Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कर्णालीलाइ खडेरीको अर्को दुख : एक अर्ब ४० करोडको खाद्यबाली नष्ट

\"jumla\"जुम्ला । लामो समयदेखिको सुक्खा खडेरीका कारण कर्णालीमा रु एक अर्ब ४० करोडको खाद्यबाली नष्ट भएको छ । खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको छ । २४ गाविसको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस सङ्कटोन्मुख अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय, मुगुका वरिष्ठ कृषि विकास अधिकृत डा चन्दप्रसाद रिसालले जानकारी दिए । उनले भनने –बर्र्खे बालीमा ४०–६० र हिउँदे बालीमा ७५–८० प्रतिशत खाद्यान्न बालीमा ह्रास आएको छ । उनका अनुसार अहिले पनि रु ११ हजार ५७८ मेट्रिक टन खाद्यान्न आवश्यक परेको छ । त्यसैगरी, विगत ४० वर्षकै लामो खडेरीका कारण ३० गाविसको कालीकोट जिल्लामा रु ३९ करोड बराबरको खाद्यबाली उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विकास अधिकृत सुनिल सिंहले जनाए । वरिष्ठ अधिकृत सिंहले हिउँदे र बर्खे खाद्यान्न बाली गरेर ३४ देखि ५० प्रतिशत बाली उत्पादनमा कमी आएको बताए । राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँका ८४ प्रतिशत जनतालाई अहिले पनि तीन महिना खान पुग्दैन, जसले गर्दा यहाँ निकै विकराल अवस्था छ, उनले भने । अहिले कामका लागि खाद्यान्न कार्यक्रम लागू हुनुपर्ने जिल्लावासीको माग छ । खडेरीले २७ गाविसको हुम्लामा रु ११ करोड १७ लाख ७१ हजार ५७० बराबरको खाद्य बालीमा क्षति पुगेको योजना अधिकृत केबी रोकायाले जानकारी दिए । योजना अधिकृत रोकायाका अनुसार त्यहाँको खाद्यबाली उत्पादनमा २४ देखि ८० प्रतिशत ह्रास आएको छ । खडेरीले गर्दा एक हजार ४९० मेट्रिक टन खाद्य बालीमा ह्रास आएको र नौ हजार ३५३ घरधुरी त्यसबाट प्रभावित भएको उनको भनाइ छ । यता २३ गाविसको डोल्पा जिल्ला पनि खडेरीबाट निकै प्रभावित भएको छ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने साल्दाङ, भिजेर, धो, तिञ्ज, छार्का र मुकोटलगायतका छ गाविस उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेको डोल्पाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत भीमबहादुर धरालाले जानकारी दिए । अधिकृत धरालाले १७ वटा गाविस मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहेको बताए । योजना अधिकृत भानुभक्त भट्टराईले खाद्यबालीको हिसाब गर्दा रु नौ करोड १९ लाख ६० हजार बराबर उत्पादनमा ह्रास आएको छ । तथापि जनताको लगानी श्रमलाई जोड्दा झन्डै रु २० करोड क्षति भएको उनको भनाइ छ । खडेरीबाट जुम्ला पनि अछुतो छैन । यसवर्ष खडेरीबाट जुम्लाको खाद्यबालीमा ३०–४० प्रतिशत उत्पादनमा ह्रास आएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिए । जसका कारण यो जिल्लालाई रु २५ करोड बराबर क्षति भएको अधिकृत महतको भनाइ छ । योजना अधिकृत बालकराम देवकोटाका अनुसार बर्खेबाली धान, मकै, कोदो, चिनो, कागुनो, फापरको उत्पादनमा केही कमी देखिए पनि हिउँदेबाली जौ, गहुँ र उवाको उत्पादनमा अधिकतम ह्रास आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: