Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

नीति तथा कार्यक्रमबारे स‌ंसदमा कसले के भने ?

\"Samsadकाठमाडौँ। व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सरकारले आर्थिक वर्ष २०७३,७४ का लागि पेस गरेको नीति तथा कार्यक्रममा सत्तारुढ दल सम्बद्ध दलका सांसदले समयानुकूल भन्दै प्रशंसा गरे भने विपक्षी दलका सांसदले भने तथ्य नजिक नरहेको भन्दै आलोचना गरे ।

भूकम्प गएको एक वर्षसम्म पनि पीडित जनताले राहत नपाएको, आगलागीपीडितको अवस्था उस्तै रहेको, तराई–मधेसको सुक्खा क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको, मुलुकको आर्थिक वृद्धिदर ० दशमलव ७७ प्रतिशतमा सीमित भएको भन्दै सांसदहरुले सरकारको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको टिप्पणी गरे ।

कालोबजारी मौलाएको, इन्धनको सहज आपूर्ति नभएको, खाद्य पदार्थको अभाव रहेको, भ्रष्टाचार तथा अनियमितता मौलाएको तर त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको र सरकार मुकदर्शक बनेको भन्दै सांसदहरुले आपत्ति जनाए ।

सत्तारुढ दल एकीकृत नेकपा माओवादी सम्बद्ध सांसदहरुले भने नीति तथा कार्यक्रमको आलोचनात्मक समर्थन गर्दै शान्ति प्रक्रिया र सङ्क्रमणकालसँग जोडिएका विषयमा थप प्रष्टताको जरुरी रहेको बताए ।

उनीहरुले कृषि क्षेत्रमा रहेको जमिन्दारी प्रथा अन्त्य गर्नुपर्ने, कृषि क्षेत्रमा वैज्ञानिकीकरण र आधुनिकीकरण गर्नुपर्ने, किसानलाई सबै सुविधा उपलब्ध गराउनुपर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिँदै युवा पलायन रोक्न विशेष कार्यक्रमको जरुरी रहेको स्पष्ट पारे ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले करिब ६० लाख युवा विदेश पलायन हुनु दुःखद रहेको भन्दै उनीहरुलाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउन सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

उनले नीति तथा कार्यक्रमका नाममा सरकारले झ्याली पिटाउने मात्रै काम गरेको भन्दै यथार्थतालाई ध्यान दिन नसक्ने कार्यक्रम लागू हुन नसक्ने जिकिर गरे।

सांसद कर्णबहादुर थापाले संविधान घोषणापछि राष्ट्रलाई एकताबद्ध बनाउने र संविधान कार्यान्वयनका लागि मार्गप्रशस्त गर्ने योजना ल्याएकाले प्रतिपक्षीले विरोधका लागिमात्रै विरोध गरेको बताए ।

उनले नीति तथा कार्यक्रमले स्पष्ट मार्गनिर्देशन गरेकाले मुलुक नयाँ शिराबाट अगाडि बढ्ने र विगतदेखि थाती रहेका आर्थिक विषयले प्राथमिकता पाउने स्पष्ट पारे ।

सांसद लालबहादुर गुरुङले मुलुकको अर्थतन्त्रको अवस्था भयावह रहेको, प्रत्येक वर्ष व्यापार घाटा बढ्दै गएको, उत्पादन बढाउनेभन्दा आयात गर्नेतर्फ केन्द्रित रहेको अवस्थामा संविधानले संस्थागत गरेको समाजवादलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेर अर्थतन्त्र सबल बनाउनुपर्ने धारणा राखे ।

विप्रेषणले चलेको मुलुकलाई अगाडि बढाउन कृषि, पर्यटन, ऊर्जा, जडीबुटी क्षेत्रको विकासमा जोड दिनुपर्ने र सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए।

बिपी कोइराला र मदन भण्डारीको नाममा नीति तथा कार्यक्रम आउँदा रामवृक्ष यादव, पोष्टबहादुर बोगटी, दिलबहादुर रम्तेलको नाममा किन कुनै कार्यक्रम नराखिएको भन्दै सांसद अजयशङ्कर नायकले संयुक्त सरकारको मूल्य तथा मान्यता नराख्नुका कारण प्रष्ट पार्न आग्रह गरे ।

सांसदहरु मीना पुन, जयदेव जोशी, मिलनकुमारी राजवंशी, सीमाकुमारी विक, यशोदाकुमारी लामा, श्यामकुमार श्रेष्ठ, कान्ता भट्टराई, राज्यलक्ष्मी श्रेष्ठ , शङ्कर भण्डारी, श्रीमाया थकाली, अजयशङ्कर नायक, बद्री पाण्डे, दलजित बिके श्रीपाली, रामदुलारी चौधरी, कमलप्रसाद पङ्गेनी, भरत साउद, सञ्जयकुमार गौतम, गणेशकुमार पहाडी, चन्द्र महर्जन, जगदीशनरसिंह केसी, श्यामप्रसाद चौधरी, तप्तबहादुर विष्ट, तारादेवी राई, शिवकुमारी गोतामे सार्की, लक्ष्मी राई, यज्ञराज सुनवार, बादशाह कुर्मी, चन्द्रबहादुर कुँवर, नारायणबहादुर कार्कीलगायतले जनतालाई केन्द्रबिन्दुमा राखेर नीति र कार्यक्रम आउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही वैशाख ३० गते बिहीबार ११ बजे बस्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies