Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

यति दर्दनाक घटना : पाँचखालमा मान्छे किचेको भन्दै चालकलाई हातखुट्टा बाँधेर कुटपिट

[caption id=\"attachment_73968\" align=\"alignleft\" width=\"720\"]\"rajkumar हात खुट्टा बाधिएको बेहोस अवस्थामा चालक कार्की[/caption] काठमाडौं । आइतबार काभ्रेको पाँचखाल नजिकैको बालुवामा एक दर्दनाक घटना घट्यो । काठमाडौंबाट काभ्रेकै तिमाल हिडेको बा २ ख २९९६ नंम्बरको यात्रुबहाक बसका चालक राजकुमार कार्कीलाई स्थानीयहरुले बसको स्ट्रेरिङबाटै थुते र हातखुट्टा बाँधेर कुटपिट गरे । सिन्धुपाल्चोक साँगाचोक घर भएका कार्कीलाई निकैबेर कुटपिट गरेपछि कुटपिटमा संलग्नहरुले मरेको भन्ठाने र जलाउनका लागी पेट्रोल ल्याए । केही उत्तेजित मानिसहरुले उनलाई जलाउन खोज्दा केही भलाद्मीहरुले केहीबेर रोके । कुटपिटबाट बेहोस भएका कार्कीलाई मर्यो भन्ठानेर जलाउन खोज्नेहरुको रिस शान्त नहुँदै पाँचखालबाट प्रहरीको टोली पुग्यो र उनको उद्धार गर्न खोज्यो । तर उत्तेजित भिडमा झण्डै १ घण्टासम्म उनको उद्धार गर्न दिएनन् । अन्तिममा डिएसपिको कमाण्डमा गएको टोलीले कार्कीको उद्धार गर्यो र अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । के भएको थियो घटना बसका सहचालकका अनुसार काभ्रेको तामाघाटबाट १०२ (नागरिकतामा ९७) वर्षिय बृद्ध जीत बहादुर तामाङ चढेको थिए । उनी बालुवामा पुगेपछि बसबाट ओर्लिए । बसबाट ओर्लिएका बृद्धा ओर्लनासाथै एउटा सानो ढिस्को उक्लिए । बस बिस्तारै अघि बढ्दै थियो । बृद्ध ढिस्कोबाट खसे र बसको पछाडीको चक्काले किचिए । बृद्धाको घटनास्थलमै मृत्यु भयो । बृद्धा किचिनासाथै स्थानीयहरुले बसका चालकलाई बसबाट थुते र हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरे । तर स्थानीयका अनुसार तामाङ ढिस्कोबाट लडेको नभई बाटो काट्दै गरेको अवस्थामा सोही बसले किचेको बताउँछन् । के भन्छ प्रहरी \"kavre_bus\"घटनापछि उद्धार कार्यमा खटिएका पाँचखालका डिएसपी नविन राईले घटनाको अनुसन्धान भईरहेको र दोषीलाई कारवाही दायरामा ल्याउने बताए । घटनास्थलमा प्रहरी पछि पुगेकोले प्रत्यक्षदर्शीको भनाईमाथि समेत अनुसन्धान भईरहेको उनको भनाई थियो । उनले खबरडबलीसँग भने–‘घटना कसरी घट्यो भनेर हामी बुझिरहेका छौं ।’ प्रहरीका अनुसार बृद्धले बाटो काट्दै गर्दा बसले किचेको स्थानीयको भनाई छ । राईका अनुसार कुटपिटबाट घाईते भएका कार्कीको स्वास्थ्य अवस्थामा सुधार भईरहेको खतरामुक्त रहेको छ । सार्वजनिक एैनअनुसार कारवाही गर–यातायात समिति / मजदुर अरनिको यातायत समिति तथा मजदुर संगठनले चालकमाथि कुटपिट भएको मात्रै नभई जिउँदै जलाउन खोजेको घटनालाई गम्भिर रुपमा लिएको बताएका छन् । उनीहरुले प्रशासनलाई एैनअनुसार कारवाही गर्न दवाव दिने र नमाने वा नभए यातायात हड्ताल गर्ने बताउँछन् । अरनिको यातायात समितिका सचिव श्याम लामाले खबरडबलीसँग भने–‘यो अमानविय घटना हो । प्रशासनले तुरुन्त कारवाही गरोस् । दूर्घटना कुनै योजना वा आवेगमा भएको होइन । त्यो दूर्घटना नै हो । तर त्यसपछि चालकमाथि जे भयो त्यो माथि कारवाही हुनुपर्छ । साथै एमाअाेवादी, एमाले, बादल माअाेवादी लगायतका मजदुर संगठनहरूले कारवाही गर्नुपर्नेमा जाेड गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: