Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ः कार्यान्वयन नै महत्वपूर्ण

\"13220924_1152585621439404_2760273382484977953_n\"काठमाडौं । सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रममा समावेश गरेको विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने विषयलाई सघन छलफलमा ल्याएर निष्कर्ष दिनुपर्ने औँल्याइएको छ । एकीकृत नेकपा९माओवादी० निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले ५२ औ विद्यार्थी एकता दिवसका अवसरमा शनिबार आयोजना गरेको ‘शैक्षिक प्रमाणपत्रका आधारमा ऋण र कार्यान्वयनको सवाल’ विषयको अन्तक्र्रियामा सहभागीले नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयनको पाटो नै महत्वपूर्ण रहेको बताए । विभिन्न विद्यार्थी सङ्गठनको लामो समयदेखिको मागका आधारमा सरकारले आगामी आव देखि सो कार्यक्रम लागू गर्ने तयारी गरिरहे पनि बैंक तथा वित्तीय संस्थाले शैक्षिक प्रमाणपत्रकै आधारमा मात्र ऋण दिन नसकिने बताउँदै आएका छन् । विद्यार्थीलाई ऋण दिने विषयमा ऐन तथा कानुनको अभाव रहेको तथा ऋण कसरी तिर्ने, कति अवधिमा तिर्ने भन्ने पनि प्रष्ट व्यवस्था नभएकाले सो सम्बन्धमा आवश्यक नीतिगत व्यवस्थाको जरुरी देखिएको छ । कार्यक्रममा सहभागी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले ठूलो प्रयासका साथ कार्यक्रम ल्याएकाले त्यसलाई लागू गर्न सरोकार भएका सबैको सकारात्मक दबाबको जरुरी रहेको बताए । उनले विद्यार्थीलाई प्रदान गरिने शैक्षिक ऋणको ब्याज सरकारले नै तिर्ने जानकारी दिँदै बैंक तथा वित्तीय संस्थालाई नआत्तिई सरकारको कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । विद्यार्थी सङ्गठनको माग र सरोकार भएकाहरुको आग्रहका आधारमा प्रस्ताव गरिएको कार्यक्रम सफल पार्नु हामी सबैको दायित्व रहेको उनको कथन थियो । राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा चन्द्रकान्त पौडेलले विद्यार्थीलाई आत्मनिर्भर, स्वाभिमानी र मुलुकप्रति जिम्मेवार बनाउने लक्ष्यका साथ सरकारले शैक्षिक ऋणको कार्यक्रम ल्याएकाले त्यसको सफलता अत्यावश्यक रहेको बताए । उद्यमशीलता बढाउनेभन्दा पनि शैक्षिक क्षेत्रमा नै पहिले ऋण दिने प्रावधान अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उनले कार्यान्वयनको पाटो नै महत्वपूर्ण भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले भने ‘राज्यले कोलम्बो प्लान अन्तर्गत विदेश पढ्न पठाएका व्यक्ति कहाँ छन्, उनीहरुले राज्यको सेवा गरे कि अरुको सेवा गरे त्यसको खोजी हुनुपर्छ । राज्यको लागनीलाई बालुवामा पानी बनाउनेको खोजबिन गरिनुपर्छ ।’’ नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य बिकेमान सिंहले प्रस्ट कार्यविधि र योजना बनाएर मात्रै सो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। कार्यक्रममा अखिल९क्रान्तिकारी०का कावा अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनको मागअनुसार नै सरकारले कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनका लागि दबाबको आवश्यकता रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: