Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

दीक्षितले प्रचण्ड र माओवादीलार्इ सोधे, तपाइँहरू किन फुटेको ?

\"dikshit\"काठमाडौं । नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले माओवादी नेताहरुलाइ पार्टी फुटाउनुको कारणबारे प्रश्न गरेका छन् । शुक्रबार राजधानीमा आयोजित \'वृहत शान्ति सम्झौता र युद्धकालिन मुद्दाहरु\' विषयक अन्तरक्रिया कार्यक्रममा उनले माओवादी फुटेर कमजोर भएका कारण सत्ताले हेपेको बताए ।  जनयुद्धकालिन मुद्धाहरु ब्युताएर माओवादीका नेता कार्यकर्ताहरुलाई जेल पठाउने काम भएरहेको प्रसंग उल्लेख गर्दै  उनले भने , ‘ कमजोर भएपछि संसारबाट हेपिन्छ, अव बलियो हुनुस् । ’ \'युद्ध लडेकाहरुलाई जेल हाल्न पाइदैन भनेर हामी सवैले साथ दिएकै हौ तर तपाइँहरू आफै फुटेर कमजोर हुनुभयो यो सब हुनु तपाइँहरुकै कारण हो ।\'– उनले भने । जनयुद्धमा ठुलो लगानी गरेका शहिद र वेपत्ता परिवारलार्इ वेवास्ता गर्नु माओवादीहरुको ठूलो कमजोरी भएको भन्दै त्यस्ता कमजोरी सच्याएर सवै माओवादी एकजुट भएर अघि बढे कसैले पनि हेप्न नसक्ने उनले बताए । कार्यक्रममा एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, क्रान्तिकारी माअाेवादीका अध्यक्ष माेहन वैद्य, नेकपा (माअाेवादी)का संयाेजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा,  देव गुरूङ, नयाँ शक्तिका मुक्ति प्रधान लगायतका नेताहरूकाे उपस्थिति थियाे । कार्यक्रममा उपस्थित माअाेवादी नेताहरूले द्वन्द्वकालीन मुद्दाहरू ब्युँताएर माअाेवादी सिध्याउने षड्यन्त्र सैह्य नहुने बताए । कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव तथा नयाँ शक्तिका डा.बाबुराम भट्टरार्इ पनि अाउने भनिए पनि उनीहरू उपस्थित भएनन् । विप्लव माअाेवादीका एकराज भण्डारी उपस्थित थिए । जनयुद्धकालीन मुद्दाका सन्दर्भमा पाँच माओवादीको आयोजनामा भएको कार्यक्रममा माओवादी नेता कार्यकर्ता मात्र उपस्थित थिएनन्, नेपाली सेनाका प्रमुखदेखि सुरक्षाविदहरु सहभागी थए । द्वन्द्वकालीन घटनाका सन्दर्भमा वक्ताहरु धारणा राख्दा सेनाका अधिकारीहरु पनि गम्भीर मुद्रामा देखिएका थिए । कार्यक्रममा नेपाली सेनाका महारथी गौरवशम्शेर जबरा, छत्रमानसिंह गुरुङ, पूर्व रथी सुदीप बहादुर शाह, सीबी गुरुङ, विवक शाह, नेपाल प्रहरीका पूर्व आइजीपी ध्रुवबहादुर प्रधान र कुवेरसिंह राना, एआईजी राजेन्द्रबहादुर सिंह, गणेश राई, एसएसपी चुडाबहादुर श्रेष्ठ, सशस्त्र प्रहरीका आईजीपी किशोर लामा, शैलेन्द्र श्रेष्ठ र नारायण पाण्डे उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: