Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

पुनर्गठन अभियानमा विप्लव नेतृत्वको माओवादी सहभागी हुने

काठमाडौं, विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुलाई एकता अभियानमा सामेल गराउँने प्रयत्न स्वरुप अाज साेमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने अन्तरक्रियामा नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीले पनि सहभागिता जनाएको छ । माओवादी आन्दोलन पुर्नगठन अभियान नामले विभिन्न समूहमा रहेका माओवादी पार्टीहरुलाई एकीकरण गर्नु पर्ने भन्दै केही दिन देखि आभियान चलाई रहेको थियो । कार्यक्रम अहिले प्रज्ञा भवनमा केहि बेरमा सुरू हुँदैछ । कार्यक्रममा एमाओवादीका जनार्दन शर्मा ‘प्रभाकर’, नेकपा( माओवादीका कुलप्रसाद केसी ‘सोनाम’ तथा चन्द नेतृत्वको माओवादीबाट धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा (माओवादी)का संयोजक रहेका मातृका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले सम्बोधन गर्ने कायक्रम रहेको आयोजकले जनाएका छन् । कार्यक्रमस्थल प्रज्ञा भवनमा पार्टी एकीकरणको खबरले उत्साहित भएका नेता कार्यकर्ताहरुको भीड बाक्लै बढ्दै गएको छ । कार्यक्रमस्थलमा पार्टीका दोस्रो तहका अधिकांश नेता तथा कार्यकर्ताहरु सहभागि भै सकेका छन् । \"Darmendraसो अभियानमा चन्द नेतृत्वको माओवादीले सहभागिता नजनाउने कुरा सार्वजनिक भए लगत्तै सो पार्टीका प्रभावशाली नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आजको कार्यक्रममा पार्टीको प्रतिनिधित्व गर्दै आफुले सम्बोधन गर्ने बताएका छन् । उनले आजको कार्यक्रम पार्टी एकीकरणका लागि नभई सिङ्गो माओवादी आन्दोलनलाई क्रान्तिकारी पुर्नगठन गर्नका लागि आयोजना गरिएको तर्क गरे । बास्तोलाले खबरडबलीलाइ भने– ‘माओवादी आन्दोलन कमजोर भएकाले प्रतिगमनकारी र प्रतिक्रियावादीहरु सक्रिय भएका छन् त्यसैले उनीहरुको जनता विरोधी अभियान रोक्न माओवादी घटकको पुर्नगठन जरुरी छ ।’ मुलुकमा प्रतिक्रियावादी र प्रतिगमनकारी हावि भएको तथा जनयुद्ध र जनआन्दोलनका उपलब्धी गुम्न लागेको भन्दै एमाओवादी, बैद्य नेतृत्वको नेकपा–माओवादी तथा चन्द नेतृत्वको माओवादीका दोस्रो तहका युवा नेताहरुले आ–आफ्नो पार्टीमा नेतृत्वलाई पार्टी एकीकरणका लागि दबाब दिँदै आइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies