Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सिंहदरबार अगाडि उभिएर ‘नश्लवाद सरकार’ !

\"federal काठमाडौं । सात महिनाभन्दा बढी समयदेखि तराई–मधेसमा आन्दोलन गर्दै आएका मधेसवादी दलहरुले शनिवारदेखि राजधानी केन्द्रित आन्दोलन थालेका छन् । मधेस आन्दोलनको क्रममा चार दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा हुँदै सात दलीय मोर्चा बनेको थियो । मधेसदेखि राजधानी केन्द्रित आन्दोलनसम्म आइपुग्दा २७ दलीय संघीय गठबन्धन बनेको छ । विभिन्न जाती जनजातीसहितको २७ दलीय गठबन्धनले आइतबार विहानदेखि सिंहदरबार घेराउ कार्यक्रम गरिरहेको छ । मधेस आन्दोलनका क्रममा उनीहरुले विहारीहरुको उपमा पाएका थिए । मधेस आन्दोलनसँगै भारतीयहरुको घुसपैठ, भारतीय नाकाबन्दी तथा मधेसीवादी नेताहरुको भारतीय दूतावासदेखि दिल्ली दौडाहाका कारण पनि आम मानिसलाई मधेस आन्दोलनप्रति शंका उब्जनु स्वभाविक पनि थियो । मधेस आन्दोलनकै कारण भोग्नु परेको नाकाबन्दीले उत्पन्न समस्याहरुबाट अझै पनि मुक्त हुन सकिरहेको अवस्था छैन । जातीय संघीयता पक्षधरको गठबन्धन मधेसमा भएको कठोर आन्दोलनकै कारण काठमाडौं र मधेसप्रतिको दृष्टिकोण नै फरक हुन थालिसकेको थियो । मधेसीहरु हुलाकी मार्गमा मानव साङलो बनाएर कित्ताकाट गर्दै थिए भने काठमाडौवासीहरु काठमाडौंमा हाते साङलो बनाएका थिए । तर ती त सबै आन्दोलन र आवेग मात्र थियो । समस्यको समाधान यसले मात्र हुने कुरा थिएन । मधेसीहरु साँच्चिकै राज्यसत्ताबाट हेपिएको कुरा नागरिक समाज, बुद्धिजीवीदेखि सबै राजनीतिक दलहरु पनि स्वीकार्छन् । त्यसैले मधेसका जनतालाई दुःख दिएर समस्या समाधान नहुने सुझाव पाएपछि मोर्चाले नागरिकलाई दुःख दिने आन्दोलन होइन, राज्यसत्तालाई झक्झकाउने आन्दोलन आवश्यक भएको भन्दै मोर्चाले जातीय संघीयता पक्षधरहरुको गठबन्धन बनाएको छ । त्यही गठबन्धनको आयोजनामा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई उनीहरुले सुनाउन खोजिरहेछन्, संघीयता पक्षधरहरु एक छौं भनेर । सात महिनासम्म मधेस आन्दोलनका क्रममा गैरमधेसी समुदाय कसैको साथ नपाएको मोर्चालाई काठमाडौैं केन्द्रित आन्दोलनमा आइपुग्दा भने आदिवासी जनजाति, दलित समुदायले साथ दिएका छन् भने नयाँ शक्ति नेपालले एक्यवद्धता जनाएको छ । जातीय प्रदेशको कफन सरकारविरोधी नारा लगाउँदै मोर्चाको आन्दोलनमा साथ दिएका जनजाति नेता कार्यकर्ताहरुले पहिचानको माग गरिरहेका छन् । आन्दोलनमा आएका आन्दोलनकारी कसैको टाउको विभिन्न राज्यको कफन बाँधिएका छन् । \"gathbandhan मगराँत, लिम्बुवान, नेवाः, ताम्सालिङ, तमुवान, खसान लगायत विभिन्न प्रदेश उल्लेख भएको कफन टाउको बाँधिएका छन् । जसले बताइरहेको छ, विभिन्न जाती र समुदायको पहिचानको खोजी भइरहेको छ । खेदिएनन्, यादव र महतोहरु मधेसमा आन्दोलन गर्दा राज्यको दमन गरेको भन्दै आएको मोर्चाले काठमाडौंमा आन्दोलन गर्दा खेदिने आशंका गरेको थियो । संविधान जारी हुनुअघि मधेसका आन्दोलन हुँदै गर्दा राजधानीमा हिन्दुवादीहरुले पनि आन्दोलन चर्काएका थिए । अहिले सरकारमा रहेका कमल थापाहरु संविधानसभाको पर्खाल भत्काउने भन्दै अगाडि बढ्दा पानीको फोहोराले लखेटिएका थिए भने मधेसमा सुरक्षा निकायलाई धावा बोल्दा गोली खाएका थिए । त्यसैले मोर्चाका नेताहरुको आक्रोश थियो– ‘काठमाडौंमा आन्दोलनकारीलाई पानीको फोहरा हान्ने सरकारले मधेसमा आन्दोलनकारीलाई ताकिताकि गोली हानेको छ ।’ हुन पनि मधेस आन्दोलनको क्रममा ५५ जना भन्दा बढीले ज्यान गुमाए । जब सीमामा धर्ना दिन थाले तब मधेसलाई मात्र होइन, काठमाडौंलाई संकट निम्त्यायो । त्यसैले मधेस आन्दोलनप्रति नागरिकको धारणा सकारात्मक बन्न सकेन । मधेसमा आन्दोलन गर्दा धपाइएपछि दशगजा क्षेत्रमा जानुपरेको मोर्चाका नेताहरुको भनाइ थियो । काठमाडौं र मधेसप्रतिको बढ्दो दूरी कम गर्दै जब मोर्चाका नेताहरु काठमाडौं आएका छन्, काठमाडौंवासीको साथ पाएका छन् । सिंहदरबार घेराउको नेतृत्व गर्दै मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोहरुले सिंहदरबार अगाडि अगाडि पलेँटी कसेर बसेका छन् । उनीहरु खेदिएका छैनन्, बरु सुरक्षासँगै सद्भाव पनि बटुलीरहेका छन् । \"federalनश्लवाद सरकारको आरोप मधेस आन्दोलनपछि निर्णायक तहको आन्दोलन गर्न र आफूहरुको माग राज्यसत्तालाई सुनाउन भन्दै आइतबार सिंहदरबार घेर्न आइपुगेका गठबन्धन कार्यकर्ताहरुलाई नश्लवाद सरकारको आरोप लगाइरहेका छन् । आफूलाई विभेद गर्दै पहाडिया अहंकारवादलाई बोकेको आशयमा उनीहरुलाई सरकारलाई नश्लवाद भनिरहेका छन् । असोज ३ गते नयाँ संविधान जारी हुनुअघि भएको सीमांकनमा मधेसी, थारु तथा जनजाति समुदायको असन्तुष्टी थियो । त्यो असन्तुष्टी सम्बोधन गर्न भन्दै सरकारले संविधान जारी भएको चार महिनामा नै संशोधन पनि गरे । तर आन्दोलनकारीहरुको माग सम्बोधन नभएको बताए । के हो नश्लवाद ? नेपालमा अहिलेसम्म नश्लवाद सतहमा आएको छैन । अमुक ब्यक्तिहरुलाई रिस र आगेका भरमा नश्लवादको आरोप लगाइने गरेको छ । दक्षिणी छिमेकी मुलुक भारतमा पनि नश्लवाद उदाएको छ । भनिन्छ, गुजरात हत्याकाण्डबाट भारतीय नश्लवाद उदाएको हो । भारतमा नश्लवाद झाँगिदै गएको छ । नश्लवाद जातीय विभेदका रुपमा उठेको वाद हो । नेपालमा जातीवादलाई नश्लवादका रुपमा बुझिएको छ । नश्लवाद भनेको विखण्डन नै हो । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला लामो समयदेखि गोराहरूको अत्याचारविरुद्ध, गोराहरूले कालाहरूमाथि थोपेरेको नश्लवादविरुद्ध लडिरहेका थिए । त्यसैले नश्लवाद आजको दुनियाँका लागि नयाँ विषय पनि होइन । पहिलो र दोस्रो विश्वयुद्धका नायकहरूले नश्लवादलाई नै आधार बनाएर युद्ध लडेका थिए । सन् १९३३ अक्टोबर १६ मा जर्मनी सरकारले अनार्य जातिसँग विवाह नगर्न जर्मन जातिलाई निर्देशन दियो । यहुदी र नश्लवादविरोधी सफायाको लहर चलाइयो । यहुदी भएकै कारण आइन्सटाइनको सम्पत्ति जफत गरिएको थियो र उनलाई निर्वासनमा बस्न बाध्य पारिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: