Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पार्टी एकता पश्चात कसलाई कुन पद !

\"prachanda_badal\"काठमाडौं । एकिकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीको बादल समुहकाबीचमा एकता हुने प्रायः निश्चित भएको छ । एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका नेता बादलले बुधबार राजनैतिक तथा सैद्धान्तिक कार्यदिशका विषयमा १२ बुँदे समझदारी गरि पार्टी एकता गर्ने निर्णय गरेका हुन । जेठको १ गते एमाओवादीले पार्टी एकताको मुख्य एजेण्डा राखेर केन्द्रीय समितिको पुर्ण बैठक बोलाएको छ भने जेठको दोस्रो साता सम्ममा पार्टी एकता गरिसक्ने तयारी थालेको छ । ‘पुँजीवादी जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने’ मुल राजनैतिक कार्यदिशामा सहमति भएपछि नेकपा क्रान्तिकारी माओवादीबाट बहुमत केन्द्रीय सदस्य सहित एमाओवादीसँग पार्टी एकिकरण हुने बादल समुहका एक नेताले दाबी गरेका छन् । यता बैद्य समुहका एक शिर्ष नेताले भने यो पार्टी एकता नभइ केही मान्छेहरुमात्र माउ पार्टीमा फर्कन लागेको  बताए । को को फर्कदैछन् बैद्य माओवादीबाट एमाओवादीमा ? रामबहादुर थापा, पम्फा भुषाल , हितमान शाक्य, देब गुरुङ , नारायण शर्मा कुल प्रसाद केसी, श्याम ढकाल, गुरुप्रकाश सुवेदी, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, पूर्ण घर्ती, सावित्री काफ्ले, दिलिप प्रजापति, लक्ष्मण पन्त, लक्ष्मणदत्त जोशी, कणवीर बुढा, सञ्जय शाही, नरेश भण्डारी, हेमराम शर्मा, देबीलाल चौधरी, नारायण अधिकारी, पशुराम रम्तेल, मुकुन्द श्रेष्ठ तारा घर्ती, राजकाजी महर्जन, दावा तामाङ शिव श्रेष्ठ, मदन तामाङ निरु दर्लामी, रुद्र थापा मगर, धु्रव बढाथोकी, नरबहादुर दुलाल, शुशीला वाइबा, हर्क नेम्वाङमनोट थापा, लेखबहादुर कुँवर, लेखनाथ न्यौपाने, होमकुमारी, ज्ञानु बस्नेत, देबकी मल्ल, नवराज न्यौपाने सुवास पुन, वीरबहादुर दाहाल, चन्द्रबहादुर बुढा, भानु श्रेष्ठ, लोकबहादुर थापा, पार्वती थापा, सीता आचार्य रेणु चौलागाईँ, श्याम यादव, रामनाथ सिंह, हिमशिखर, देवान राई नबिन लिम्बू, अम्बर थापा, युवराज आचार्य, कर्मा शाही, देबी रसाइली, शान्तिमान घर्ती, एकराज थापा, श्याम किशोर यादव, सुरेन्द्र मेहता, राजन पौडेल, केएल श्रेष्ठ अनुप बराल , मञ्जली शाक्य, सत्य नारायण, अर्जुनपारस शर्मा, धनबहादुर बिक, विनय भण्डारी, नविन रिजाल, दिपेन्द्र श्रेष्ठ, दुर्गा राई, रत्न ढकाल, शालिक काफ्ले, दीपक मैनाली, डिल्लीराम बोहरा, खिलबहादुर महत्तरा, लाचनकेसी, अमृत शाही लगायतका नेताहरु एमाओवादीमा फर्कन लागेका छन् । पार्टी एकता पश्चात कसलाई कुन पद ! एमाओवादीसँग एकता प्रक्रियामा सहभागि हुने टिमको नेतृत्व गर्ने नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा ‘बादल’ तेस्रो बरियतामा ‘उपाध्यक्ष’ हुने भएका छन् । माओवादी स्रोतका अनुसार एमाओवादीले एकता प्रक्रियाको नेतृत्व गरेर आउने रामबहादुर थापा ‘बादल’ लाई तेस्रो बरियतामा उपाध्यक्ष बनाउने भएको हो । अब एमाओवादीमा अध्यक्ष प्रचण्ड , प्रथम उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ तेसो बरियतामा उपाध्यक्ष बादल , महासचिव कृष्ण बहादुर महरा , सचिवहरूमा एकताबाट अाउने देव गुरुङ , पम्फा भुषाल थपिने सैद्धान्तिक सहमति भएको एमाओवादी स्रोतले जनाएको छ । एकता प्रक्रियामा आउने उनको टिममा चार जनालाई स्थायी समिति सदस्य , सात जनालाई पोलिटव्यूरो सदस्य र १३० जनालाई केन्द्रीय सदस्य दिने तयारी भएको एमाओवादी स्रोतले जनाएको छ । एमाअाेवादीमा पुराना र सिनियरहरूलाइ पनि जिम्मेवारी थपेर केन्द्रीय समितिमा लगिने  हुँदा ५ सय हाराहारीकाे केन्द्रीय समिति बन्ने भएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending