Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेपालसँग बदला लिने भारतकाे प्रयास

\"Nepal-india-flag-750\"काठमाडौं । भारत नेपालमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी नहुने भएको छ । भारतले चीनले सम्मेलनमा सघाएको भन्दै जेठ ८ गते बुद्धको जन्मस्थान लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा सहभागि नहुने निर्णय गरेको हो ।

भारतीय सन्चारमाध्यमका अनुसार प्रधानमन्त्री मात्रै नभई सचिव स्तरका कोही अधिकारी पनि सम्मेलनमा सहभागि नहुने निर्णय भारत सरकारले गरी सकेको छ ।

आउँदो जेठ ६ र ७ अर्थात १९–२० मेमा नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै छ । सम्मेलन सकिएको भोली पल्ट लुम्बिनीमा वुद्ध जयन्ती समारोहको कार्यक्रम छ ।

नेपालको संस्कृति मन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्यायले प्रधानमन्त्री नरेन्द्र मोदी, संस्कृतिमन्त्री र विहारका मुख्य मन्त्री नितिश कुमारलाई मात्र निम्तो पठाएको जानकारी दिए ।उनका अनुसार हाल सम्म भारतले सम्मेलन र बुद्ध जयन्ती समारोहमा नआउने भन्ने कुनै जानकारी नदिएको बताए ।

भारत नआउने भन्ने समाचारलाई लिएर संस्कृति मन्त्रालय श्रोतले भारत नआउनाले सम्मेलन नरोकिने र नेपाललाई खासै फरक नपर्ने भनेर बताएको छ।

सम्मेलनकालागि चीनले दिएको १५ लाख अमेरिकी डलर नेपाल सरकारले स्वीकार गरेपछि भारत रुष्ट छ ।बुद्धको जन्मस्थान लुम्बिनीको विकास नारा ‘नेपालका बौद्ध सम्पदाको विकास र संरक्षण’ राखिएको तर, नेपालको संस्कृति मन्त्रालयले सम्मेलनको विषय बदलेको तथा सहायक–विषय ‘लुम्बिनी बुद्धको जन्मस्थान’को सट्टा ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने राखेको भन्दै ‘सव–थीम’ मन नपरेको भन्दै भारतले दोस्रो असन्तुष्टी जनाएको छ ।

भारतले पहिले ‘सव थीम’ लुम्बिनी बुद्धको जन्मस्थान रहेकामा अहिले ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने राखेको भन्दै आपत्ति जनाएको हो ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता उपाध्यायले नारा पहिले जे थियो त्यही रहेको बताए । उनले भने, ‘नारा पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भनिएको भारत भ्रमण अन्तिम समयमा स्थगित गरिएको तथा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको मा त्यसको बदला समेत लिएको विष्लेशण गरिएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै सम्मेलनमा सहभागीता जनाउने इच्छा देखाएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: