बैशाख २९ गते, २०७३ बुधवार 11th May, 2016 Wed१६:१९:२६ मा प्रकाशित
काठमाडौं । पूर्व कराँते खेलाडी तथा कलाकार युवराज लामाले अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल खेलकुद महासंघलाई पार्टी फ्याक्सनले नै चलाउने निर्णय भएपछि असन्तुष्ट हुदैँ लामाले राजीनामा गरेका हुन् ।
उनले नैतिकताका आधारमा अध्यक्ष पदमा बसिरहनु उपयुक्त नभएको राजीनामा पत्रमा जनाएका छन् ।
उनले माओवादी पार्टीभित्र घुक्र्याउने, दंग्याउने र पद तथा पैसाका लागि प्राण फ्याँकेर अघि बढ्ने प्रवृत्ति हाबी रहेको भन्दै विज्ञप्तीमार्फत असन्तुष्टी पोखका छन् । लामाले अध्यक्ष पदबाट राजीनामा दिएपनि पार्टी र खेलकूदमा भने निरन्तर लागिरहने बताएका छन् ।
उनी राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत हुन् ।
श्रीमान लीलाबहादुर थापा ज्यु ।फ्याक्सन इन्चार्ज, अखिल नेपाल खेलकुद महासंघ ।एनेकपा माओवादी, केन्द्रीय कार्यालय, पेरिषडाँडा, काठमाण्डौं ।
विषय : अखिल नेपाल खेलकुद महासंघको अध्यक्षवाट राजीनामा दिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा पार्टी फ्याक्सनको २५ बैशाखमा बसेको बैठकले अखिल नेपाल खेलकुद महासंघलाई फ्याक्सन कमिटीले नै अघि बढाउने र काम–कार्यवाही गर्ने–गराउने निर्णय भएकाले महासंघको अध्यक्ष रहिरहनु नैतिकताका आधारमा उपयुक्त नरहेको मूल्याँकन गरेको छु ।
इन्चार्ज क. , म ०६५ सालमा यस्तोवेलामा समाजमा स्थापित १०७ चलचित्रकर्मिको नेतृत्व गर्दै पार्टी प्रवेश गरेको थिएँ, जतिवेला पार्टी सरकारमा थिएन । तर, पार्टीले बोकेका परिवर्तनका एजेन्डाहरुले मलाई त्यस अभियानमा संलग्न गराइछाड्यो । म पद, प्रतिष्ठा र पैसाकालागी पार्टी प्रवेश गरेको होइन र छैन पनि । समाजले कलाकार, निर्माता र निर्देशकका रुपमा मलाई गर्ने माया नै मेरोलागी पर्याप्त छ ।
पार्टीले लिएका एजेन्डाहरु नयाँ संविधानमा लेख्न सफल भएको गौरवपूर्ण वर्तमानले मलाई धेरै खुसी वनाउँछ । पार्टीका श्रद्धेय अध्यक्ष क।प्रचण्ड, महासचिव क।कृष्णबहादुर महरा, पूर्व खेलकुद मन्त्रीहरु क।हितबहादुर तमाङ र क।कमला रोका, तत्कालिन युवा तथा खेलकुद इन्चार्ज क।गणेशमान पुन र कं गणेश भण्डारी आदिले मलाई जिम्मेवारी दिन देखाउनु भएको सदासहेतालाई मेरो हृदयले सधैं धन्यबाद दिइरहने छ ।
इन्चार्ज क। तर, महासंघ र एनेकपा माओवादी पार्टी भित्र घुर्काउने, दंङ्याउने, पद र पैसाको पछाडि प्राण फ्याँकेर हिड्ने प्रबृत्ति मेरालागी चुनौतीपूर्ण रुपमा देखापरे । पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कम्रेडहरु नै उचाल्ने, पछार्ने, धाउन् र खुवाउन् भन्ने कार्यमा संलग्न भएको देख्नुपर्दा मलाई दुखलागि रह्यो । यस्तो बिकृत कार्यमा प्रतिस्पर्धी हुने र पद हत्याउने कार्य मेरा निम्ति सोच्नपनि नसकिने विषय हुन् । पार्टी र भातृ संगठनहरुमा नयाँ र पुरानाको नाममा हुने गैह् राजनीतिक विभेदले समेत म र मजस्ताहरुको मन दुख्दै आएको छ ।
इन्चार्ज क। यो ५६ बर्षको उमेरमा समेत मसँग विरोधी पार्टी र शक्तिसँग भिड्ने सामर्थ अझै बाँकी छ । तर, म पार्टीमा छोराका उमेरका युवाहरुसँग पौठेजोरी खेलेर आत्मग्लानी पिउँदै बस्न सक्ने अवस्थामा चाहिं छैन । यस्तो कार्य मेरो उमेर, अनुभव र नैतिकताले समेत दिनेछैन ।
इन्चार्ज क। म पार्टी र संगठनले लिएका नीति र निर्देशनभन्दा टाढा रहने छैन । पार्टी र खेलकुदको विकासकालागी आवश्यक प्रत्यक्ष–परोक्ष सहयोगकालागी म सधैं तयार रहने प्रतिज्ञा गर्दै महासंघको अध्यक्ष पदवाट मैले दिएको राजिनामा स्वीकृतीकालागी सम्वन्धित कमिटीमा दर्ता गराई सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।
धन्यवाद ।
युवराज लामाअध्यक्ष, अखिल नेपाल खेलकुद महासंघ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: