Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कम्युनिस्ट आन्दोलनको मूल प्रवाह माओवादी

\"Maoist_unityकाठमाडौंं । सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डो¥याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको अवस्थालाई अन्त्य गर्दै पछिल्लो पटक एकै ठाउँमा उभिन लागेका हुन् । माओवादी घटकका विभिन्न समूहबीच भइरहेको द्विपक्षीय तथा बहुपक्षीय बैठकले यही जेठको पहिलो साताभित्रै बृहत् एकता गर्ने र नेपालको माओवादी आन्दोलनलाई नयाँ उचाइमा उठाउने प्रतिबद्धता जनाएका छन् । विशेषत पुष्पकमल दाहाल नेतृत्वमा रहेको एकीकृत नेकपा ९माओवादी०, मोहन वैद्य नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा माओवादी समूहमा रहेका र माओवादी विभाजित भएपछि कुनै पनि समूहमा नलागेका नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिन लागेका हुन् । त्यसमा वैद्य नेतृत्वको माओवादीको दुई तिहाइभन्दा बढी हिस्सा एकता प्रक्रियामा सामेल भए पनि एक तिहाइ हिस्सा भने सो प्रक्रियामा सहभागी नहुने देखिएको छ । सो पार्टीका एक वरिष्ठ नेता सीपी गजुरेलले विचार र सिद्धान्तमा कुरा नमिलेका कारण तत्कालका लागि आफ्नो पार्टीका केही नेता तथा कार्यकर्ता एकतामा गए पनि आफूहरु नजाने भनेर दिनुभएको वक्तव्यलाई मान्ने हो भने वैद्य नेतृत्वको माओवादी भने पुनः अस्तित्वमा रहनेछ । यद्यपि सोही समूहका नेता रामबहादुर थापा बादल भने पूरै पार्टीलाई एकता प्रक्रियामा ल्याउन आफू प्रयासरत रहेको बताउँदै आएका छन् । सो समूहका अर्का नेता देवप्रसाद गुरुङ माओवादी एकता आजको प्रमुख आवश्यकता भएकाले त्यसमा बिलम्वको कुनै अर्थ नरहेको बताउँछन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुने, माओवादीका नेता तथा कार्यकर्तालाई अपराधी करार गरेर जेल हाल्ने, विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई ख्याल नगर्ने तथा त्यसविरुद्धका गतिविधि बढेका कारण पछिल्लो दिनमा माओवादीलाई एकताबद्ध हुन प्रेरित गरेको हो । एकताका लागि माओवादी घटकले विभिन्न १२ बुँदे अवधारणा पनि तयार पारेका छन् । एमाओवादी अध्यक्ष दाहाल र क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यबीच विगतमा भएको द्विपक्षीय संवादका आधारमा नै सो अवधारणा अगाडि सारिएको वार्तामा सहभागी नेताको धारणा छ । वैद्यलाई पनि एकता प्रक्रियामा सहभागी गराउने मनसायका साथ त्यसो गरिएको र अधिकतम प्रयास गर्दासमेत वैद्य नआएको खण्डमा मात्रै एकता प्रक्रिया आफ्नैरुपमा अगाडि बढ्ने वार्तामा सहभागी नेताले जानकारी दिएका छन् । एकताको आधार १२ बुँदे सहमति गत वैशाख २८ गते ललितपुरको एक निजी निवासमा भएको बहुपक्षीय छलफलले एकताको लागि भन्दै १२ बुँदे प्रस्ताव अगाडि सा¥यो । त्यसमा विशेष गरी संविधानसभाबाट पारित भएको नेपालको संविधानमा रहेका सकारात्मक विषयलाई आत्मसात् गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने उल्लेख छ । त्यस्तै ‘माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध र त्यसको बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धि खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्क सङ्गत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनमा शृङ्खला देखा परे जसको परिणाम क्रान्तिकारीमा निरासा, विघटन, पलायतका प्रवृत्ति हाबी हुन थालेका छन् । त्यसबाट प्रतिक्रियावादी र अवसरवादी हौसिँदै क्रान्तिका उपलब्धिमाथि आक्रमण हुन थालेको छ । यस्तो अवस्थामा सम्पूर्ण माओवादीसहित सच्च कम्युनिस्टबीचको एकता आज एक अपरिहार्य र ऐतिहासिक आवश्यकता बनेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा एमाओवादीले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि नै एकताको प्रक्रिया अगाडि बढेको थियो । पटकपटक भएका छलफल र संवाद सकारात्मक दिशामा अगाडि बढेको बताउँदै आइए पनि ठोस प्रगति हुन सकेको थिएन । २०७२ साल वैशाखमा पनि एकताको विषयमा द्विपक्षीय छलफल चलेको थियो । एकता प्रक्रिया अगाडि बढ्दै गर्दा गोरखा भूकम्पले समेत त्यसलाई रोकिदियो । प्रमुख दलबीच संविधान लेखनको विषयमा २०७२ जेठ २५ गते १६ बुँदे सहमति भएपछि एकताको औचित्य सकिएको भन्दै वैद्य नेतृत्वको माओवादी प्रक्रियाबाट बाहिरिएपछि एकता प्रक्रिया अन्यौलमा पर्दै गयो । माओवादी नेता कार्यकर्ताविरुद्धको मुद्दाले झस्कायो विशेषत पछिल्लो पटक सर्वोच्च अदालतले माओवादीका नेता तथा कार्यकर्तालाई जनयुद्धकालीन मुद्दामा दोषी करार गर्दै जेल हाल्ने समेतको फैसला गर्न थालेपछि छिन्न भिन्न भएर बस्दा समस्या आउने निष्कर्षका साथ माओवादी घटक एकता लागि तयार भएका हुन् । नेता गुरुङका अनुसार शान्ति प्रक्रिया पूरा हुनु त कता हो कता उल्टै माओवादी भएकै कारण जेल जानुपर्ने र जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा नलगी नियमित अदालती प्रक्रियामा लैजाने विषय नै गम्भीर विषय हो । एमाओवादीका महासचिव कृष्णबहादुर महराका अनुसार सबै माओवादी घटकसँग एकताको प्रक्रिया अगाडि बढाउने निर्णयका आधारमा प्रक्रिया अगाडि बढेको हो । एकता प्रक्रियालाई अगाडि बढाउनका लागि एमाओवादीको आजै केन्द्रीय समितिको बैठक बोलाइएको छ । संविधानको घोषणालगत्तै गत असोज ९ गते एमाओवादी रातो स्टिकर लागेको घर भन्दै बाहिरिएर नयाँ शक्तिको नाममा गैरमाक्र्सवादी दल बनाउने डा बाबुराम भट्टराईको योजना, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले देखाइरहेको ढिलाइ तथा कार्यकर्ता र जनताको तहमा देखिएको निरासालाई सम्बोधन गर्न पनि एकता जरुरी रहेको माओवादी नेताको भनाइ छ । एमाओवादी अध्यक्ष प्रचण्डले कुनै पनि तर्क र तथ्य पेस गरेर एकता प्रक्रियालाई पर नसार्न उहाँकै गुरुसमेत रहनुभएका वैद्यलाई आग्रह गरेका छन् । गत वैशाख ३१ गते राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबाटै उनले वर्तमान सरकारमा एमाओवादीको उपस्थिति नै एकताको लागि बाधक हो भने सरकार नै परित्याग गर्न पनि आफू तयार रहेको बताए । तर सिद्धान्तनिष्ठ र इमान्दार मानिने वैद्य किन एकताको लागि तयार छैनन् त ? सोही दलका एक नेता भन्छन्, “खै किन उहाँले मानिरहनु भएको छैन र त्यसको मक्सद के हो हामीले पनि बुझ्न सकेका छैनौँ । तर उहाँ ढिलो चाँडो एकतामा आउनुहुन्छ ।” जे होस् छ वटा टुक्रामा विभक्त भएका माओवादी पार्टी एकता प्रक्रियालाई सुरु गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहको रुपमा स्थापित हुने घोषणा गरेका छन् । यो घोषणासँगै एकता प्रक्रियाबाट बाहिर रहेका नेत्र विक्रम चन्द ‘विप्लव’लगायतलाई पनि क्रमशः एकताका ल्याउनु एमाओवादी र त्यसका अध्यक्षको हैसियतले प्रचण्डको भूमिका नै महत्वपूर्ण हुनेछ । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: