Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

उपराष्ट्रपति पुनलार्इ चीन भ्रमणकाे निम्ताे

\"Vice-President-witha-Zhang\"काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्त जनकंग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरु नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेट गरेर उपप्रमुख पायरु नेतृत्वको सात सदस्यीय प्रतिनिधि मण्डलले उपराष्ट्रपतिलाई १२–१७ जुन २०१६ मा युनान प्रान्तको कुन्मिङ शहरमा हुने ‘चौथो चीन–दक्षिण एशिया व्यापार मेला तथा २४ औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेला’को उद्घाटन समारोह तथा अन्य प्रमुख कार्यक्रमहरुमा विशिष्ट अतिथिको रुपमा उपस्थित भईदिनुहुन आमन्त्रण गरेको छ ।

युनान जनकंग्रेस स्थायी समिति उपप्रमुख पायरु नेतृत्वको प्रतिनिधि मण्डल चौथो चीन–दक्षिण एशिया व्यापार मेलामा विशिष्ट अतिथ्यता ग्रहण गरिददिन लागि उपराष्ट्रपतिलाई आमन्त्रण गर्न नेपाल भ्रमणमा आएको हो ।

भेटमा उपराष्ट्रपतिले कार्यालयमै आएर चौथो चीन–दक्षिण एशिया व्यापार मेलामा आमन्त्रण गरेकोमा उपप्रमुख पायरु नेतृत्वको टोली र आयोजकलाई धन्यवाद दिए । उनले आमन्त्रण स्वीकार गर्दै आफू कार्यक्रममा सहभागी हुन सकारात्मक रहेको जवाफ दिए ।

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति दृढ रहेको पनि बताए । उनले नेपालीहरु छिट्टै नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने अपेक्षामा रहेको बताए । उनले नेपाल चीन सम्बन्ध प्रगाढ बन्दै गएको बताउँदै दुईपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्ध झनै सुध्रिने अपेक्षा गरे । भेटमा उपप्रमुख पायरुले उच्चमहत्वका साथ उपराष्ट्रपतिलाई आमन्त्रण गर्न आएको बताए ।

भेटमा निचियाँ प्रतिनिधि मण्डलमा नेपालका लागि चिनियाँ राजदुत ऊ चुन्ताईसहित युनान प्रान्तका सरकारी अधिकारीहरु सहभागी थिए । उपराष्ट्रपतिसँग उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोका, परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित थिए । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै उपराष्ट्रपतिको चीन भ्रमण निश्चित हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: