Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरे–ओली

\"KP-oli-talking-750\"काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरेको बताएका छन् । तेइसौँ मदन–आश्रित स्मृति दिवसका असरमा आज यहाँ नेकपा ९एमाले० ले आयोजना गरेको प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत तथा विधि र प्रक्रियाबाट निर्णय हुने भएकाले त्यस बाटामा आउन आग्रह गरे । सार्वभौमसत्ता सम्पन्न संविधानसभाका ९२ प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानविरुद्ध पुनर्लेखनको आन्दोलन गर्नु नेपालको विरुद्ध भयानक षड्यन्त्र हो । पुनर्लेखनको अधिकार यो संसद्लाई छैन, जायज माग छ भने वार्ताबाट संशोधन हुन्छ ।” एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “नेपालीले भनेको नमान्ने, कसले भनेको मान्ने हो ? केटाकेटी जिद्दी गर्ने रु सिंहदरबार अगाडि ट्राफिक जाम हुने गरी जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । लोकतन्त्रमा कानुनको राज हुन्छ । तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।” प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले प्रतिवादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगेरै छाड्ने दृढता व्यक्त गरे । उनले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताए । चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्भेक्षण गर्न खोज्दा पनि विरोध भएको उल्लेख गर्दै उनले अहिले आफूले केरूङ–काठमाडौँ रेल ल्याएरै छाड्ने घोषणा गरे । कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले सरकार समाजवादको बलियो आधार तयार गर्ने लक्ष्यका साथ अघि बढेको बताए । अर्का उपाध्यक्ष युवराज ज्ञवालीले मदन भण्डारीका विचार र नेतृत्वले मानिसलाई परिवर्तन गराएकाले वाम सहकार्यसहित त्यस बाटालाई पार्टीले निरन्तरता दिएको बताए । सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाको भण्डारीको लक्ष्य पूरा भएकाले अब प्रगतिशील राष्ट्रवाद सहितको आर्थिक विकासमा लाग्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: