Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मधेसी मोर्चाले भोलिदेखि काठमाडौंमा आन्दोलन चर्काउने

\"Federal-Alliance काठमाडौं । सात महिनादेखि आन्दोलन गर्दै आएका मधेसवादी दलहरुले शनिवारदेखि काठमाडौंमा नै आन्दोलन चर्काउने भएका छन् । चार महिनाको सीमा नाकामा धर्ना गरी कठोर आन्दोलन गरेको मोर्चाले पछिल्लो पटक वैशाख १५ गतेदेखि देशब्यापी आन्दोलन घोषणा गरेको हो । संघीय गठबन्धनको नामबाट देशब्यापी आन्दोलन घोषणा गरेको मोर्चाको पछिल्लो आन्दोलनका कार्यक्रम भने प्रभावकारी हुन सकेको छैन । गठबन्धनको आन्दोलनप्रति जनजाति अगुवा पद्मरत्न तुलाधरदेखि प्रमुख सत्ता साझेदार दल एकीकृत माओवादीका केही जनजाति नेताहरुले पनि साथ दिने घोषणा गरेका छन् । १५ दिने आन्दोलनपछि गठबन्धनले जेठ १ गते राजधानीमा प्रदर्शन गर्ने तयारी गरेको हो । मधेस आन्दोलन गरी मधेसी जनतालाई मात्र दुःख दिएर समस्या समाधान नहुने भन्दै राजधानी केन्द्रित आन्दोलन गर्न विभिन्न पक्षले सुझाव दिएपछि मोर्चाले राजधानी केन्द्रित आन्दोलनको तयारी गरेको हो । मोर्चाको आन्दोलनमा जनजातिहरुको पनि साथ रहने भएपछि सरकारले सुरक्षा ब्यवस्था पनि कडा पारेको छ । झण्डै एक साताअघिदेखि नै गठबन्धनको आन्दोलन रोक्न प्रहरीले पूर्वाभ्यास समेत गरेको छ । आन्दोलनलाई मध्यनजर गर्दै माइतीघर मण्डला तथा सिंहदरबार आसपासका क्षेत्र तथा नयाँ बानेश्वर लगायत राजधानीका विभिन्न ठाउँमा काँडेतारहरु तयारी अवस्थामा राखेको छ । मोर्चाले राजधानी केन्द्रित प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा हेरेको छ । राजधानी केन्द्रित आन्दोलनको पहिलो दिन शनिवार रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तथा आइतबार सिंहदरबार घेराउ गरिने संघीय गठबन्धनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले आफूहरुको आन्दोलनमा दमन भए प्रतिरोध गरिने बताए । उनले दमन गरिए गृहयुद्ध निम्तिन सक्ने समेत चेतावनी दिए । वार्ताको औचित्य छैनः उपेन्द्र संयुक्त लोकतान्त्रिकम मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारसँगको वार्ताको औचित्य नभएको पनि उल्लेख गरे । दुई दिनअघि मात्रै सरकारकातर्फबाट उपप्रधानमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कमल थापाले मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएका थिए । सरकारसँग पटक–पटक वार्ता भएपनि सरकारले आफूहरुको माग सम्बोधनमा चासो नदेखाएको यादवले बताए । सरकार आफूहरुको मागप्रति गम्भीर नभएसम्म वार्ताको औचित्य नभएको उनले बताए । आन्दोलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाओवादी नेता गोपाल किराँती पनि मञ्चको अग्रपंक्तिमै बसेका थिए । उनले जनजातिहरुको माग पूरा नभएकाले आन्दोलनमा समर्थन जनाएको प्रतिक्रिया दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending