Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जेठ ६ गते माओवादीहरुको एकता : चारै माओवादीका बैठक सम्पन्न

\"mao_yakata\"काठमाडौं । एकिकृत माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी तथा मणी थापा नेतृत्व गरी चारै माओवादीको केन्द्रीय समितिको बैठक आज शनिबार सम्पन्न भएको छ । सबै माओवादीका बैठकहरुबाट १३ बुँदे सहमति अनुमोदन भएका छन् भने जेठ ६ का लागी गरिएको एकता मितिलाई समेत अनुमोदन गरिएको छ । एमाओवादीबाट अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड, पूनर्गठित नेकपा क्रान्तिकारी माओवादीबाट संयोजक राम बहादुर थापा बादल, क्रान्तिकारी कम्युनिष्ट पार्टीले मणी थापा र नेकपा (माअाेवादी) ले मातृका यादवलाई सबै पार्टीले एकता समितिको आआफ्नो नेतृत्वको जिम्मेवारी समेत दिएको बताइएको छ । कोको बिच हुँदै छ एकता माओवादी आन्दोलनबाट आएका र विभिन्न समयमा विभाजित भएका ४ पार्टी र २ अन्य समुहगत रुपमा रहेकाबिच एकता हुँदैछ । प्रचण्ड नेतृत्वको एकिकृत माओवादी, वैद्य नेतृत्वको नेकपा–माओवादीको वैद्य बाहेक बहुमत सदस्य, क्रान्तिकारी कम्युनिष्ट पार्टीले मणी थापा र नेकपा (माअाेवादी) ले मातृका यादव नेतृत्वको माओवादी गरी ४ वटा पार्टी हुनेछन् भने एमाओवादीबाटै अलग्गिएर बसेकी पूर्व नेता जयपुरी घर्ती र विप्लव माओवादीका ५ केन्द्रिय सदस्यहरु एकताका लागी तयारी गरिरहेका छन् ।
वैद्य हटाएर बादलको नेतृत्वमा क्रान्तिकारी माओवादी बन्यो एमाओवादीसँग एकता विपक्षमा रहेका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई हटाएर पार्टी पूनर्गठन गरेको छ । बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेको हो ।जम्मा १९९ को संख्यामा रहेको केन्द्रीय समितिमा १३० जना केन्द्रीय सदस्य आजको बैठकमा उपस्थित रहेका थिए । साथै बैठकले एकिकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णय समेत गरेको छ । संयुक्त महाधिवेशन आयोजक समिति सबै माओवादीबिच एकता हुँदा झण्डै ५ सय अर्थात ४९९ को महाधिवेशन आयोजक समिति बनाउनका लागी माओवादी नेताहरुबिच होमवर्क भईरहेको बताइन्छ । आज सबै पार्टीका केन्द्रीय समितिबाट औपचारिक रुपमा एकताको निर्णय भईसकेपछि एउटा कार्यदल बन्नेछ भने उसले हप्ता दशदिनको समयसिमाभित्र एकताको सांगठनिक एकतालाई टुग्याँउनेछ । पार्टीका सबै कमिटिहरुलाई आयोजक समितिमा बदल्ने र यसअघि जो जुन कमिटिमा छ त्यही कमिटिको आयोजक समितिमा रहनेगरी हुने सम्भावना छ भने एमाओवादीबाट अन्य पार्टीका सोसरहकाहरुलाई सम्बन्धित कमिटिमा थपिने बताइन्छ । एमाओवादीका एक नेता भन्छन् ‘हिजो सँगै हुँदा जुनिएर रहेकाहरु आज एकता प्रक्रियामा आउँदा सिनिएर भएर आउँदा एकताको भाव आउँदैन, त्यसैले यताबाट पनि सोसरहका साथिहरुलाई थप्ने कुरा भईरहेको छ’ । नाम नेकपा माओवादी हुनसक्ने पार्टी एकतापछि नाम के राख्ने भन्ने विषयमा समेत छलफल भईरहेको एमाओवादीका महासचिव कृष्णबहादुर महराले बताए । तर धेरैजसोको मत नेकपा माओवादी नै राख्नुपर्ने रहेको माओवादी नेताहरु बताउँछन् । यो नाम जनयुद्धकालिन नाम हो भने अहिले मात्रिका यादवले नेतृत्व गरेको माओवादी पार्टीको नाम समेत हो । एकता घोषणा–सभा भव्य गरिने एकताको घोषणाका लागी एक भव्य घोषण सभाको तयारी गर्ने भएका छन् । २ लाख मानिसहरुको उपस्थितिमा घोषणा सभा गरिन लागेको एमाओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्ट बताउँछन् । तर काठमाडौंमा घोषणा सभा गर्ने उपयुक्र्त ठाउँ अहिले छैन । काठमाडौं खुल्लामञ्चको एक चौथाई भाग अहिले बसपार्क बनाईएको छ भने दशरथ रंगशालालाई अर्को विकल्पको रुपमा माओवादी नेताहरुले विकल्पको रुपमा हेरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: