Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

उपराष्ट्रपतिलाई यूके मगर संघको सम्मान

\"IMG_6993\" काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई यूके मगर संघले सम्मान गरेको छ । शुक्रबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगी यूके मगर संघका अध्यक्ष नेम थापाले देशको उच्च दोहोदामा पुगेको भन्दै उपराष्ट्रपति पुनलाई सम्मान पत्र प्रदान गरेका हुन । उपराष्ट्रपति पुनलाई सम्मान तथा उनीसँग भेटघाट गर्न मगर संघकी युरोप /अमेरिकाबाट प्रतिनिधित्व गने केन्द्रीय सदस्य तथा एनआरएन यूकेका महिला उपाध्यक्ष शान्ति कुवर थापा, यूके मगर संघका सल्लाहाकार दलमान पुन, मगर मास्टर्स एण्ड पिएचडी फण्डका सदस्य सरिता थापा, कलाकार तथा पत्रकार मनसुधन थापा लगाएको टोली उपराष्ट्रपतिको कार्यालय पुगेको थियो । भेटमा मगर पत्रकार संघका अध्यक्ष एवम् उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगर समेत उपस्थित थिए । भेटमा यूके मगर संघका अध्यक्ष थापाले उपराष्ट्रपति पुनलाई सम्मान गर्नुहुँदै बधाईसमेत दिए । ‘मगर समुदायमा जन्मिएरदेश र जनताको सेवा गर्ने क्रममा यहाँ उपराष्ट्रपतिको जस्तो गरिमामय पदमा पुग्नुभयो, यसबाट देश विदेशमा रहेका सबै मगर समुदायले गर्वानुभूति गरेका छौँ,’ थापाले भने, ‘यहाँ जस्तो व्यक्तित्व यो पदमा पुग्दा मगर समुदायमात्रै होइन, सबै नेपालीले गौरवको अनुभूति गरेको हुनुपर्छ ।’ थापाले यूके मगर संघ मगर समुदायको हकहितमा केन्द्रित रहेकोसमेत जानकारी गराए । ‘यूके मगर संघ बेलायतमा रहेका मात्रै होइन विश्वभरी रहेका मगर समूदायको हकहितमा केन्द्रित छ’, उनले भने, ‘हामी आफ्नो समुदायको पहिचान र अधिकारका लागि संघर्षरत छौँ । एक दिन सफल हुने छौँ ।’ भेटमा उपराष्ट्रपति पुनले आफूलाई सम्मान गरेकोमा यूके मगर संघलाई धन्यवाद दिए । उनले जो जहाँ रहे पनि सबै नेपाली समृद्ध नेपाल निर्माणमा अग्रसर हुनुपर्ने बताए । ‘यहाँहरु यूकेमा बसोबास गरिरहनु भएको छ । त्यहाँ बसेर पनि नेपालको विकासमा लागिराख्नु भएको छ’, उनले भने, ‘हामी संविधान जारी गरेपछि समृद्ध नेपाल निर्माणमा लागिरहेका छौँ, नेपाली जो जहाँ भए पनि अब सबैले समृद्ध नेपाल निर्माणमा दिन जरुरी छ ।’ यसैबीच यूके मगर संघले सभामुख ओनसरी घर्तीमगरसँग पनि भेटको तयारी गरिरहेको छ । ‘हामी सभामुखसँग पनि भेट्ने कोशिस गरिरहेका छौँ, समय निश्चित भईसकेको छैन,’ अध्यक्ष थापाले भने । यूके मगर संघको टोली नेपाल मगर संघका ११ औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन दुई साता अघि नेपाल आएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: