Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मधेसी मोर्चाले भोलिदेखि काठमाडौंमा आन्दोलन चर्काउने

\"Federal-Alliance काठमाडौं । सात महिनादेखि आन्दोलन गर्दै आएका मधेसवादी दलहरुले शनिवारदेखि काठमाडौंमा नै आन्दोलन चर्काउने भएका छन् । चार महिनाको सीमा नाकामा धर्ना गरी कठोर आन्दोलन गरेको मोर्चाले पछिल्लो पटक वैशाख १५ गतेदेखि देशब्यापी आन्दोलन घोषणा गरेको हो । संघीय गठबन्धनको नामबाट देशब्यापी आन्दोलन घोषणा गरेको मोर्चाको पछिल्लो आन्दोलनका कार्यक्रम भने प्रभावकारी हुन सकेको छैन । गठबन्धनको आन्दोलनप्रति जनजाति अगुवा पद्मरत्न तुलाधरदेखि प्रमुख सत्ता साझेदार दल एकीकृत माओवादीका केही जनजाति नेताहरुले पनि साथ दिने घोषणा गरेका छन् । १५ दिने आन्दोलनपछि गठबन्धनले जेठ १ गते राजधानीमा प्रदर्शन गर्ने तयारी गरेको हो । मधेस आन्दोलन गरी मधेसी जनतालाई मात्र दुःख दिएर समस्या समाधान नहुने भन्दै राजधानी केन्द्रित आन्दोलन गर्न विभिन्न पक्षले सुझाव दिएपछि मोर्चाले राजधानी केन्द्रित आन्दोलनको तयारी गरेको हो । मोर्चाको आन्दोलनमा जनजातिहरुको पनि साथ रहने भएपछि सरकारले सुरक्षा ब्यवस्था पनि कडा पारेको छ । झण्डै एक साताअघिदेखि नै गठबन्धनको आन्दोलन रोक्न प्रहरीले पूर्वाभ्यास समेत गरेको छ । आन्दोलनलाई मध्यनजर गर्दै माइतीघर मण्डला तथा सिंहदरबार आसपासका क्षेत्र तथा नयाँ बानेश्वर लगायत राजधानीका विभिन्न ठाउँमा काँडेतारहरु तयारी अवस्थामा राखेको छ । मोर्चाले राजधानी केन्द्रित प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा हेरेको छ । राजधानी केन्द्रित आन्दोलनको पहिलो दिन शनिवार रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तथा आइतबार सिंहदरबार घेराउ गरिने संघीय गठबन्धनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले आफूहरुको आन्दोलनमा दमन भए प्रतिरोध गरिने बताए । उनले दमन गरिए गृहयुद्ध निम्तिन सक्ने समेत चेतावनी दिए । वार्ताको औचित्य छैनः उपेन्द्र संयुक्त लोकतान्त्रिकम मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारसँगको वार्ताको औचित्य नभएको पनि उल्लेख गरे । दुई दिनअघि मात्रै सरकारकातर्फबाट उपप्रधानमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कमल थापाले मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएका थिए । सरकारसँग पटक–पटक वार्ता भएपनि सरकारले आफूहरुको माग सम्बोधनमा चासो नदेखाएको यादवले बताए । सरकार आफूहरुको मागप्रति गम्भीर नभएसम्म वार्ताको औचित्य नभएको उनले बताए । आन्दोलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाओवादी नेता गोपाल किराँती पनि मञ्चको अग्रपंक्तिमै बसेका थिए । उनले जनजातिहरुको माग पूरा नभएकाले आन्दोलनमा समर्थन जनाएको प्रतिक्रिया दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: