लगाएका हौं र जिविसको कुनै पत्र आएको खण्डमा काम सुचारु गर्न दिने छौ ।’ नेपाल सरकारले पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण थालेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक महत्वका साथ काम थालेको छ । ०७२ माघ ४ गतेको मन्त्रीपरिषदको बैठकले निर्णय नम्वर ६ बुँदामा भनिएको छ ‘निमार्ण कार्यालयको लागी खोला नाला तथा खानी क्षेत्रबाट निर्माण सामग्रि उत्खन्न गर्दा कानुन बमोजिम लाग्ने कर आयोजनाले सम्बन्धी जिविसलाई बुझाउने गरी सम्बन्धीत निकायलाई उत्खन्न गरी प्रयोग गर्न अनुमति दिएको छ ।’ भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयबाट ०७० चैत्र ११ गते ककुर खोला पुल निर्माण क्षेत्र भित्र पर्ने ‘भिमान–कटारी–नेपालटार सडक खण्डको आईइ (प्रारम्भिक वातावरणीय परीक्षण) समेत भएको भनेर उल्लेख गरिएको योजनाको कार्यालयले जिविस उदयपुरलाई पठाएको पत्रमा उल्लेख रहेको छ । नाकाबन्दी सहज भएसंगै २०६४ सालमा सुरु भएको योजनाको काम सुस्त गतिमा अगाडि बढिरहँदा तराई आन्दोलनसंगै नाकाबन्दीपछि सरकारले चाँडो काम सम्पन्न गर्न पहल थालेको हो । ०६६ सालमा हेटौंडामा कार्यालय स्थापना गरेर काम भइरहे पनि अब गाईघाटमा अर्को कार्यालय खोलेर अनुगमन लगायत कार्यलाई तीव्रता दिने भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies