Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एथलेटिको म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

\"Amadrid\"काठमाडौं । पछिल्लो समय क्लब फुटबलमा ठूला टिमलाई टक्कर दिंदै आएको स्पेनिस क्लब एथलेटिको  म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा बायर्न म्युनिखसँग २–१ गोल अन्तरले पराजित भए पनि एथलेटिकोले अवे गोलको आधारमा समग्रमा २–२ गोल भए पनि फाइनलमा खेल्ने पक्का गरेको थियो । एथलेटिकोले एक हप्ता अघि आफ्नै मैदानमा जर्मन महारथी बायर्नलाई १–० ले हराएको थिया । तर, बायर्नको मैदानमा अवे एक गोल गरेपछि समग्रमा बराबरी भए पनि यसको फाइदा एथलेटिकोले उठायो । अब एथलेटिकोले इटालीमा हुने फाइनलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीको विजेतासँग खेल्नेछ । यो खेल आज राती हुदैछ । आफ्नै मैदानमा बायर्नले उत्कृष्ट फ्रिकिक गोलमा ३१ औं मिनेटमा अग्रता लियो । टिमका लागि जाबी अलोन्सोले गोल डि एरियाको केही बाहिरको बललाई खेलाडीको बीचबाट फ्रिकिकमा सानदार गोल गरे । ४० औं मिनेटमा बायर्नलाई २–० को अग्रता दिलाउने स्वर्णिम अवसर आयो । केही विवादास्पद मानिएको पेनाल्टी प्रहार गर्न बायर्नका थोमस मुलर अघि सरे । तर, उनको शक्तिशाली प्रहारलाई एथलेटिकोका गोलकिपर ओब्लाकले दाहिनेतिर डाइभ हान्दै सानदार बचाउ गरे । उनले अन्य खतरनाक प्रहार पनि रोक्दा टिमलाई गोल खानबाट बचाए । दोस्रो हाफको ५३ औं मिनेटमा फर्नान्डो टोरेसले निकालेको सुन्दर पासमा फर्ममा रहेका एथलेटिकाका एन्टिनियो ग्रिजम्यानले अफसाइड विट गर्दै सुझबुझपूर्ण गोल गरे । जसले टिमलाइ १–१ काे बराबरीमा लग्याे । लेबान्डोस्कीले ७४ औं मिनेटमा हेडबाट गोल गर्दै खेलमा फर्किने आशा देखाए पनि उनको गोलले २–२ को बराबरी त गर्यो त, अवे गोलले पछि पर्यो । उसले थप अर्को गोल गर्न नसक्दा लिगबाट बाहिरिन पुग्यो । अन्ततः मुलरको त्यही पेनाल्टी बायर्नका लागि पीडादायी बन्न पुग्यो । अन्ततः त्यही अवे गोल नै एथलेटिकोका लागि फाइनल खेल्ने अवे गोल बन्न पुग्यो । आज राती रियलले जिते दुई वर्ष अगाडिको जस्तै ला लिगाका दुई म्याड्रिडले र्नै २८ मेमा मिलानमा खेल्नेछन् । सिटी र रियलले पहिलो खेल गोलरहित बराबरी खेलेका थिए । रियलको मैदानमा रियलले गोलसहितको बराबरी खेल्दा अवे गोलको फाइदा सिटीलाई हुन्छ । त्यसैले रियललाई फाइनल खेल्न स्पष्ट जित चाहिन्छ । घाइते भइ आज रातीको खेलमा क्रिश्चियानो रोनाल्डो पनि मैदानमा फर्कंदा रियल केही उत्साहित भने छ । एथलेटिकोले ला लिगाको उपाधिका समेत बार्सिलोना र रियललाई पनि टक्कर दिइरहेको छ । दुई खेल बाँकी हुँदा बार्सिलोना र एथलेटिकोको समान अंक छ । रियल एक अंकले पछि छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending