Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यति दर्दनाक घटना : पाँचखालमा मान्छे किचेको भन्दै चालकलाई हातखुट्टा बाँधेर कुटपिट

[caption id=\"attachment_73968\" align=\"alignleft\" width=\"720\"]\"rajkumar हात खुट्टा बाधिएको बेहोस अवस्थामा चालक कार्की[/caption] काठमाडौं । आइतबार काभ्रेको पाँचखाल नजिकैको बालुवामा एक दर्दनाक घटना घट्यो । काठमाडौंबाट काभ्रेकै तिमाल हिडेको बा २ ख २९९६ नंम्बरको यात्रुबहाक बसका चालक राजकुमार कार्कीलाई स्थानीयहरुले बसको स्ट्रेरिङबाटै थुते र हातखुट्टा बाँधेर कुटपिट गरे । सिन्धुपाल्चोक साँगाचोक घर भएका कार्कीलाई निकैबेर कुटपिट गरेपछि कुटपिटमा संलग्नहरुले मरेको भन्ठाने र जलाउनका लागी पेट्रोल ल्याए । केही उत्तेजित मानिसहरुले उनलाई जलाउन खोज्दा केही भलाद्मीहरुले केहीबेर रोके । कुटपिटबाट बेहोस भएका कार्कीलाई मर्यो भन्ठानेर जलाउन खोज्नेहरुको रिस शान्त नहुँदै पाँचखालबाट प्रहरीको टोली पुग्यो र उनको उद्धार गर्न खोज्यो । तर उत्तेजित भिडमा झण्डै १ घण्टासम्म उनको उद्धार गर्न दिएनन् । अन्तिममा डिएसपिको कमाण्डमा गएको टोलीले कार्कीको उद्धार गर्यो र अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । के भएको थियो घटना बसका सहचालकका अनुसार काभ्रेको तामाघाटबाट १०२ (नागरिकतामा ९७) वर्षिय बृद्ध जीत बहादुर तामाङ चढेको थिए । उनी बालुवामा पुगेपछि बसबाट ओर्लिए । बसबाट ओर्लिएका बृद्धा ओर्लनासाथै एउटा सानो ढिस्को उक्लिए । बस बिस्तारै अघि बढ्दै थियो । बृद्ध ढिस्कोबाट खसे र बसको पछाडीको चक्काले किचिए । बृद्धाको घटनास्थलमै मृत्यु भयो । बृद्धा किचिनासाथै स्थानीयहरुले बसका चालकलाई बसबाट थुते र हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरे । तर स्थानीयका अनुसार तामाङ ढिस्कोबाट लडेको नभई बाटो काट्दै गरेको अवस्थामा सोही बसले किचेको बताउँछन् । के भन्छ प्रहरी \"kavre_bus\"घटनापछि उद्धार कार्यमा खटिएका पाँचखालका डिएसपी नविन राईले घटनाको अनुसन्धान भईरहेको र दोषीलाई कारवाही दायरामा ल्याउने बताए । घटनास्थलमा प्रहरी पछि पुगेकोले प्रत्यक्षदर्शीको भनाईमाथि समेत अनुसन्धान भईरहेको उनको भनाई थियो । उनले खबरडबलीसँग भने–‘घटना कसरी घट्यो भनेर हामी बुझिरहेका छौं ।’ प्रहरीका अनुसार बृद्धले बाटो काट्दै गर्दा बसले किचेको स्थानीयको भनाई छ । राईका अनुसार कुटपिटबाट घाईते भएका कार्कीको स्वास्थ्य अवस्थामा सुधार भईरहेको खतरामुक्त रहेको छ । सार्वजनिक एैनअनुसार कारवाही गर–यातायात समिति / मजदुर अरनिको यातायत समिति तथा मजदुर संगठनले चालकमाथि कुटपिट भएको मात्रै नभई जिउँदै जलाउन खोजेको घटनालाई गम्भिर रुपमा लिएको बताएका छन् । उनीहरुले प्रशासनलाई एैनअनुसार कारवाही गर्न दवाव दिने र नमाने वा नभए यातायात हड्ताल गर्ने बताउँछन् । अरनिको यातायात समितिका सचिव श्याम लामाले खबरडबलीसँग भने–‘यो अमानविय घटना हो । प्रशासनले तुरुन्त कारवाही गरोस् । दूर्घटना कुनै योजना वा आवेगमा भएको होइन । त्यो दूर्घटना नै हो । तर त्यसपछि चालकमाथि जे भयो त्यो माथि कारवाही हुनुपर्छ । साथै एमाअाेवादी, एमाले, बादल माअाेवादी लगायतका मजदुर संगठनहरूले कारवाही गर्नुपर्नेमा जाेड गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending