Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वागमतीबाट एघार मेट्रिक टन फोहर व्यवस्थापन

\"bagmati-1-750\"काठमाडौं । वागमतीको सफाइको १५७ औँ हप्तामा शङ्खमूल पुलमुनिको वागमती क्षेत्रमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेयुकाई, जीवन विज्ञान, नेपाल विज्ञापन सङ्घ, एस ट्राभल्सलगायतले संस्थागत सहभागिता जनाएका थिए । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व खानेपानी तथा सरसफाइ सचिव सुरेशप्रकाश आचार्य, अभियन्ता डा राजु अधिकारी लगायतको उपस्थिति रहेको समितिका सदस्य एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिए । वागमती सफाइ महाअभियान सुरु भएको तेस्रो वर्ष पूरा भई चौँथो वर्ष प्रवेशका अवसरमा शुक्रबार शिक्षा मन्त्रालयमा सचिव विश्वप्रकाश पण्डितको उपस्थितिमा सम्पन्न बैठकले जेठ २३ गते विश्व वातावरण दिवसका दिन प्रत्येक विद्यालयलाई विद्यालयदेखि एक किलोमिटरको दुरीमा सफाइ गराउने निर्णय गरेको बताइएको छ । जेठ २३ गतेपछिका प्रत्येक शुक्रबार विद्यालयमा एक बजेपछि वातावरणीय छलफल गराउन सबै विद्यालयलाई मन्त्रालयले निर्देशन दिने विषयमा पनि छलफल भयो । सो अवसरमा पूर्व मुख्यसचिव पौडेललगायतका अभियन्ताको उपस्थिति थियो । २०७० साल जेठ ४ गते शनिबारदेखि वागमती सफाइ महाअभियान सुरु भएको हो । आगामी शनिबार १५८ औँ हप्ताको वागमती सफाइ बुद्धनगर पुलमुनिको वागमती क्षेत्रमा गरिने पनि महाअभियानले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: