Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

राजधानीमा आन्दोलन चर्काउन मधेसी मोर्चाको भगवान भरोसा

\"Federal-Alliance काठमाडौं । आन्दोलनरत संघीय लोकतान्त्रिक मधेसी मोर्चाले शनिवारदेखि राजधानी केन्द्रित आन्दोलन गर्दैछ । २७ दलीय संघीय गठबन्धनको नामबाट मोर्चाले राजधानी केन्द्रित आन्दोलन गर्न लागेका हो । मधेसमा मात्रै केन्द्रित आन्दोलनबाट आफूहरुको मागको सुनुवाइ नभएको भन्दै मोर्चाले राजधानीसहित देशब्यापी आन्दोलन गरिरहेको छ । वैशाख १५ गतेदेखि देशब्यापी आन्दोलन घोषणा गरेपनि पछिल्लो आन्दोलन भने प्रभावकारी हुन सकिरहेको छैन । चार दल हुँदै सात दलीय गठबन्धन बनाइएको मोर्चाले आदिवासी जनजाती समूदायको पनि साथ लिँदै राजधानीमा आन्दोलन चर्काउने तयारी गरिरहेको छ । मधेसी मोर्चामा आवद्ध दलसहितको संघीय गठबन्धनमा पद्मरत्न तुलाधर, कुमार लिङदेन, परशुराम तामाङ, लाक्पा शेर्पा, मल्ल के सुन्दर लगायत २७ संघ संस्थाहरुको आवद्धता रहेको मोर्चाले जनाएको छ । झण्डै ५५ जनाको ज्यान जाने गरी भएको मधेस आन्दोलनबाट पनि आफूहरुको आन्दोलन निश्कर्षमा पुग्न नसकेपछि मोर्चाले संविधानप्रति असन्तुष्ट आदिवासी जानजातिहरुको साथ लिएको छ । जनजाति समुदायको भरोसा क्षेत्रीय राजनीति गर्दै आएका मधेसवादी दलहरुले राजधानी केन्द्रित आन्दोलन गर्ने हैसियत राख्दैनन् । आदिवासी जनजाति अगुवा तथा जनजाति समुदायको भरोसामा राजधानी केन्द्रित आन्दोलन चर्काउने मोर्चाले तयारी गरेको हो । श्निवारदेखि शुरु हुने राजधानी केन्द्रित आन्दोलन निर्णायक आन्दोलन हुने पनि उनीहरुले बताउँदै आएका छन् । उनीहरुले शनिवार र आइतबारको राजधानी केन्द्रित प्रदर्शनलाई शक्ति प्रदर्शनको रुपमा पनि लिएको छ । मधेस केन्द्रित दलको मधेसी कार्यकर्ताहरुले काठमाडौंमा आन्दोलन चर्काउन नसक्ने सरकारको बुझाइ छ । मधेसी आन्दोलनले राजधानीमा प्रभाव नपार्ने भए पनि जनजातिहरु सडकमा ओर्लिए भने आन्दोलन थाम्न नसकिने भन्दै सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ । मोर्चाले राजधानी केन्द्रित आन्दोलनको पहिलो दिन शनिवार रत्नपार्क, शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ भने आइतबार विहानैदेखि सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरेको छ । वैशाख १५ देखि थालिएको देशब्यापी आन्दोलन अन्तर्गत गठबन्धनले जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने, सदरमुकाम तथा सहर केन्द्रित प्रदर्शन तथा कोणसभाहरु गर्ने, सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने तथा प्रादेशिक सहरहरुमा विरोधसभाको कार्यक्रम सम्पन्न गरिसकेको छ । वैद्यको ३३ दलीय मोर्चाजस्तै संघीय गठबन्धनलाई २७ दलीय गठबन्धन भन्दै मधेसी मोर्चाले आन्दोलन भिषण चर्काउने बताएको छ । झट्ट हेर्दा मोर्चाको २७ दलीय गठबन्धन र नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यको ३३ दलीय मोर्चा उस्तैउस्तै छ । वैद्यको ३३ दलीय मोर्चामा रहेका केही समूह संघीय गठबन्धनमा रहेको छ । गठबन्धनमा आवद्ध भनिएका संघ संस्था तथा संगठनहरु केवल नाम मात्रका छन्, कार्यकर्ता छैनन् । विगतका वैद्य नेतृत्वको ३३ दलीय मोर्चाको आन्दोलनमा सडकमा ३३ जना पुग्न मुश्किल हुन्थ्यो । त्यसैले त्यस्तै अवस्था हुने चिन्ता पनि मधेसी मोर्चामा रहेको छ । त्यसैले राजधानी केन्द्रित मोर्चाको आन्दोलन जनजाति भरोसामा अगाडि बढ्दैछ । जनजाति समूह साँच्चिनै आन्दोलनमा उत्रिए भने मोर्चाका लागि जनजातिहरु भ्गवान सावित हुनेछन् । को को छन् संघीय गठबन्धनमा ? १ ) उपेन्द्र यादव अध्यक्ष – संघीय समाजबादी फोरम, नेपाल २ ) महन्थ ठाकुर अध्यक्ष – तराइ मधेश लोकतान्त्रिक पार्टी ३ ) राजेन्द्र महतो अध्यक्ष – सदभावना पार्टी ४ ) महेन्द्र राय यादव अध्यक्ष – तराइ मधेश सदभावना पार्टी, नेपाल ५ ) शरतसिह भण्डारी अध्यक्ष – रास्ट्रिय मधेश समाजबादी पार्टी ६ ) पद्मरत्न तुलाधर संयोजक – आदिबासी जनजाती रास्ट्रिय आन्दोलन ,नेपाल ७ )परशुराम तामांग बरिष्ठ सह अध्यक्ष – संघीय जनमुक्ति पार्टी ८ ) अनिल कुमार झा, अध्यक्ष – नेपाल सदभावना पार्टी ९ ) राजकिशोर यादव अध्यक्ष – मजफो (गणतान्त्रिक) १० ) भानुराम थारु अध्यक्ष – थरुहट तराइ पार्टी, नेपाल ११ ) कुमार लिङदेन मिराक अध्यक्ष – संघीय लिम्बुवान पार्टी,नेपाल १२ ) कुमार राइ अध्यक्ष – सामाजिक लोकतान्त्रिक पार्टी १३ ) तामांग बुद्धराज स्याङतान अध्यक्ष– आदिबासी जनजाती पार्टी ,नेपाल १४ ) कौशल कुमार सिंह, अध्यक्ष –लोक दल १५ ) जीवन साह अध्यक्ष– लोकतान्त्रिक पार्टी ,नेपाल १६ )गगा महरा, अध्यक्ष– बहुजन समाज पार्टी ,नेपाल १७ ) उत्तम सिंह थाङदेन, संयोजक –लिम्बुवान संयुक्त संघर्ष समिति १८ ) प्रेमबहादुर खाती, संयोजक –खसान राष्ट्रिय संघर्ष समिति १९ ) लाक्पा शेर्पा, संयोजक – शेर्पा राज्य संयुक्त संघर्ष समिति २० ) मल्ल के सुन्दर रनरेश ताम्राकार, संयोजक –नेवाः स्वायत्त राज्य संघर्ष समिति २१ ) जय गोले, संयोजक – ताम्सालिंङ संयुक्त संघर्ष समिति २२ ) हुम गुरुङ संयोजक – तमुवान संयुक्त संघर्ष समिति २३ ) होरीलाल चौधरी, अध्यक्ष – थरुहट संयुक्त संघर्ष समिति २४ ) महेन्द्र थापामगर, संयोजक – संयुक्त मगरात मञ्च २५ तारा बिश्वकर्मा संयोजक – संयुक्त दलित अधिकार मञ्च २६ )पदम अधिकारी अध्यक्ष – लिम्बुवान मुक्ति मोर्चा ,नेपाल २७ ) डा बिजय सैजु महासचिव – नेपाः रास्ट्रिय पार्टी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: