Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यी हुन् त्रिविका प्राध्यापक, निजी विद्यालयका मालिक !

\"tuकाठमाडौं । त्रिभुन विश्वविद्यालयका प्राध्यापकहरुले नै राजधानीमा नाम कहलिएका निजी विद्यालयहरु सञ्चालन गर्दै आएको रहस्य खुलेको छ । सरकारी जागिर खाएर विश्वविद्यालयलाई बेवास्ता गर्दै उनीहरुले धमाधम निजी विद्यालय सञ्चालन गर्न थालेपछि विद्यार्थी संगठनहरु एक ठाउँमा मात्रै काम गर्नुपर्ने माग राख्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय मातहतका देशैभरका सरकारी क्याम्पसका प्राध्यापकहरुले केन्द्रमा मात्र नभइ जिल्ला–जिल्लामा नै निजी विद्यालयहरु सञ्चालन गर्दै आएका छन् । निजी विद्यालय सञ्चालन गर्दै आएका त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरुको नाम एकीकृत माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले सार्वजनिक गरेको छ । त्रिभुवन विश्व विद्यालयका त्रिचन्द्र क्याम्पसका रमेश सिलवाल, लक्ष्यबहादुर केसी, अस्कल क्याम्पसका रामकुमार श्रेष्ठ, प्रा.डा.दमनराज गौतम, सुरेश प्रसाद सिंह, कमर्स क्याम्पसका अरुण कुमार चौधरी, जितेन्द्र उपाध्याय, सरस्वती क्इाम्पसका खोमराज खरेल, प्रा.डा. कृष्ण न्यौपाने, ध्रुव भट्टराई, पीके कलेजका विनोद जोशीले निजी विद्यालय सञ्चालन गर्दै आएको भन्दै नाम सार्वजनिक गरेको छ । यस्तै, त्रिविका सहायक डिन प्रा.डा. चेतराज भट्ट तथा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद थपलिया नै निजी कलेज तथा विद्यालयका सञ्चालन रहेको क्रान्तिकारीले जनाएको छ । सरकारी क्याम्पसमा जागिर खाएर सरकारी क्याम्पसमा हाजिर मात्र गरेर तलब खाने र अधिकांश समय निजी विद्यालयमा विताउने प्राध्यापकहरुलाई कारबाही नगरिए आफैले कारबाही गर्ने पनि क्रान्तिकारीले चेतावन दिएको छ । उता, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरुले पनि निजी विद्यालय तथा कलेजहरु चलाएर बसेको भन्दै विप्लव माओवादी सम्बद्ध क्रान्तिकारीले पनि नाम सार्वजनिक गर्दै कारबाहीको चेतावनी दिएको छ । हेर्नुहाेस् नामावली  \"TU-proffessor--1\"   \"palpa
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: