Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

धरहरा नयाँ शैलीमा निर्माण गरिन्छ : प्रधानमन्त्री ओली

\"kpoli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरालाई नयाँ शैलीमा निर्माण गरिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार धरहरा पुनःनिर्माणका लागि सोसाइटी अफ नेपलिज आर्किटेक ९सोना० को सहयोग रकम ग्रहण गर्दै उनले धरहरालाई पहिलाकै स्वरुपमा बलियो र सुरक्षित बनाइने बताए । “धरहरा सबैको साझा हो । हामीले नबनाए कसले बनाउने । धरहराको पुरानो सम्झना र गौरव झल्कने गरी नयाँ शैलीको सुरक्षित धरहरा बनाउँछौँ” –प्रधानमन्त्री ओलीले भने । उनले धरहरालाई पहिलाको भन्दा फराकिलो, बलियो र सुविधायुक्त बनाइने र त्यसका लागि ठूलो धनराशि खर्च हुने भन्दै आमजनताले अपनत्वको भावनाका साथ सहयोग गर्नुपर्ने बताए । उनले भने – “झन्डै तीन करोड नेपाली जनताबाट एक–एक रुपैयाँ उठाउँदा रु तीन करोड हुन्छ, सय–सय रुपैयाँ उठाउँदा पनि रु तीन अर्ब हुन्छ, त्यसैले धरहरा आफूले बनाए भन्ने आत्मसन्तुष्टि हुन्छ, ‘म बनाउँछु मेरो धरहरा’ यो सबैले अपनत्व अनुभूत गर्ने गरी सहभागिता जनाउँ ।” ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने राष्ट्रिय अभियानअन्तर्गत स्वदेशी लगानीमै अहिले सहयोग सङ्कलनको कार्य तीव्र छ । प्रधानमन्त्री ओलीले धरहराको जग फराकिलो तथा तीन तलासम्म पार्किङ गर्ने सुविधायुक्त बनाइने र त्यहाँ भूकम्पबाट मृत्यु भएका व्यक्तिहरुको श्रद्धाञ्जलीस्वरुप उनीहरुको नामावली राखिने उल्लेख गरे । सोनाका महासचिव सुमन मेहेर श्रेष्ठ नेतृत्वमा गएको टोलीले धरहरा पुनःनिर्माणका लागि रु सात लाख २७ हजार १९६ सहयोग रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो । संस्थाको सामाजिक दायित्वअन्तर्गत पुरातात्विक महत्वको धरहरा निर्माणका लागि सहयोग गरिएको महासचिव सुमन मेहेर श्रेष्ठले बताए । कानुन मन्त्रालयका कर्मचारीबाट सहयोग राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सम्पदा धरहरा पुनःनिर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलका कर्मचारीहरुले रु ५४ हजार १६८ सहयोग गरेका छन् । मन्त्रालयका सचिवको तीन दिन, सहसचिवको दुई दिन र अन्य कर्मचारीको एक दिनको तलब बराबरको रकम गरी सो रकम सङ्कलन गरिएको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए । सो रकम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको धरहरा पुनःनिर्माण कोषमा जम्मा गरिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: