Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रूपन्देहीमा एचआईभी संक्रमितको संख्या घट्दै

\"hivभैरहवा । रूपन्देही जिल्लामा यो आर्थिक वर्षको नौ महिनामा ८५ जना एचआईभी संक्रमित भेटिएका छन् । जिल्लामा २०७२ को असार देखि हालसम्मको अवधिमा ८५ जना नयां एचआइभी संक्रमित थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका जनस्वास्थ्य निरीक्षक मोती पौडेलले जानकारी दिए । जिल्लामा गत आर्थिक वर्ष १ सय ७९ जना एचआईभी संक्रमित थपिएकोमा यो वर्ष नयां एचआइभी संक्रमितको संख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । यसरी संक्रमितको संख्या घट्नुमा समाजमा फैलिएको सचेतना, विभिन्न संघ सस्थाले गर्ने कण्डम वितरण, विदेशिएका परिवारका सदस्यलाई रोगबारे जानकारी दिईनु जस्ता मुख्य कारण रहेको निरीक्षक पौडेलको भनाई छ । संक्रमित मध्य आर्थिक वर्षको वैशाख तेस्रो सातासम्म २७ जनाको मृत्यु भइसकेको छ । यो गत वर्षको तुलनामा बढी हो, गत वर्ष २६ जना संक्रमितको ज्यान गएको थियो । उपचारमा ढिला, अन्तिम समयमा उपचारमा आएका र औषधि सेवन ढिलो गरी सुरू गरेका कारण यो वर्ष मृतकको संख्या बढेको निरीक्षक पौडेलको भनाई छ । रूपन्देही जिल्लामा अधिकांश एचआईभी संक्रमितहरू विदेशबाट फर्किएका र उनका परिवारका सदस्यहरू रहेको उनको भनाई छ । उनी भन्छन्– ‘पछिल्ला वर्षहरूमा लागू औषध प्रयोगकर्ताहरू एचआईभी संक्रमित हुने संख्या घट्दो छ भने विदेशबाट फर्किनेहरूमा संक्रमण बढ्दो छ ।’ जिल्लामा हाल १ हजार २ सय ८६ जना एचआईभी संक्रमित रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यीमध्ये ८ सय ४२ जनाले एचआइभीको एआरटी औषधी सेवन गर्दै आएका छन् । सरकार आफैले एचआईभी संक्रमितका लागि भनेर छुट्टै कार्यक्रम सञ्चालन गरेको छैन् । जिल्लामा क्रियाशिल एनजिओ, आईएनजिओहरूको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गर्ने गरेको पौडेलको भनाई छ । जिल्लामा नमूना एकिकृत विकाश परिषद्, निलहिरा समाज, युनाईटेड लुम्बिनी फाउण्डेसन लगायतका गैर सरकारी संस्थाहरूले यस क्षेत्रमा काम गर्दै आएका छन् । सरकारको आफ्नै पहलमा घरदैलोमा पुगेर एचआईभी परीक्षण गर्ने व्यवस्था भएमा पीडितको संख्या अनुमान गरे भन्दा धेरै हुनसक्ने निरीक्षक पौडेलको भनाई छ । आमाबाट बच्चामा हुने संक्रमण ९० प्रतिशतसम्म रोक्न जिल्लामा पिएमसिटी कार्यक्रम लागू भएको छ । सही तवरले सुत्केरी गराउने र गर्भ बसेको समयमा बच्चालाई संक्रमण हुन नदिन गर्भवती महिलालाई नियमित चेकजंँच गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम भैरहवास्थित भीम अस्पताल, बुटवलको लुम्बिनी अञ्चल अस्पतालको साथै जिल्लाका १८ वटा बर्थिङ सेन्टरमा सेवा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: