Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सिंहदरबार अगाडि उभिएर ‘नश्लवाद सरकार’ !

\"federal काठमाडौं । सात महिनाभन्दा बढी समयदेखि तराई–मधेसमा आन्दोलन गर्दै आएका मधेसवादी दलहरुले शनिवारदेखि राजधानी केन्द्रित आन्दोलन थालेका छन् । मधेस आन्दोलनको क्रममा चार दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा हुँदै सात दलीय मोर्चा बनेको थियो । मधेसदेखि राजधानी केन्द्रित आन्दोलनसम्म आइपुग्दा २७ दलीय संघीय गठबन्धन बनेको छ । विभिन्न जाती जनजातीसहितको २७ दलीय गठबन्धनले आइतबार विहानदेखि सिंहदरबार घेराउ कार्यक्रम गरिरहेको छ । मधेस आन्दोलनका क्रममा उनीहरुले विहारीहरुको उपमा पाएका थिए । मधेस आन्दोलनसँगै भारतीयहरुको घुसपैठ, भारतीय नाकाबन्दी तथा मधेसीवादी नेताहरुको भारतीय दूतावासदेखि दिल्ली दौडाहाका कारण पनि आम मानिसलाई मधेस आन्दोलनप्रति शंका उब्जनु स्वभाविक पनि थियो । मधेस आन्दोलनकै कारण भोग्नु परेको नाकाबन्दीले उत्पन्न समस्याहरुबाट अझै पनि मुक्त हुन सकिरहेको अवस्था छैन । जातीय संघीयता पक्षधरको गठबन्धन मधेसमा भएको कठोर आन्दोलनकै कारण काठमाडौं र मधेसप्रतिको दृष्टिकोण नै फरक हुन थालिसकेको थियो । मधेसीहरु हुलाकी मार्गमा मानव साङलो बनाएर कित्ताकाट गर्दै थिए भने काठमाडौवासीहरु काठमाडौंमा हाते साङलो बनाएका थिए । तर ती त सबै आन्दोलन र आवेग मात्र थियो । समस्यको समाधान यसले मात्र हुने कुरा थिएन । मधेसीहरु साँच्चिकै राज्यसत्ताबाट हेपिएको कुरा नागरिक समाज, बुद्धिजीवीदेखि सबै राजनीतिक दलहरु पनि स्वीकार्छन् । त्यसैले मधेसका जनतालाई दुःख दिएर समस्या समाधान नहुने सुझाव पाएपछि मोर्चाले नागरिकलाई दुःख दिने आन्दोलन होइन, राज्यसत्तालाई झक्झकाउने आन्दोलन आवश्यक भएको भन्दै मोर्चाले जातीय संघीयता पक्षधरहरुको गठबन्धन बनाएको छ । त्यही गठबन्धनको आयोजनामा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई उनीहरुले सुनाउन खोजिरहेछन्, संघीयता पक्षधरहरु एक छौं भनेर । सात महिनासम्म मधेस आन्दोलनका क्रममा गैरमधेसी समुदाय कसैको साथ नपाएको मोर्चालाई काठमाडौैं केन्द्रित आन्दोलनमा आइपुग्दा भने आदिवासी जनजाति, दलित समुदायले साथ दिएका छन् भने नयाँ शक्ति नेपालले एक्यवद्धता जनाएको छ । जातीय प्रदेशको कफन सरकारविरोधी नारा लगाउँदै मोर्चाको आन्दोलनमा साथ दिएका जनजाति नेता कार्यकर्ताहरुले पहिचानको माग गरिरहेका छन् । आन्दोलनमा आएका आन्दोलनकारी कसैको टाउको विभिन्न राज्यको कफन बाँधिएका छन् । \"gathbandhan मगराँत, लिम्बुवान, नेवाः, ताम्सालिङ, तमुवान, खसान लगायत विभिन्न प्रदेश उल्लेख भएको कफन टाउको बाँधिएका छन् । जसले बताइरहेको छ, विभिन्न जाती र समुदायको पहिचानको खोजी भइरहेको छ । खेदिएनन्, यादव र महतोहरु मधेसमा आन्दोलन गर्दा राज्यको दमन गरेको भन्दै आएको मोर्चाले काठमाडौंमा आन्दोलन गर्दा खेदिने आशंका गरेको थियो । संविधान जारी हुनुअघि मधेसका आन्दोलन हुँदै गर्दा राजधानीमा हिन्दुवादीहरुले पनि आन्दोलन चर्काएका थिए । अहिले सरकारमा रहेका कमल थापाहरु संविधानसभाको पर्खाल भत्काउने भन्दै अगाडि बढ्दा पानीको फोहोराले लखेटिएका थिए भने मधेसमा सुरक्षा निकायलाई धावा बोल्दा गोली खाएका थिए । त्यसैले मोर्चाका नेताहरुको आक्रोश थियो– ‘काठमाडौंमा आन्दोलनकारीलाई पानीको फोहरा हान्ने सरकारले मधेसमा आन्दोलनकारीलाई ताकिताकि गोली हानेको छ ।’ हुन पनि मधेस आन्दोलनको क्रममा ५५ जना भन्दा बढीले ज्यान गुमाए । जब सीमामा धर्ना दिन थाले तब मधेसलाई मात्र होइन, काठमाडौंलाई संकट निम्त्यायो । त्यसैले मधेस आन्दोलनप्रति नागरिकको धारणा सकारात्मक बन्न सकेन । मधेसमा आन्दोलन गर्दा धपाइएपछि दशगजा क्षेत्रमा जानुपरेको मोर्चाका नेताहरुको भनाइ थियो । काठमाडौं र मधेसप्रतिको बढ्दो दूरी कम गर्दै जब मोर्चाका नेताहरु काठमाडौं आएका छन्, काठमाडौंवासीको साथ पाएका छन् । सिंहदरबार घेराउको नेतृत्व गर्दै मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोहरुले सिंहदरबार अगाडि अगाडि पलेँटी कसेर बसेका छन् । उनीहरु खेदिएका छैनन्, बरु सुरक्षासँगै सद्भाव पनि बटुलीरहेका छन् । \"federalनश्लवाद सरकारको आरोप मधेस आन्दोलनपछि निर्णायक तहको आन्दोलन गर्न र आफूहरुको माग राज्यसत्तालाई सुनाउन भन्दै आइतबार सिंहदरबार घेर्न आइपुगेका गठबन्धन कार्यकर्ताहरुलाई नश्लवाद सरकारको आरोप लगाइरहेका छन् । आफूलाई विभेद गर्दै पहाडिया अहंकारवादलाई बोकेको आशयमा उनीहरुलाई सरकारलाई नश्लवाद भनिरहेका छन् । असोज ३ गते नयाँ संविधान जारी हुनुअघि भएको सीमांकनमा मधेसी, थारु तथा जनजाति समुदायको असन्तुष्टी थियो । त्यो असन्तुष्टी सम्बोधन गर्न भन्दै सरकारले संविधान जारी भएको चार महिनामा नै संशोधन पनि गरे । तर आन्दोलनकारीहरुको माग सम्बोधन नभएको बताए । के हो नश्लवाद ? नेपालमा अहिलेसम्म नश्लवाद सतहमा आएको छैन । अमुक ब्यक्तिहरुलाई रिस र आगेका भरमा नश्लवादको आरोप लगाइने गरेको छ । दक्षिणी छिमेकी मुलुक भारतमा पनि नश्लवाद उदाएको छ । भनिन्छ, गुजरात हत्याकाण्डबाट भारतीय नश्लवाद उदाएको हो । भारतमा नश्लवाद झाँगिदै गएको छ । नश्लवाद जातीय विभेदका रुपमा उठेको वाद हो । नेपालमा जातीवादलाई नश्लवादका रुपमा बुझिएको छ । नश्लवाद भनेको विखण्डन नै हो । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला लामो समयदेखि गोराहरूको अत्याचारविरुद्ध, गोराहरूले कालाहरूमाथि थोपेरेको नश्लवादविरुद्ध लडिरहेका थिए । त्यसैले नश्लवाद आजको दुनियाँका लागि नयाँ विषय पनि होइन । पहिलो र दोस्रो विश्वयुद्धका नायकहरूले नश्लवादलाई नै आधार बनाएर युद्ध लडेका थिए । सन् १९३३ अक्टोबर १६ मा जर्मनी सरकारले अनार्य जातिसँग विवाह नगर्न जर्मन जातिलाई निर्देशन दियो । यहुदी र नश्लवादविरोधी सफायाको लहर चलाइयो । यहुदी भएकै कारण आइन्सटाइनको सम्पत्ति जफत गरिएको थियो र उनलाई निर्वासनमा बस्न बाध्य पारिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending