Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विद्यालय शुल्क निर्देशिका संशोधनको माग

\"school\"काठमाडौँ । निजी विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशका’मा संशोधनको माग गर्दै आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार बिहान मन्त्रालय पुगेर निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन एनप्याब्सनले संयुक्त रुपमा पाँचबुँदे ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला तहबाट भने प्याब्सन र एन प्याब्सनले जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले निर्देशिकामा भएका कुरा कतिपय अव्यावहारिक भएकाले संशोधनका लागि ज्ञापनपत्र बुझाइएको जानकारी गराए ।

ज्ञापनपत्रमा संस्थागत विद्यालय सञ्चालन मापदण्ड तथा निर्देशिकामा उल्लेख गरिएका मापदण्ड तीन वर्षमा पूरा गर्नुपर्ने र पाँच वर्षमा आफ्नै घर जग्गामा हुनुपर्ने व्यवस्था अनावश्यक र व्यावहारिक नभएको, लेखापरीक्षण प्रतिवेदन जिल्ला शिक्षा अधिकारीले प्रमाणित गर्ने काम कार्यक्षेत्र र प्रचलित कानुनका हिसाबले पनि बाझिने तथा दोहोरो लेखा परीक्षण झन्झटिलो हुने हुँदा हटाउनुपर्ने माग राखिएको छ ।

प्याब्सन र एन प्याब्सनले सात दिनभित्र माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । “हामीले वैज्ञानिक शुल्क मापदण्ड बनाउने भनेका थियौँ तर मन्त्रालयले हाम्रा कुरा नसुनी निर्देशिका ल्यायो” एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले भने, “यो निर्देशिकाले हामी चल्न नसक्ने भएपछि संशोधनको लागि माग गरेका हौँ, त्यसैले विद्यालयलाई बचाउनका लागि माग पूरा नभए आन्दोलन गर्छौ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: