Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नेपालसँग बदला लिने भारतकाे प्रयास

\"Nepal-india-flag-750\"काठमाडौं । भारत नेपालमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी नहुने भएको छ । भारतले चीनले सम्मेलनमा सघाएको भन्दै जेठ ८ गते बुद्धको जन्मस्थान लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा सहभागि नहुने निर्णय गरेको हो ।

भारतीय सन्चारमाध्यमका अनुसार प्रधानमन्त्री मात्रै नभई सचिव स्तरका कोही अधिकारी पनि सम्मेलनमा सहभागि नहुने निर्णय भारत सरकारले गरी सकेको छ ।

आउँदो जेठ ६ र ७ अर्थात १९–२० मेमा नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै छ । सम्मेलन सकिएको भोली पल्ट लुम्बिनीमा वुद्ध जयन्ती समारोहको कार्यक्रम छ ।

नेपालको संस्कृति मन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्यायले प्रधानमन्त्री नरेन्द्र मोदी, संस्कृतिमन्त्री र विहारका मुख्य मन्त्री नितिश कुमारलाई मात्र निम्तो पठाएको जानकारी दिए ।उनका अनुसार हाल सम्म भारतले सम्मेलन र बुद्ध जयन्ती समारोहमा नआउने भन्ने कुनै जानकारी नदिएको बताए ।

भारत नआउने भन्ने समाचारलाई लिएर संस्कृति मन्त्रालय श्रोतले भारत नआउनाले सम्मेलन नरोकिने र नेपाललाई खासै फरक नपर्ने भनेर बताएको छ।

सम्मेलनकालागि चीनले दिएको १५ लाख अमेरिकी डलर नेपाल सरकारले स्वीकार गरेपछि भारत रुष्ट छ ।बुद्धको जन्मस्थान लुम्बिनीको विकास नारा ‘नेपालका बौद्ध सम्पदाको विकास र संरक्षण’ राखिएको तर, नेपालको संस्कृति मन्त्रालयले सम्मेलनको विषय बदलेको तथा सहायक–विषय ‘लुम्बिनी बुद्धको जन्मस्थान’को सट्टा ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने राखेको भन्दै ‘सव–थीम’ मन नपरेको भन्दै भारतले दोस्रो असन्तुष्टी जनाएको छ ।

भारतले पहिले ‘सव थीम’ लुम्बिनी बुद्धको जन्मस्थान रहेकामा अहिले ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने राखेको भन्दै आपत्ति जनाएको हो ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता उपाध्यायले नारा पहिले जे थियो त्यही रहेको बताए । उनले भने, ‘नारा पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भनिएको भारत भ्रमण अन्तिम समयमा स्थगित गरिएको तथा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको मा त्यसको बदला समेत लिएको विष्लेशण गरिएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै सम्मेलनमा सहभागीता जनाउने इच्छा देखाएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending