Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिए

\"hiv\"बुटवल । रुपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख टङ्कप्रसाद चापगाईंले यो आवमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएको बताउनुभयो । उहाँले गत वर्षभन्दा यो वर्ष तुलनात्मक रुपमा कम भएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आवमा रुपन्देहीमा १६९ जना एचआइभी सङ्क्रमित थपिएका थिए । मृतकको सङ्ख्या भने गत वर्षको तुलनामा चालु आवको नौ महिनामै बढी देखिएको छ । जिल्लामा गत वर्ष २६ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो । यो वर्षको वैशाख तेस्रो सातासम्म २७ जनाको मृत्यु भइसकेको छ । उपचारमा ढिला, अन्तिम समयमा उपचारमा आएका र औषधि सेवन ढिलो गरी सुरु गरेका कारण यो वर्ष मृतकको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमख चापागाईंले बताए । रुपन्देहीमा एक हजार ३८६ जनामा सङ्क्रमण भएको अनुमान छ भने यीमध्ये ८४२ जनाले एचआइभीको एआरटी औषधी सेवन गर्दै आएका छन् । आमाबाट बच्चामा हुने सङ्क्रमण ९० प्रतिशतसम्म रोक्न जिल्लामा पिएमसिटी कार्यक्रम लागू भएको छ । सही तवरले सुत्केरी गराउने र गर्भ बसेको समयमा बच्चालाई सङ्क्रमण हुन नदिन गर्भवती महिलालाई नियमित चेकजाँच गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम भैरहवास्थित भीम अस्पताल, बुटवलको लुम्बिनी अञ्चल अस्पतालको साथै जिल्लाका १८ वटा बर्थिङ सेन्टरमा सेवा उपलब्ध छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: