Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अन्तिम समयमा मात्रिका किन गए एकताबाट बाहिर ?

\"matrika-yadav\"काठमाडौं । विभाजित अवस्थामा रहेका विभिन्न माओवादीहरुबीच एकता हुने अन्तिम समयमा आएर नेकपा (माओवादी)का संयोजक मात्रिका यादव एकता प्रक्रियाबाट बाहिरिएका छन् । माओवादी विभाजनले माओवादी आन्दोलन कमजोर बनेको भन्दै विभाजित माओवादीहरुबीच एकता अभियान चलाएपछि चार माओवादीबीच एकता गर्न घोषणाको तयारी गरिएको थियो । \'कालोछाला भएकोले एकता भएन\' एकताबारेकाे जिज्ञासमा मात्रिकाले आफू कालो छाला भएकैले एकता हुन नसकेको सटिक जवाफ दिए ।  उनले एकताका लागि मिल्ने साथीहरु मिलिसकेको बताए । उनले पदमा कुरा नमिलेर एकतामा नगएको आरोपको पनि खण्डन गरे । एकताबारे छलफल भइरहदा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य एकताका लागि तयार नभएपछि रामबहादुर थापा ‘बादल’सहितको बहुमत सदस्यले सामानान्तर केन्द्रीय समिति गठन गरी एकताका लागि तयार भएका छन् । बादल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादव नेतृत्वको माओवादी तथा विप्लव नेतृत्वको माओवादीबाट असन्तुष्ट केही सदस्य तथा माओवादी विभाजनसँगै निश्क्रिय बनेका नेताहरु पनि पार्टी एमाओवादीसँग एकता गर्न तयार भएका थिए । सबै माओवादी एकताका लागि तयार भएपछि एकीकृत माओवादी केन्द्रीय समिति बैठकले बुधबार संयुक्त केन्द्रीय समिति बैठक बोलाएको छ । एकता संयोजन समितिमै बसेनन् मात्रिका नेकपा (माओवादी)का संयोजक मात्रिका यादव एकताका लागि तयार भएर केही सैद्धान्तिक असहमति जनाउँदै एकतामा नजाने भएका छन् । केही सैद्धान्तिक असहमति भएपछि तीन दिनअघि बनाइएको एकता संयोजक समितिमा बस्न पनि मात्रिकाले अस्वीकार गरे । मात्रिका एकता संयोजन समितिमा बस्न नमानेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पाँच सदस्यीय एकता संयोजक समिति बनाइएको छ । उक्त समितिमा बादल, मणि थापा, जयपुरी घर्ती र बसन्त घर्ती सदस्य छन् । मात्रिकाको असन्तुष्टी तत्कालिन माओवादीमा सँगै रहँदा पनि मात्रिका निकै कडा स्वभावका थिए । नारायणकाजी श्रेष्ठ प्रकाशसँगको एकतापछि मात्रिका एमाओवादी अस्वीकार गर्दै नेकपा (माओवादी) नै पुनर्गठन गरेको घोषणा गरेका थिए । माओवादीहरुको विभाजनले गर्दा माओवादी आन्दोलन कमजोर भएको निश्कर्षमा मात्रिकामा एकताका लागि तयार थिए । तर केही सैद्धान्तिक असहमतिकै कारण आफू एकतामा जान नसकेको यादवले खबरडबलीलाई बताए । उनले संघीयताको सन्दर्भमा र मधेस आन्दोलनलाई बुझ्ने सन्दर्भमा आफू एमाओवादी अध्यक्ष प्रचण्डसँग सहमत हुन नसकेको उनले प्रष्ट्याए । राजतन्त्रको अन्त्य कि सामन्तवादको ? वर्तमान सन्दर्भमा राजतन्त्रको मात्रै अन्त्य भएको कि सामन्तवादको भन्नेमा पनि मात्रिका र प्रचण्डबीच कुरा मिल्न सकेको छैन । ‘प्रचण्डजी सामन्तवादमाथिको विजय भन्नु हुन्छ । हामी राजतन्त्रको मात्रै अन्त्य भएको भनिरहेका छौं’, मात्रिकाले भने, ‘मधेस आन्दोलनका सन्दर्भमा पनि कुरा मिल्न सकेन ।’ मधेस आन्दोलनलाई समर्थन गर्नुपर्छ भन्नेमा आफ्नो अडान कायम रहेको उनले बताए । संघीय गठबन्धनको आन्दोलनमा आफूू पनि सहभागी भएको समेत उनले प्रष्ट्याए । संविधानका सन्दर्भमा माओवादी संयोजक मात्रिकाले वर्तमान संविधानको सन्दर्भमा पनि फरक मत राखेका छन् । संघीयता, गणतन्त्र लगायतका सीमित उपलब्धी स्वीकार गरिए पनि समग्रमा अहिलेको संविधान ठीक नभएको मात्रिकोले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: